साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिद्धार्थ साहित्य परिषद्ले सम्झियाे भैरव अर्याललाई

नियमित मासिक सङ्गमलाई नेपाली साहित्यका मूर्धन्य हास्यव्यङ्ग्यकार भैरव अर्यालकाे स्मृति दिवस हास्यव्यङ्ग्य रचनावाचन गरेर र भैरव अर्यालकाे जीवनीमाथि चर्चापरिचर्चा गरेर मनाइयाे ।

Nepal Telecom ad

रूपन्देही, २०८२ असाेज ४ । सिद्धार्थ साहित्य परिषद्काे नियमित मासिक सङ्गमलाई नेपाली साहित्यका मूर्धन्य हास्यव्यङ्ग्यकार भैरव अर्यालकाे स्मृति दिवस हास्यव्यङ्ग्य रचनावाचन गरेर र भैरव अर्यालकाे जीवनीमाथि चर्चापरिचर्चा गरेर मनाइयाे ।

साहित्यकार रमेश समर्थनकाे पहल र सिसापकाे आयाेजनामा सम्पन्न उक्त कार्यक्रममा वाचित हास्यव्यङ्ग्य रचनाहरूमध्ये उत्कृष्ट एक रचनालाई पुरस्कृत गर्ने पूर्वनिर्णयअनुसार व्यङ्ग्यकवि उमेश रिजाल पुरस्कृत भएका थिए ।

उक्त कार्यक्रममा परिषद् का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता र साहित्यकार रमेश समर्थनकाे प्रमुख आतिथ्य रहेकाे थियाे भने वनमाली निराकार, रुद्र ज्ञवाली, सिर्जना खनाल, तिलक लामिछाने, कमल पाेखरेल आदिकाे पनि उपस्थिति थियाे ।

कृष्ण बस्यालले भैरव अर्यालकाे जीवनमा प्रकाश पारेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x