साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य (शृङ्खला- ९)

हाम्रा यस्ता अनेकौँ मुलुकबिच हुने द्वन्दका छन् बिलाप सारा यो राष्ट्र हाँस्ला मुसुमुसु कहिले भन् न- देवीप्रसाद ?

Nepal Telecom ad

जेठा बा को चिन्तै चिन्ता !!

यस्तै हाम्रा सदाका अविरल गरिने कार्यले हुन्न शान्ति
काला अत्यास लाग्ने विरहपन कथा सम्झँदा हुन्छ भ्रान्ति
जेठो छोरो गुमाएँ मनमुटु चुँडियो द्वन्दका मामिलामा
लड्छन् यी राष्ट्र-पाले अनवरत सदा भागबन्डा बिलामा !!
(४१)

मेराजस्तै समस्या वरपर कति छन् दुर्दशामा परेका
हाम्रो यो राष्ट्र भन्दै दिनपल धरणी नाम जप्दै मरेका
बेपत्ताका कता छन् भवबिच गणना राष्ट्रको तथ्य के छ ?
आमा बाबा गुमेका लहलह बिरुवा सम्झँदा चित्त रुन्छ !!
(४२)

हाँस्ने खेल्ने पलामा कुमुदित तनया घाँसमा फालिएका
जोत्ने खन्ने गराका नवसुत बलिया हाँकले मारिएका
के छन् खै राष्ट्र हाँक्ने जनसित बहुधा सत्यताका विधान ?
टड्कालो यो समस्या गहन छ कसले गर्न सक्ला निदान ?!
४३)

आशाका रास बोक्दै नवयुवक सबै अर्थका मामिलामा
बेच्दै छन् जीवनीका सकल बलबुता विश्वका कन्दरामा
जाँदा जो बाध्यताले परमुलुक उतै बन्नथाले विदेशी
बारी सर्वत्र झाडी विचलित धरणी बाँझिए खेत बेँसी !!
(४४)

यस्तै सम्झेर सुत्दा चसचस जहिल्यै शूलले रोप्छ छाती
निद्रा लाग्दैन साथी छिनछिन् घटना नित्य झुल्छन् र राति
हाम्रा यस्ता अनेकौँ मुलुकबिच हुने द्वन्दका छन् बिलाप
सारा यो राष्ट्र हाँस्ला मुसुमुसु कहिले भन् न- देवीप्रसाद ?!!
(४५)

क्रमशः
०००
२०७९/१०/८
ताप्लेजुङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x