साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्री कान्छी बज्यै

तर पनि होस मेरो अझै ताजा लाग्छ हात गोडा चलेकै छन् हिम्मत पो जाग्छ । वृद्धा भएँ अनुभव मिठा बाँड्छु अझै सबै भन्छन् ज्ञानी तिमी हाम्री कान्छी बज्यै ।

Nepal Telecom ad

वसन्ती भुजेल :

यो मनले नि हार खान थाल्यो आजभोलि
जिन्दगी त यही हो नि बगी जाने खोली ।

हिजोसम्म लाग्थ्यो संसार जित्नु पर्छ मैले
आँगनीको डिल पनि टाढा लाग्छ ऐले ।

रङ्गीचङ्गी सपना मेरा बस्थे निदरीमा
निरस किन लाग्नथाल्यो आज विपनीमा ।

पंक्षी जस्तै क्षितिज माथि उड्ने रहर लाग्छ
समयले आज फेरि प्वाँखै काट्न खोज्छ ।

कर्कसजस्तो लाग्छ किन कोइलीको बोली
जिन्दगी त यही हो नि बगी जाने खोली ।

तर पनि होस मेरो अझै ताजा लाग्छ
हात गोडा चलेकै छन् हिम्मत पो जाग्छ ।

वृद्धा भएँ अनुभव मिठा बाँड्छु अझै
सबै भन्छन् ज्ञानी तिमी हाम्री कान्छी बज्यै ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x