फित्काैली डटकमक्यालिफोर्नियाको सान्ता रोजामा साहित्यिक कार्यक्रम
अनौपचारिक रूपमा सम्पन्न सो कार्यक्रममा अ ने सा स अध्यक्ष वाबु आचार्य, उपाध्यक्ष दीपक भण्डारी, महासचिव नारायण भट्टराई, अनेसास प्राज्ञ समिति तथा लोककवि सुरेश भट्टलगायतकाे सहभागिता थियाे ।

अमेरिकाको सान्ता रोजामा स्थानीय साहित्य अनुरागी तथा साहित्यकारहरूको संयोजकत्वमा अनेसास नर्दन क्यालिफोर्नियाको सहभागितामा पहिलो पटक क्रिसमसको पूर्व सन्ध्यामा “दरबार रेष्टुराँको हलमा” साहित्यिक कार्यक्रम सम्पन्न भयो।
अनौपचारिक रूपमा सम्पन्न सो कार्यक्रममा अ ने सा स अध्यक्ष वाबु आचार्य, उपाध्यक्ष दीपक भण्डारी, महासचिव नारायण भट्टराई, अनेसास प्राज्ञ समिति तथा लोककवि सुरेश भट्ट, अमर लामा, छवि भट्टराई, खीम के सी, सविना मल्ल, देव डाँगी, रमेश मल्ल, मीरा उजेलीलगायत कविहरूले गजल, मुक्तक, उक्तक, कविता वाचन गर्नु भएको थियो।
स्थानीय साहित्यिक कार्यक्रम आयोजक खीम केसी, रवि बस्नेत, देव डाँगी, दरबार रेष्टुराँ संचालक दिलु लगायत सबैलाई हार्दिक धन्यवाद दिँदै सम्मान पत्र प्रदान गरिएको थियाे ।
कार्यक्रम साहित्यकार खीम केसीले उद्घोषण गर्नु भएको थियो भने छायाङ्कन देव डाँगी र अमर तामाङले गर्नु भएको थियो।
सहभागी सुरेश भट्टले सहभागी हुनु भएका, आयोजक साहित्यिक मनहरू र साहित्य अनुरागीहरू सबैलाई हार्दिक धन्यवाद दिनु भएकाे छ ।
०००
सुरेश भट्टकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































