फित्काैली डटकमस्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव हुने
आफ्नो स्थापना दिवससँग मेल खाँदै प्रतिष्ठानले आगामी कार्तिक ३ गते "चौथो वार्षिकोत्सव शुभकामना लघुकथा वाचन-विमर्श तथा स्रष्टाद्रष्टा सम्मान कार्यक्रम" भव्य रूपमा मनाउने घोषणा गरेको छ ।

काठमाडाैं, २०८२ कात्तिक १ । कहिलेकाहीँ कुनै संस्था केवल कामका कारण मात्र होइन, विचारका कारण पनि समाजको सचेतनामा अडान बनाउँछ । लघुकथा प्रतिष्ठान, नेपाल त्यही संस्थान्तरबोधयुक्त संस्थामध्ये एक बनिसकेको छ, जसले छोटो तर गहिरो साहित्यिक स्वरूप ‘लघुकथा’लाई नयाँ युगको सशक्त अभिव्यक्तिको माध्यम बनाउँदै अघि बढेको छ । २०७८ साल कार्तिक ३ गते स्थापना भएर सुरु भएको यस अभियानले चार वर्षको यात्रामा नेपाली साहित्यमा लघुकथाको पुनर्जागरणको वातावरण निर्माण गरेको छ ।
आफ्नो स्थापना दिवससँग मेल खाँदै प्रतिष्ठानले आगामी कार्तिक ३ गते “चौथो वार्षिकोत्सव शुभकामना लघुकथा वाचन-विमर्श तथा स्रष्टाद्रष्टा सम्मान कार्यक्रम” भव्य रूपमा मनाउने घोषणा गरेको छ । अनलाइन प्लेटफर्ममार्फत हुने यो कार्यक्रम देशविदेशका नेपाली सर्जकहरूको ऐतिहासिक उपस्थितिसहित सम्पन्न हुनेछ ।
साहित्यलाई केवल पढिँदैन-बोलिन्छ, बोध गरिन्छ र बाँचिन्छ
लघुकथा प्रतिष्ठानले आफ्नो चार वर्षे यात्रामा धेरै विशेष काम गरेको छ- लघुकथालाई कक्षाकोठाबाट सडकसम्म, रेखाचित्रदेखि यथार्थका प्रश्नसम्म, कुनाकुना र आवाजविहीनको प्रतिनिधित्वसम्म पुर्याएको छ ।
प्रतिष्ठानकी संस्थापक लक्ष्मी रिजाल बताउँछिन्- “यो कार्यक्रम केवल वार्षिकोत्सव होइन, यो सृजनात्मक उर्जा र जिम्मेवारीको नवीकरण हो । हामी लघुकथालाई मनोरञ्जन मात्र होइन, सामाजिक चेतनाको आयन बनाउन चाहन्छौँ ।”
कार्यक्रमको संयोजन ‘लघुकथामा निरमलन समूह’ले गर्नेछ, जसमा एन्जल निलु, रचना शर्मा, मनोहर पोखरेल, लक्ष्मी रिजाल र नन्दलाल आचार्य सक्रिय छन् । कार्यक्रमको सहजकर्ताको भूमिकामा मनोहर पोखरेल र रचना शर्मा रहनेछन् ।
लघुकथाको बहसको चौतारी- वाचन र विमर्श
कार्यक्रमको मुख्य आकर्षण हुनेछ लघुकथा वाचन र समालोचनात्मक विमर्श ।
विशेष वाचनमा सहभागी सर्जकहरूः
एन्जल निलु, लक्ष्मण ज्ञवाली, समर भण्डारी, नन्दलाल आचार्य, शारदा दहाल, खगेन्द्र बस्याल लगायत छन् ।
उनीहरूले प्रस्तुत गर्ने लघुकथाले नयाँ शिल्प, आफूभित्रको सङ्घर्ष र समाजकै घटनालाई कलात्मक अभिव्यक्तिमा उजागर गर्नेछ ।
