साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्या बोर भयो

असहज र असजिलो परिस्थितिलाई पनि सहर्ष स्विकार गर्नसक्नु उसको विशेषता हो । अप्ठेराहरूमा मुस्कुराउन सक्नु र साथीहरूसँगसँगै हाँस्नुको मजै अर्को, मखुला पासा ?

Nepal Telecom ad

’क्या बोर भयो’ यस शीर्षकका गीतकार क्षेत्रप्रताप अधिकारीजीलाई बोर भएको भएको हैन, संगीतकार न्ह्यू बज्राचार्यजीलाई पनि हैन । बोर भएको यस गीतका गायक योगेश्वर अमात्यलाई त झनै हैन, म प्रमोद अमात्यलाई पनि हैन है साथीहरू । बोर भएको हो- मेरा अफिसका सहकर्मी मार्कलाई । मार्क बडा हँसिला र रसिला छन् । ऊ मलाई नानाथरी रोचक र रमाइला किस्साहरू सुनाएर हँसाएको हँसाए गर्छन् ।

मार्कको अँग्रेजी म आधाआधी त बुझ्दिन, तर हाँस्न भने पूरै हाँस्छु । उसको अङ्ग्रेजी नबुझ्ने म लाटामात्र हो कि अरू पनि छन् भनेर अफिसमा रहेका म जस्ता प्रवासी तर अमेरिकाको विश्वविद्यालय पढेका केही साथीहरूलाई सोधेँ । उनीहरूले पनि मार्कको जोक आधामात्र बुझ्छन् भन्ने थाहा भएपछि भने म ढुक्क भएँ । म जस्ता लाटा अरू पनि रहेछन् भन्ने थाहा पाएर खुसी लाग्यो ।

हुन त उसलेमात्र मेरो सबै अङ्ग्रेजी लवज (विशेष गरेर उच्चारण) कहाँ बुझ्नु र ! तैपनि हाम्रो गफ बेलाबेलामा चलिबस्छ । खासमा हाम्रो कुरा मिल्छ । उमेर मिल्छ, छालाको रङ्ग नमिले पनि छालाको चाउरी मिल्छ । अनि कपालको सेतो रङ्ग मिल्छ । सिनेमा र टिभी शृङ्खला हेर्ने रुचि पनि मिल्छ ।

एकदिन अकस्मात् मेरो क्युबिकलमा आएर मार्कले खुइए गर्दै भने-
‘हिजो बडो बोर भयो’
‘किन ? के भयो त्यस्तो ?’ मैले जिज्ञासा र चिन्ता जताएँ ।
यी मेरा सहकर्मीमात्र हैन, मित्र पनि हुन् । त्यसैले, कहिले आफ्नी आमाको किस्सा सुनाउँछन् त कहिले श्रीमती गाथा । एकपल्ट ‘क्रिसमस अगाडि दुईदिन बिदा लिएँ नि मैले’ भनेर सुनाउन आएका थिए ।
‘किन भनेर सोधनँ’ फेरि थप्यो उसले ।
‘किन ?’
‘एकदिन श्रीमतीका लागि बजार गर्न, अर्को दिन आमासँग बजार जान ।’
फेरि थपे-
‘आमा र श्रीमतीसँग सन्तुलन बनाउन कति गाह्रो छ तिमीलाई के थाहा ? दुईजना हाकिमसँग काम गर्नु सरह हो बुझ्यौ ?’
यस्तो कुरा तिमीले भन्दा हामीले बढी बुझ्छौँ भन्न मन लागेको थियो, भनिन ।

खासमा उसकी आमा क्रिसमसका लागि केही दिन छोराकहाँ बस्न आउनु भएको रहेछ । अब यसमा मैले के बोल्नु ? सासू बुहारीको मामिला जो पर्‍यो । त्यसैले पहिलेकै प्रसङ्ग कोट्याएँ-
‘क्या बोर भयो भन्दै थियौ नि ?’
‘त्यो नेटफ्लिक्सको ‘मनि हाइष्ट’ वेब शृङ्खला छ नि ? त्यही के त टक्सार लुट्ने कथा भएको शृङ्खला ?’
‘त्यसमा के भयो ?’
‘त्यसमा’ अब के हुन्छ ? अब के हुन्छ’ को अवस्थामा फ्याट्ट शृङ्खला काटियो ।
‘कसरी त ? मैले घरमा हेर्दा त पूरै थियो त ।’
‘त्यसैले त बडो बोर भयो’ उसले लामो सुस्केरा हाल्यो ।
‘के के न भयो होला भन्ठानेको । जाबो नेटफ्लिक्सको कुरा रहेछ । नेटफ्लिक्सको खाता छोरीको हैन, तिनलाई भने सक्किगयो नि ।’

