साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठाेक्तक

कोदो रोपेर तोरी फल्छ ? धिक्कार हुन्छ फलाकिनु, अमृतका बखानमै विषवृक्ष झाङ्गि सकेका छन् ।

Nepal Telecom ad

इ. कुमार खड्का :

हो महोदय ! सामाजिक सञ्जाल बन्दनै गर्नुपर्छ
नत्र दुनियाँ सामु तिमी असली रुपमा देखा पर्नुपर्छ
जब तोक्छ समयले जनता बिचका अपराधी हौ,
प्रमाणित हुँदा अस्तित्वको टाँडबाटनै झर्नुपर्छ ।१

प्रवृत्तिको कुरा हुन्छ, कस्ले कसरी बुझ्ने हो ?
मान्छेले महसुस गर्ने हो कि अरुसँग जुझ्ने हो ?
टाउकोमै हुन्छन् विचार , चिन्तनका छाताहरु,
निर्णय उसैको हुन्छ, झरिमा ओढ्ने कि रुझ्ने हो ?२

रोकिन्न कुनै हालतमा समयको आफ्नै गति हुन्छ
झोलेनै अर्ति छाँट्छ्न् जसको अनैतिक मति हुन्छ
धरातल बुझ्नु छैन, डिठ्ठा हुने ल्याकत खोज्दै,
नेतृत्व पङ्गु भएपछि राष्ट्रलाईनै खती हुन्छ ।३

बकम्फुस्सेका राष्ट्रवाद अब नाङ्गि सकेका छन्
स्पातको छाती ठोक्दा करङ बाङ्गि सकेका छन्
कोदो रोपेर तोरी फल्छ ? धिक्कार हुन्छ फलाकिनु,
अमृतका बखानमै विषवृक्ष झाङ्गि सकेका छन् ।४

प्राय:जसो आफ्नै डम्फु बजाउनेको भिड हुन्छ
स्वार्थ साँध्ने मनस्थिति, हदैसम्म घिडघिड हुन्छ
साथ हुँदैन भन्ने बुझ्छ उस्ले समय सधैंभरि,
तुरुप पार्न बहकिँदा जब साटोमा चिड हुन्छ ।५

०००
आलापोट, काठमाण्डौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोकान

चार ठोकान

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x