फित्काैली डटकमसाहित्यकार निर्मोही व्यासलाई झरनाको पहिलो मानार्थ सदस्यता
झरना साहित्यक परिवार मकवानपुरको संस्थाको विधान अनुसार र झरनाको २०८२ श्रावण १७ गतेको निर्णयानुसार २०८२ भदौ २२ गते हेटाैँडास्थित उहाँकै आवासमा गई झसापले सदस्यता प्रदान गरेको हो ।

हेटाैंडा, २०८२ भदाै २२ । झरना साहित्यिक परिवार मकवानपुरले अग्रज नियात्राकार, कवि तथा समालोचक श्री निर्मोही व्यास (प्रा. डा. वेदव्यास उपाध्याय न्यौपाने) लाई मानार्थ सदस्यता प्रदान गरेको छ ।
झरना साहित्यक परिवार मकवानपुरको संस्थाको विधान अनुसार र झरनाको २०८२ श्रावण १७ गतेको निर्णयानुसार २०८२ भदौ २२ गते हेटाैँडास्थित उहाँकै आवासमा गई झसापले सदस्यता प्रदान गरेको हो ।
झरनाको स्थापना कालदेखि नै शुभचिन्तक रहनुभएकाे साहित्यकार व्यासको योगदानलाई उच्च कदर गर्दै सम्मानस्वरूप पहिलो पटक मानार्थ सदस्यता प्रदान गरिएको हो।
उक्त कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, निवर्तमान अध्यक्ष विश्वनाथ सञ्जेल, झरनाका अध्यक्ष गायत्री रूपाखेती, सचिव नीलहरि ढुङ्गेल , कोषाध्यक्ष अजर फुँयाल, सहसचिव अमृता लामिछाने लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । अनौपचारिक रुपमै भए पनि उहाँबाट प्रेरणादायी हितोपदेशका साथै मिठो कविता समेत प्रस्तुत गरिएको थियो ।
०००
रमेशमाेहन अधिकारीकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest










