यतिमात्र होइन, वाचनपछि तत्क्षण हुने समीक्षात्मक विमर्श कार्यक्रमलाई विशिष्ट बनाउनेछ, जसको नेतृत्व प्रा.डा. खेमराज खनाल, रमेन्द्र कोइराला र पुण्य कार्कीजस्ता मूर्धन्य विद्वानहरूले गर्नेछन् ।
चार दर्जनभन्दा बढी स्रष्टाद्रष्टाहरू सम्मानित हुँदै
यस वर्षको उत्सवलाई “सृजनाको उत्सव, सम्मानको अवसर” भन्ने नारासहित मनाइने भएको छ । त्यस अवसरमा लघुकथा विधामा योगदान पुर्याएका चार दर्जनभन्दा बढी स्रष्टा र द्रष्टाहरूलाई सम्मान गरिनेछ ।
साहित्यद्रष्टा सम्मान प्राप्त गर्ने घोषित व्यक्तित्वहरूको सूची स्वयं एक जीवित साहित्यिक सम्पदा हो-
प्रा.डा. खेमराज खनाल, खेमराज पोखरेल, रमेन्द्र कोइराला, दीपक लोहनी, रामकुमार पण्डित, पुण्य कार्की, कल्याण पन्त, इन्दिरा चापागाईं, धीरकुमार श्रेष्ठ, मनीषकुमार शर्मा ‘समित’, त्रिलोचन ढकाल, डा. कुसुमाकर शर्मा, डा. पुष्करराज भट्ट, ममता मृदुल, निरज कोइराला, खगेन्द्र बस्याल, प्रा.डा. कपिल लामिछाने, मन्दिरा मधुश्री ।
यी द्रष्टाहरूले नेपाली लघुकथालाई केवल कथा बनेर होइन, विचार बनेर बोल्न सिकाएका साक्षी हुन् ।
त्यसैगरी, सक्रिय स्रष्टा सम्मान अन्तर्गत लघुकथामा निरन्तर लेखनमार्फत विशेष योगदान पु¥याएका निम्न सर्जकहरू सम्मानित हुँदैछन्- ललिता ‘दोषी’, रञ्जुश्री पराजुली, अन्जु शर्मा, सुरेशकुमार पाण्डे, रासा, नारायण कोइराला, मित्र उराठी गौतम, इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, प्रार्थना खनाल, सोमकुमार सुब्बा, तुलसी पण्डित, किशोर पहाडी, लता केसी, गङ्गा खड्का, रमेश सुबेदी आदि ।
यिनीहरूलाई सम्मान गर्नु भनेको लघुकथाको कर्तव्य, कलम र कथ्यलाई सम्मान गर्नु हो भन्ने धारणा लप्रनेले सार्वजनिक गरेको छ ।
‘लघुकथा लाइभ’ का आवाजहरूलाई पहिलो पटक सामुहिक सम्मान
विगत केही वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको ‘लघुकथा लाइभ’ कार्यक्रम प्रतिष्ठानको एक प्रेरणादायी अभियान हो । आवाज र कथालाई एक साथ यात्रा गराउने यो कार्यक्रम मार्फत जिना राणा, विनिता गौतम, डिमला जर्गा, संजिता भट्टराई, गरिमा आचार्य, निर्मला बराल, मिसु श्रेष्ठ, सुनिता निरौला, पण्डित ज्यो. तोयनाथ सुबेदी र लक्ष्मण ज्ञवाली जस्ता प्रस्तुतकर्ताहरूको योगदानलाई औपचारिक साहित्यिक मान्यता दिइने घोषणा भएको छ ।
“सन्दर्भ” पत्रिकाको विशेषांक सार्वजनिक हुँदै
