साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘चिमल’ को सातौँ अङ्क विमोचन तथा विविध कार्यक्रम

चिमल क्लब परिवार मिरिकको आयोजनामा र आफ्नै सार्वजनिक भवनमा संस्थाका अध्यक्ष अनुप तामाङको अध्यक्षतामा सो चिमल पत्रिकाको सातौँ अङ्क पुस्तककाकारको रूपमा सार्वजनिक भयो ।

Nepal Telecom ad

मिरिक/दार्जिलिङ जिल्लाको मिरिक नगरपालिकाकामा २३ जुलाई २०२३ अर्थात् ७ साउन २०८० आइतवारका दिन चिमल क्लब परिवार मिरिकको आयोजनामा र आफ्नै सार्वजनिक भवनमा संस्थाका अध्यक्ष अनुप तामाङको अध्यक्षतामा सो चिमल पत्रिकाको सातौँ अङ्क पुस्तककाकारको रूपमा सार्वजनिक भयो ।

त्यसैगरी यसैको केन्द्रीयतामा सिर्जनशील र गैरसिर्जनशील क्षेत्र समेटिएको बालबालिका तथा वृद्धवृद्धासम्मका उमेर समूहमा विभिन्न योगदान गर्ने व्यक्ति व्यक्तित्वहरूको समावेसी सम्मान कार्यक्रम पनि भव्य रूपमा सम्पन्न भएको थियो ।

‘चिमल’ एक फूल विशेष प्रजातिको नामबाट यो संस्थाको नाम ‘चिमल क्लब परिवार’ नामाकरण भई चिमल पुस्तकको सातौँ अङ्क प्रकाशित भएको रहेछ । यद्यपि नेपाली शब्दकोषमा भने चिमल शब्द नपाइने भएकाले यो शब्द चिमल नभएर चिमाल (सेतो गुराँस) हुनसक्ने अनुमान यो पङ्क्तिकारले लगाएको छ । जेहोस् यो सेतो गुराँसको बगानमा अरू पनि अन्नत किसिमका साहित्यिक र गैरसाहित्यिक प्रजातिका फूलहरू ढकमक्क फुलेर सुगन्धमय भएका छन् । सन् १९६२ मा स्थापित चिमल क्लब परिवारले संस्थाको तर्फबाट प्रकाशित चिमल पत्रिकाको प्रथम अङ्क सन् १९७७ सालमा प्रकाशित गरेको थियो र हाल विभिन्न कालखण्ड हुँदै सन् २०२३ जुलाई २३ तारिकका दिन यो संस्थाले सातौँ अङ्क पुस्तककै रूपमा प्रकाशित गरी ६२ औँ वसन्तमा पाइलो टेकेको पाइयो ।

संस्थाका सल्लाहकार सदस्यद्वय पीएल जोशी, नन्दकुमार तामाङ, वर्तमान अध्यक्ष अनुप तामाङ, सचिव दीप जोशी र कोषाध्यक्ष मणि जोशीलगायत अन्य सम्पूणर् कार्यकारी पदाधिकारीहरूको आतिथ्य रहेको थियो भने मञ्चासिन अतिथिहरूबाट राष्ट्रपिता महात्मा गान्धीको तस्विरमा खदार्पण र माल्यार्पणसहित दीप प्रज्ज्वलन गरी कार्यक्रमको घुम्टी खोलिएको थियो ।

त्यसैगरी ज्ञातअज्ञात दिवङ्गत साहित्यिक स्रष्टाहरूमध्ये भर्खरै स्वर्गारोहण भएका अशेष राई, लाडुप तितुङ, इन्द्रमती प्रधान, र बरिष्ठ सल्लाहकार सुवास तितुङको आत्माशान्तिको कामना गर्दै करिब दुई मिनट मौनधारण गरेर श्रद्धाञ्जलीसमेत अर्पण गरिएको थियो भने मञ्चासिन अतिथिहरूको बाहुलीबाटै पुस्तक चिमलको पनि विमोचन भएको थियो ।

