फित्काैली डटकममनोहरा साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित
अध्यक्षता- डिल्लीराज अर्याल, प्रमुख आमन्त्रित- डा. हरिप्रसाद पोखरेल "मानसाग्नि" र विशेष आमन्त्रितमा सुपरिचित गजलकार बूँद राना, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिलगायत हुनुहुन्थ्याे ।
काठमाडाैं, २०८२ पुस १२ । मनोहरा साहित्य समाजको १०८अौं शृङ्खला तथा १०अौं वार्षिकोत्सव विश्वज्ञान पाठशाला पुरानो सिनामङ्गलको सभाहलमा सम्पन्न भयाे ।
कार्यक्रममा ५ जना स्रष्टाहरूलाई सम्मान गरिएको छ । डा. रमेश शुभेच्छु लुइँटेल ” मनोहरा साहित्य सम्मान” र कविराज घिमिरे “मनोहरा वेदमणि साहित्य सम्मान”बाट अभिनन्दित हुनुभयो भने धरणी धनञ्जय, चेवन बस्नेत र केशव ज्ञवाली “आगत” “मनोहरा साहित्य सम्मान”ले सम्मानित हुनुभएको हो ।
अध्यक्षता- डिल्लीराज अर्याल, प्रमुख आमन्त्रित- डा. हरिप्रसाद पोखरेल “मानसाग्नि” र विशेष आमन्त्रितमा सुपरिचित गजलकार बूँद राना, अभिनव साहित्य समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणि, विश्वज्ञान पाठशालाका प्रिन्सिपल मातृका कार्की (एम् के पराशर), राधा घिमिरे रहनुभएको सभालाई भावकेशर बरालले सञ्चालन गर्नुभएको थियो ।
राष्ट्रगानपछि मनोहराका उपाध्यक्ष जशध्वज गुरुङले स्वागत गर्नुभएपछि, अध्यक्ष डिल्लीराज अर्यालले मनोहरा साहित्य समाजको स्थापनादेखि दस वर्षसम्मको गतिशीलतामाथि प्रकाश पार्नुभएको थियो ।
सम्मानित /अभिनन्दित प्रतिभाहरूको परिचय कोषाध्यक्ष खोलाघरे साहिँलोले दिनुभयो भने सम्मानपत्रहरू अप्सरा पोख्रेलले वाचन गर्नुभएको थियो । सबै सम्मानित/अभिनन्दित स्रष्टाहरूलाई प्रमुख आमन्त्रित डा. मानसाग्नि, अध्यक्ष, गोविन्द घिमिरे वेदमणि, गजलकार बूँद रानाबाट दोसल्ला, सम्मानपत्र र नगद अर्पण गरिएको थियो । सबै सम्मानित/ अभिनन्दित स्रष्टाहरूले धन्यवाद मन्तव्य दिनुभएको थियो ।
प्रमुख आमन्त्रित डा. हरिप्रसाद पोख्रेल मानसाग्निले अत्यन्तै सारगर्भित मन्तव्य दिनुएको थियो । यसरी नै पुरस्कार कोषका संस्थापक गोविन्द घिमिरे वेदमणि, स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरि, प्रिन्सिपल मातृका कार्की, गजलकार बूँद राना सबैले अत्यन्तै मननीय सन्दर्भहरू प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा रचनावाचन गर्नेहरूमा-टी एन भट्ट विश्वामित्र, घनश्याम प्रसाईं, राजेन्द्र खरेल, टीका मिलन, इन्दु महतो, गोपाल नेपाल, केशव ज्ञवाली, चेवन बस्नेत, धरणी धनञ्जय, कविराज घिमिरे, सरिता दुलाल घिमिरे, एम् पी पाण्डे, भुवन शिवाकोटी, आल्फी फोहेन फाक्लुप्पा, सम्पत् काफ्ले, वासुदेव पौडेल, बूँद राना, एम के पराशर लगायत रहनुभएको थियो ।
समग्रमा ६० जनाजतिको उपस्थिति रहेको र अन्त्यमा कार्यसमितिका सदस्य सुमन पुडासैनीको धन्यवाद मन्तव्य का साथै सभा समापन गरिएको थियो ।
०००
खाेलाघरे साहिँलाेकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest








