फेरि के सम्झेर थपेँ- ‘छोरीसँग खटपट भयो कि के हो तिम्रो ?’
‘छोरीसँग के को खटपट हुनु !’
हुन पनि हो, उसलाई छोरी साह्रै प्यारी थियो । छोराको भन्दा छोरीको धेरै बखान गथ्र्यो मार्क । त्यसैले छोरीसँग कचकच हुने सम्भावना धेरै कम थियो ।
‘अनि के भयो त ?’
‘छोरीसँग हैन, छोरीको अरूसँग खटपट भयो नि !’
‘फेरि आमा छोरीको खटपट भयो ?’
‘हैन, छोरी र छोरीको ब्वाइफ्रेण्डको खटपट भयो नि !’
‘अनि ? अब कस्तो छ त उनीहरूको सम्बन्ध ?’
‘के हुनु नि, उनीहरूको सम्बन्ध तोडियो, उनीहरूको ब्रेकअप भयो ।’
‘छोरीको उमेरकाहरूको दुईचार ब्रेकअप त भैहाल्छ नि । त्यो त अमेरिकी समाजमा सामान्य हैन र ?’
‘सम्बन्ध टुट्नु त सामान्य हो । त्यसले बोर भएको हैन क्या ! नेटफ्लिक्सको खाता टुटेर हो नि । खाता तिनको ब्वाइफ्रेण्डको थियो नि त । उनीहरूको सम्बन्ध उता टुट्यो, आफ्नो नेटफ्लिक्स यता च्वाट्ट चुँडियो ।’
फेरि साथीले थप्यो- ‘अब कसरी मनि हाइष्ट हेर्ने, कहाँ हेर्ने ?’
म एकछिन त ट्वाँ परेँ, के भन्ने, के नभन्ने भयो ।

छिनमा नै मुहारमा हाँसो ल्याउँदै उसले भन्यो –
‘हाम्रो वेब शृङ्खला हेर्न सकिएको छैन, अहिले तिमीहरू ब्रेकअप नगर त भन्न मिलेन । मिल्यो त ?’
‘मिलेन मिलेन’ हाँस्दै मैले पनि साथ दिएँ । कुरै हाँस उठ्दो थियो ।
‘तिमीहरूलाई अहिल्यै ब्रेकअप गर्न के खाँचो थियो भनेर सोध्न पनि मिलेन’ साथीले फेरि थपे ।
‘मिलेन मिलेन’ फेरि मैले पनि थपेँ ।
‘अब नयाँ ब्वाइफ्रेण्ड खोज्दा ‘नेटफ्लिक्स’मात्र हैन ‘डिस्ने प्लस’ समेत भएको खोज भनेर छोरीलाई भनन ।’

अनि उसले मलाई हेर्‍यो, मैले उसलाई; अनि हामी दुई मजाले हाँस्यौँ । असहज र असजिलो परिस्थितिलाई पनि सहर्ष स्विकार गर्नसक्नु उसको विशेषता हो । अप्ठेराहरूमा मुस्कुराउन सक्नु र साथीहरूसँगसँगै हाँस्नुको मजै अर्को, मखुला पासा ?

०००
साक्रमेन्टो, मे २६, २०२२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
पढैया नम्बर १ (भाग १)

पढैया नम्बर १ (भाग...

प्रमोद अमात्य
तीन ठाेकान

तीन ठाेकान

प्रमोद अमात्य
को शक्तिशाली ?

को शक्तिशाली ?

प्रमोद अमात्य
गजबकै हुन्छ

गजबकै हुन्छ

प्रमोद अमात्य
आम्दानी महात्म्य

आम्दानी महात्म्य

डा. सुमनराज ताम्राकार
पिउन साप

पिउन साप

डा. खगेन्द्र लुइटेल
अनलाइन ठगहरू

अनलाइन ठगहरू

प्रा. कपिल अज्ञात
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x