साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साहित्य सिर्जना र संवाद ‘काे ७० औँ शृङ्खला

राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्था विराटनगरद्वारा मासिक रूपमा आयाेजना गरिने 'साहित्य सिर्जना र संवाद 'काे ७० औँ शृङ्खला शुक्रबार सम्पन्न भएकाे छ।

Nepal Telecom ad

विराटनगर, २०८२असाेज १० । राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्था विराटनगरद्वारा मासिक रूपमा आयाेजना गरिने ‘साहित्य सिर्जना र संवाद ‘काे ७० औँ शृङ्खला शुक्रबार सम्पन्न भएकाे छ।

संस्थाकाे सभाहलमा साहित्यकार शिवनारायण सिंघलकाे सभापतित्व, कवि तथा साहित्यिक पत्रकार अच्युत घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार गाेपाल निर्भीकले गरेका थिए ।

उक्त कार्यक्रममा भवानीप्रसाद पाेखरेल,गाेविन्द ढुङ्गाना, बाबुराम पाेखरेल, शैलेन घिमिरे, शम्भुप्रसाद भट्टराई, डाेमी कामत, विकल्प काैशिक, रिज्मा रेग्मी, निर्मला नेपाल, रेवतीरमण रेग्मी, एकनाथ ढकाल, सरिता तुलाधर, गाेविन्द भगत, प्रिन्स प्रमाेद ढकाल, भरत बर्बरिक, गाेपाल निर्भीकले आ -आफ्ना कविता वाचन गरेका थिए ।

प्रमुख अतिथि अच्युत घिमिरेले मतव्यकाे क्रममा सांस्कृतिक र भाषिक विविधतायुक्त हाम्रो देशमा बाेलिने सबै भाषालाई सिर्जनाका माध्यमबाट समान महत्त्व दिँदै अघि बढ्नुपर्ने र काेसी प्रदेशको केन्द्र विराटनगर नेपाली साहित्यको लागि उर्वर भूमि भएको र यहाँका स्रष्टाहरू निरन्तर सिर्जनाकर्ममा लागिरहनुभएकाे कुरा बताउनुभयाे ।

सभापतिले मतव्यसहित कविता वाचन गरेका थिए । नगेन्द्रमणि न्याैपाने र विद्या न्याैपानेले प्रत्येक महिना गाेलाप्रथाबाट एक जनालाई दिइने गरी राखिदिनुभएकाे रुपैयाँ ११००/- काे सहभागी प्राेत्साहन पुरस्कार यसपटक सरिता तुलाधरलाई प्रदान गरिएकाे थियाे।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x