साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र आमा सधैँ हसाऔँ

नवीन पुस्ता छ बढ्न बाँकी सबै कुरामा यहाँ अगाडि युवा जगत् नै छ आज हाम्रो फसीरहेको खुबै पछाडि दिएर टेवा गरेर सेवा गृहस्थ राम्रो दिगो बसाऔँ नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हसाऔँ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बुबा र आमा लिएर साथै मिलेर लेखौँ नयाँ कहानी
सुकर्ममा नै डटेर लागौँ सधैँ उदाओस् नयाँ बिहानी
धरा सिँगारी सुरम्य पारौँ र स्वेद हाम्रो यतै खसाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हसाऔँ॥१

छ उर्वरा यो धरा अनौठो हुँदैन बाली र बोट खाली
जताततै नै हराभरा छन् फले फुलेका अनेक डाली
गरेर खेती यसै धरामा स्वआय मात्रै मिलेर खाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हसाऔँ॥२

छ रीत हाम्रो अपार राम्रो जहान सारा मिलेर बस्ने
ठुला बडा नै विशेष मान्ने पुजेर आदर्श भित्र पस्ने
धरेर आस्था गरेर मायाँ लिई स्वयम् काँधमा नचाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हसाऔँ॥३

सजीव बोल्ने खुदा यिनै हुन् बुझेर सेवा गरौँ यिनैको
गरेर श्रद्धा उनेर माला गला सजाऔँ भरौँ यिनैको
बनी पुजारी यिनै खुदाको छ धेर कर्जा सबै चुकाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हसाऔँ॥४

बुबा मुमा हुन् सदा उज्याला प्रभा दिने घाम जूनजस्ता
रमेर हाँसून् अनन्त बाँचून् छरेर बास्ना प्रसूनजस्ता
स्वजन्मदाता चिनी विधाता हियार भित्रै सजौँ सजाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हसाऔँ॥५

नवीन पुस्ता छ बढ्न बाँकी सबै कुरामा यहाँ अगाडि
युवा जगत् नै छ आज हाम्रो फसीरहेको खुबै पछाडि
दिएर टेवा गरेर सेवा गृहस्थ राम्रो दिगो बसाऔँ
नबिर्स हाम्रो परम्परा यो बुबा र आमा सधैँ हसाऔँ॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x