साइबर अपराध सम्बन्धी सचेतना सामग्री

युवक अनुज थाले वृद्धका कर्म फेर्न

मुलुक सब सिँगार्ने नित्य नारा लगाए। लप लप मह चाट्दै देश खाेक्राे बनाए।। परिभव अब आफ्ना हातहातै उचाल्न। युवक अनुज थाले वृद्धका कर्म फेर्न ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

प्रतिनिधि जन बन्दै काल धेरै बिताए ।
मणि जडित हवेली जाेड्न मात्रै चिताए ।।
स्थिति जब कटु बन्दै देश लाग्यो नि जल्न।
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।।१।।

मुलुकभर रहेका दिव्य उद्योगधन्दा।
पतन सब गराए, राष्ट्रका स्राेत उम्दा।।
प्रतिदिन अझ लागे,बात नाैला उकेल्न।
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।।२।।

अतिशय धन जाेड्ने कार्यमा चित्त लाए।
पल पल तल ठेल्दै देश हाम्रो डुबाए।।
मन,मगज मिलाई भ्रष्टकाे जाल छेड्न।
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।।३।।

मुलुकबिच सजेकाे एकता दूर फाले।
अनुजसित जुवारी अन्त्यमा खेल्न थाले।।
परिजन अब मिल्दै शान्ति समृद्धि हेर्न ।
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।।४।।

गुट उपगुट बन्दै भावनामा रमाए ।
अति असल रहेको भाइचारा गुमाए।।
नवनयन नचाई सभ्य नेतृत्व हेर्न ।
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।।५।।

मुलुक सब सिँगार्ने नित्य नारा लगाए।
लप लप मह चाट्दै देश खाेक्राे बनाए।।
परिभव अब आफ्ना हातहातै उचाल्न।
युवक अनुज थाले वृद्धका कर्म फेर्न ।।६।।

०००
साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x