साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हामी पनि वृद्ध हुन्छौँ

कहिले लगौँ मठ मन्दिर कहिले नयाँ ठाउँ सास छउन्जेल गरौं सेवा पछि कहाँ पाऊँ। हामी पनि वृद्ध हुन्छौँ एकदिन फेरि । यही सम्झी वृद्धलाई बस राम्रो हेरी ॥

Nepal Telecom ad

बसन्ती भुजेल :

बाबा आमा ज्युँदा देव नगरौ है हेला
हाम्रो पनि पालो त्यही आउँछ कुनै वेला
पाका मान्छे बसेको घर हुन्छ झलमल
तिन्को सेवा गर्न हामी किन अलमल ॥

घरै मन्दिर हुन्छ बाबाआमा साथ हँदा
धर्ती आकाश पनि रून्छ बाबाआमा रूँदा।
हामीलाई उनले पाली बाटो देखाएका
सकिँदैन गुण मेट्न पढ्न सिकाएका ॥

बच्चा बुढा उस्तै हुन्छन् भन्छन् वुझ्नेहरू
बच्चाले त एकैछिनमा भुल्छन् गालीहरू
पाकालाई वचन लागे हुन्छ छाती चर् चर
सानातिना कुरा सम्झी झार्छन् आँसु वर्वर ॥

जप ध्यान योग गर्दा वृद्धवृद्धाहरू
सधैँ स्वस्थ भई बाँच्छन् धेरै धेरै अरू
कृतकृत्य हुन्छौ हामी आशिष् वचन पाई
लौन सेवा गरौँ सधैँ वृद्धवृद्धालाई ॥

कहिले लगौँ मठ मन्दिर कहिले नयाँ ठाउँ
सास छउन्जेल गरौं सेवा पछि कहाँ पाऊँ।
हामी पनि वृद्ध हुन्छौँ एकदिन फेरि ।
यही सम्झी वृद्धलाई बस राम्रो हेरी ॥

०००
भक्तपुर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
0
Would love your thoughts, please comment.x
()
x