साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ्याउरे कविता लेखन पुनर्जागरण कार्यक्रम सम्पन्न

कार्यक्रममा अभियन्ता रेणुका भट्टराईले झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको अभियानको वारेमा प्रकाश पार्दै नेपाली मौलिक लोकभाकाहरु नै झ्याउरे कविता हुन् भन्नु भयो।

Nepal Telecom ad

झापा । उर्जाशील साहित्य कला प्रतिष्ठान चारपाने झापाले एक सभ्य र भव्य कार्यक्रमको आयोजना गरी झ्याउरे कविता लेखन पुनर्जागरण अभियान सम्वन्धी कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद सङ्ग्रौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा “झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको अभियन्त साहित्यकार एवम् सञ्चारकर्मी रेणुका भट्टराई, आख्यानकार तथा सुसेली साहित्यिक परिवार काकरभिट्टाका अध्यक्ष पुण्यप्रसाद खरेल, प्रसिद्ध कवि, गजलकार केशव आचार्य, त्रिफला राष्ट्रिय पुस्तकालय धुलावारीका सभापति प्रेमप्रकाश ‘फलाहारी सहभागिता रहेकाे थियाे ।

त्यसै गरी  छन्दकविहरु हरिप्रसाद रिमाल, तुलसीप्रसाद भट्टराई, गोपालप्रसाद दाहाल( प्रतिष्ठानका सदस्य), मातृकाप्रसाद सङ्ग्रौला, भगवती ढुङ्गेल (प्रतिष्ठानका उपाध्यक्ष), गीतकार टीका भट्टराई नेपाल, जमुना खरेल, प्रतिष्ठानका सल्लाहकारद्वय कृष्ण सुवेदी’निराकार’, लीलाप्रसाद अधिकारी देवीचरण भण्डारी’ सरोज’ (प्रतिष्ठानका सचिव), सञ्चारकर्मी रेजिना गौतम लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियाे ।

कार्यक्रममा अभियन्ता रेणुका भट्टराईले झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको अभियानको वारेमा प्रकाश पार्दै नेपाली मौलिक लोकभाकाहरु नै झ्याउरे कविता हुन् भन्नु भयो। हाम्रा लोकलयहरु, लोक भाकाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनु पर्दछ र हामी सवैको प्रयासबाट मात्र यो कुरा सम्भव भएको बताउनु भयो।

कार्यक्रममा आख्यानकार पुण्यप्रसाद खरेल, केशव आचार्य, प्रेमप्रकाश फलाहारीले शुभकामना मन्तव्य राख्दै झ्याउरे कविता तथा झ्याउरे लय र भाकाका वारेमा आफ्ना भनाई व्यक्त गर्दै झ्याउरे भाकाका केही प्रतिनिधि कविताहरुसमेत वाचन गर्नु भएको थियो ।

कार्यक्रममा अभियन्ता भट्टराईको परिचय कृष्ण सुवेदी’ निराकारले गराउँदै समसामयिक विषय बोकेको मुक्तक वाचन गर्नु भएको थियो।  कविहरु यादवप्रसाद अधिकारी’ झाँक्रीखोले’, हरिप्रसाद रिमाल, मातृकाप्रसाद
सङ्ग्रौला, देवीप्रसाद सङ्ग्रौला, देवीचरण भण्डारी’ सरोज’, गोपाल दाहाल, तुलसीप्रसाद भट्टराई, टीका भट्टराई नेपाल, भगवती ढुङ्गेल, जमुना खरेल र रेजिना गौतमले झ्याउरे छन्दमा कविता तथा गीत गाउनु भएको थियो।

वाचन गरिएका कविताहरुको संक्षिप्त टिप्पणी प्रतिष्ठानका सल्लाहकार एवम् मेची वहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक लीलाप्रसाद अधिकारीले गर्नु भएको थियो। प्रतिष्ठानका अध्यक्ष सङ्ग्रौलाले कार्यक्रमको अध्यक्षता गर्नुपूर्व प्रतिष्ठानको विशेषताहरुको वारेमा चर्चा गर्नु भएको थियो।

प्रतिष्ठानले कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि वा विशेष अतिथि कस‌लाई पनि नबनाइने, प्रतिष्ठानले सम्मान वा पुरस्कृत गर्ने व्यक्तित्व वाहेक अरुलाई माला, खादा नलगाइने, मञ्चमा कसैलाई पनि आसनग्रहण नगराइने, कार्यक्रममा सहभागी सवैको समान मर्यादा रहने लगायतका विशेषताहरु रहेको जानकारी गराएर अध्यक्षता ग्रहण गर्नु भएको थियो। अभियन्ता भट्टराईले आफ्नो कृति “मञ्जरी” खण्डकाव्य स्रष्टाहरुलाई उपहार प्रदान गर्नु भएको थियो।

कार्यक्रममा प्रतिष्ठानका सदस्य गोपाल दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो भने सञ्चालन सचिव देवीचरण भण्डारीले गर्नु भएको थियो।

०००
देवीचरण भण्डारी’ सरोज’काे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x