यसैगरी सचिव, कोषाध्यक्ष र सह- सचिव तथा आन्तरिक जाँचक क्रमशः दीप जोशी, मणि जोशी र मीकुमार योञ्जनले संस्थाको आ-आफ्नो भागको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए । यसैलाई संविधान संशोधन उप-समितिमार्फत् सदस्य एमके योञ्जनले यस वर्ष संशोधन गरिएको संविधानको मस्यौदा पढेर सुनाएपछि उपस्थित महानुभावहरूबाट ताली बजाई अनुमोदन गरिएको थियो भने यसै अवसरमा नयाँ सदस्य प्रदीप प्रधान र भर्खरै कलकत्ता नगर कर्पोरेशनको इञ्जिनियरिङ डिपार्टमेन्टमा नियुक्ति पाएवापत् दिन्छेन तामाङलाई खादा अर्पणसहित सम्मान गरिएको थियो ।

सम्मानकै क्रममा भ्वाइस अफ किड्स सिजन टू २०२३ नेपालमा सेमी फाइनलमा प्रवेश गरेकी आस्मिक खवास, किक बक्सिङमा स्वणर्पदक विजेता नानी अथर्व प्रधान, कराते च्याम्पियनसित प्रतिस्पर्धामा कास्य पदक विजेता रेवाङ तामाङ, जिल्लास्तरीय पुष्प उद्यमीको रूपमा जीटीएबाट सम्मानित एवम् पुरस्कृत लक्ष्मी प्रधान, राज्यस्तरीय पुष्प उद्यमीको रूपमा उत्कृष्ट कार्य गर्ने स्वनिर्भर समूह, चिमल नारी स्वनिर्भर समूह र चिमल पत्रिकाको आवरण सज्जा सुन्दर बनाइदिएवापत् अविनाश प्रधानलाई सम्मानसहित स्मृतिचिन्ह प्रदान गरिएको थियो ।

यसै क्रममा सन् २०२२ को सीबीएसई बाह्रौँ श्रेणीमा ८७ प्रतिशत अङ्क ल्याएर पहिलो दर्जामा उत्तीणर् विद्यार्थी पुष्पकमल राई , २०२२ मा उच्चमाध्यमिक परीक्षामा ७९.४ प्रतिशत अङ्क ल्याएर प्रथम भएको विद्यार्थी भावना प्रधान, २०२३ को आईएसई परीक्षामा ७३ प्रतिशत अङ्क ल्याएर प्रथम भएका प्रणय तामाङ, २०२३ को सीबीएसई बाह्रौँ श्रेणी परीक्षामा ६१ प्रतिशत अङ्क ल्याएर प्रथम भएकी याङ्जीमो तामाङ र २०२३ को उच्चमाध्यमिक परीक्षामा ७६ प्रतिशत अङ्क ल्याएर प्रथम भएकी श्रद्धा प्रधानलगायत विद्यार्थीहरूलाई सम्मान स्वरूप तिनीहरूको भावी शैक्षिक उन्नति प्रगति र समृद्धिको कामना गर्दै रू. ५०००्र को आर्थिक सहयोग प्रदान गरिएको थियो ।

त्यसैगरी वृद्धवृद्धाहरूको सम्मानअन्तर्गत दोर्जे तामाङ र सुभद्रा तामाङलाई रु ३०००्र आर्थिक सहयोगसहित सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित सदस्यहरूद्वारा विभिन्न प्रस्तावहरू राख्ने क्रममा युवाहरूको प्रतिनिधित्व गर्दै अविनाश प्रधानले चिमलको गरिमाको चर्चा गर्दै यसैको सेरोफेरोमा रहेर साहित्य, सङ्गीत तथा शैक्षिक गतिविधिहरूमा संलग्न रही कार्यक्रम सम्पन्न गर्ने सङ्कल्प गरेका थिए । कार्यक्रममा चिमल नारी स्वनिर्भर समूहका सदस्यहरूले करिब तीन मिनटको नाटिका प्रस्तुत गरी सामुहिक एकताको महत्व प्रकाश पारेका थिए ।

संस्थाका सह-सचिव सुरेश तामाङले कार्यक्रममा उपस्थित महानुभावहरूप्रति स्वागत मन्तव्य र कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने श्रद्धा प्रधान, प्रितम तामाङ र दीप जोशीले सहजीकरण गरिएको कथाकार दीप प्रधानले जानकारी दिए ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x