वार्षिकोत्सवकै अर्को महत्त्वपूर्ण आकर्षण- लघुकथा प्रतिष्ठानको मुखपत्र “सन्दर्भ” पत्रिकाको विशेषाङ्क लोकार्पण हुनेछ ।
यो अङ्क ८८ जना स्रष्टाहरूका ८८ उत्कृष्ट लघुकथाले भरिपूर्ण छ । यसमा जीवन दर्शनदेखि सामाजिक विकृति, प्रेमदेखि पीडा र सत्यदेखि सङ्घर्षका कहानीहरू छन् ।
पत्रिकामा सामेल केही प्रतिनिधि स्रष्टा र उनका लघुकथा शीर्षक
ललिता ‘दोषी’ – कृपा, रञ्जुश्री पराजुली – लेखक बन्ने सपना, लक्ष्मी रिजाल – कालो उज्यालो, नन्दलाल आचार्य – प्रकाश, गजल आचार्य – मायालु दृष्टि, रोजिना धमला – बाँसुरीको स्वर, सुरेशकुमार पाण्डे – आन्दोलन, रासा – प्रभाव, अन्जु शर्मा – अमूल्य, अम्बिका प्रसाद कोइराला – ए दशै पनि आएछ, सन्जिता भट्टराई – जोइटिङ्ग्रे, लता केसी – दस्तुर, किशोर पहाडी – घाउ, तुलसी पण्डित – योग्य, प्रार्थना खनाल – सहिद, मनोहर पोखरेल – ठूली, माधव चौलागाईं – क्षतिपूर्ति, खगेन्द्र बस्याल – शुभकामना, समर भण्डारी – रगत, लगायत ८८ वटा छन् ।
यी कथाहरू केवल कथा होइनन्- यी समाजका प्रतिविम्ब र समयका पृष्ठहरू हुन् ।
लक्ष्य-अन्तर्राष्ट्रिय फलकमा नेपाली लघुकथा
कार्यक्रमका संयोजक सदस्य नन्दलाल आचार्य भन्छन्- “लघुकथा जीवनको प्रतिलिपि हो । यसले सत्य बोल्छ, घाउमा मलहमपट्टी गर्छ र चेतना जन्माउँछ । प्रतिष्ठानको लक्ष्य नेपाली लघुकथालाई अन्तर्राष्ट्रिय साहित्यिक फलकमा मजबुत पार्नु हो ।”
यसका लागि प्रतिष्ठानले सञ्चालन गरिरहेका कार्यक्रमहरू–
– लघुकथा लेखन तालिम
– सृजनात्मक परीक्षण कक्षा
– राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी
– वार्षिक लघुकथा सम्मेलन
– थप अनुसन्धान-प्रेरित कार्यक्रम सञ्चालन योजना
यी सबैले लघुकथा संस्कृतिको निर्माण गर्दैछन् ।
निष्कर्ष : शब्द-यात्राको निरन्तरता
२०७८ कार्तिक ३ बाट सुरु भएको लघुकथाको यो साहित्यिक यात्रा आज २०८२ कार्तिक ३ मा प्रवेश गर्दैछ । चार वर्षको दौडमा प्रतिष्ठानले स्पष्ट थपिएको छ- नेपाली लघुकथा अब विधा मात्र होइन, आन्दोलन पनि हो ।
यो आन्दोलनको ध्येय छ-
– साहित्यलाई समाजसँग जोड्नु,
– शब्दमा मूल्यको जग राख्नु,
– सृजनालाई सम्मान र विमर्श संस्कृति विकास गर्नु,
– साहित्यलाई शक्ति बनाउनु- समाज परिवर्तनको शक्ति,
कार्तिक ३ गतेको कार्यक्रम प्रतीक्षा मात्र होइन- उत्साह, गौरव र जिम्मेवारीको प्रतीक बन्नेछ ।
०००
उदयपुरबाट अक्षान्तकाे साैजन्यमा







































अक्षरका खेलाडी लाई फराकिलो मैदान ! शुभ कार्य ।