सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अल्लामा नारसाको मृत्युमा

दोस्रो सङ्ग्रहको भूमिकामा उनले लेखेका थिए- “मेरो दोस्रो गजलसङ्ग्रह प्रकाशन हुनुको मूल कारण के हो भने मेरी दोस्री पत्नीको तर्फबाट दुःखमनाउ थियो- मैले आफ्नो गजलसङ्ग्रह केवल जेठी श्रीमतीको नाममा मात्र किन समर्पित गरेको, उनको नाममा किन नगर्‍या ?’

Nepal Telecom ad

मुज्तवा हुसैन :

अनुवाद :: आर.सी. रिजाल

जब वृद्धावस्थामा अल्लामा नारसाको मृत्यु भयो, तब उनको मृत्युको खबर जङ्गलको आगोझैँ सारा सहरमा फैलियो । दमकलका कर्मचारीहरू त मुख हेर्‍याहेर्‍यै भए । अल्लामा नारसाको कपाल धेरै लामो थियो । यही कारण उनी उर्दूका माथिल्लो दर्जाका सायर मानिन्थे र मान्छेहरू उनलाई बडो आदर गर्दथे । आज मान्छेहरूले उनलाई काँध र टाउकोमा राख्ने कोसिस गरे तर स्वर्गीय अल्लामा कुनै किसिमले पनि राजी भएनन् । यसो गर्नु उनको सरासर विनयशीलता थियो । अल्लामा हरेक तरिकाले अल्लामा थिए, जस्तै व्यापारी हरेक तरिकाले सत्प्रतिशत व्यापारी हुन्छ । स्वर्गीय अल्लामाका कयौं विशेषता थिए, जसलाई औँलामा गन्न सकिन्थ्यो । यहीं आएर भगवान्को ज्यान लिने ठट्टालाई गाली गर्न मन लाग्छ, किनकि उनले विनाकारण मान्छेलाई दस औंला दिएका छन्, अल्लामाको खुबी गणना गर्न दुईचार औंला नै प्रशस्त हुन्थ्यो । दस औंला बनाउनु भगवान्को समय बर्बाद नभनेर के भन्ने ?

अल्लामाको सबभन्दा ठूलो खुबी, जो वास्तवमा एक हदसम्म खराबी नै थियो- उनी गजल लेख्थे । अनि उनको दृढप्रतिज्ञालाई प्रशंसा गर्नै पर्छ । किनकि उनले नमरेसम्म गजल आफ्नो हातबाट उम्कन दिएनन् र मृत्युसँग सङ्घर्ष गरिरहेको दयनीय अवस्थामा पनि आफ्नी परिचारिकालाई एक अपूणर् गजलको मक्ता (अन्तिम सेर) सुनाएरै मरे । नर्कमै जाक्किऊन्, साह्रै दिक्कलाग्दा मान्छे थिए । यसलाई अल्लामाको कर्तव्यपरायणता नभनेर अरू के भन्ने ? उनले आफ्नो एउटा पनि गजल अपूणर् छाडेनन् । अल्लामा असी बर्ष बाँचे र आठ हजार गजल वाचन गरे । जसमा आठ लाख व्यक्तिले हुटिङ्ग गरे । तर स्वर्गीय यस्ता साहसी निर्भय वीरपुरुष थिए कि हुटिङ्गले उनको रौं पनि हल्लाउन सकेन । खास कुरा- अल्लामा बढी रसिक स्वभावका थिए र हरेक गम्भीर कुरालाई पनि ख्यालठट्टामा उडाइदिन्थे । उनी एकपटक कवि सम्मेलनमा सामेल हुन गए र स्रोताले उनलाई अन्डाले हिर्काउने छाँटकाँट नदेखेर उनले स्रोतालाई दुःखमनाउ गर्दै भने- “महानुभाव, यदि तपाईंहरू अन्डाले हान्नुहुन्न भने म गजल सुनाउँदिन ।”

अनि कार्यक्रमका संयोजकले तुरुन्त बजारबाट अन्डा मगाएर दुईचार अन्डाले हिर्काउन लगाए, तब अल्लामाले गजल गाउन सुरु गरे, जुन बिहानसम्म जारी रह्यो । यसपछि त अल्लामाले एउटा नियमजस्तै बनाए कुनै पनि कार्यक्रममा जान्थे स्रोतालाई भन्थे- “आज मलाई आलुले हान्नोस्, किनकि आज मलाई आलु खाने इच्छा छ ।” एकपटक त उनले यस्तोसम्म भने- “आज ममाथि एक प्लेट बिरयानी, एक कप चिया र चुरोटको डिब्बा फ्याँकियोस् ।”

अल्लामाले बडो स्वाभिमानी स्वभाव पाएका थिए । उनलाई जीवनभर आफ्नो काव्य सिवाय अरू सायरको काव्य मन परेन । हदै त भन्नुपर्ला उनले आफ्नो स्वाभिमान कायम राख्नको लागि कुनै सायरको गजल पढेनन् र आफ्ना गजलसिवाय अरूको तारिफ गरेनन् । स्वाभिमानको यस्तो उदाहरण आजकाल मुस्किलले नै फेला पर्ला । अल्लामाले असी वर्षको उमेरसम्ममा चार विवाह गरे र जम्मा चार गजलसङ्ग्रह

प्रकाशित गरे । हरेक सङ्ग्रहलाई उनले आफ्ना एकएक श्रीमतीको नाममा समर्पित गरे (भगवान्को कृपाले उनले पाँचौं विवाह गरेनन् नत्र पाचौं सङ्ग्रह प्रकाशित हुन्थ्यो ।)

पहिलो सङ्ग्रहको समर्पणमा उनले यस्तो लेखेका थिए- “म यो पहिलो गजलसङ्ग्रह सतप्रतिशत तिरस्कार र धिक्कारसहित आफ्नी जेठी श्रीमतीको नाममा समर्पित गर्दछु ।”

दोस्रो सङ्ग्रहको भूमिकामा उनले लेखेका थिए- “मेरो दोस्रो गजलसङ्ग्रह प्रकाशन हुनुको मूल कारण के हो भने मेरी दोस्री पत्नीको तर्फबाट दुःखमनाउ थियो- मैले आफ्नो गजलसङ्ग्रह केवल जेठी श्रीमतीको नाममा मात्र किन समर्पित गरेको, उनको नाममा किन नगर्‍या ?’ यस बारेमा मेरा दुवै श्रीमतीबीच झगडा भइरहन्थ्यो जसबाट म दिक्क भइसकेको थिएँ । अनि मैले आफ्नो घरेलु परिस्थितिलाई शान्तपूणर् तुल्याउनको लागि दोस्रो गजलसङ्ग्रह प्रकाशित गरेको हुँ । अब यदि परोक्षरूपले यो सङ्कलन प्रकाशनबाट साहित्यको कुनै सेवा पुग्न गयो भने म यसको लागि क्षमाप्रार्थी छु ।”

अल्लामाका तेस्रो र चौथो सङ्कलन प्रकाशनको पछाडि पनि गृहस्थ जीवन के थियो । अल्लामा गणितमा एकदम कमजोर थिए । त्यसैले उनलाई पच्चीससम्म मात्र गन्न आउँथ्यो । यो गन्न आउनुको कारण पनि उनका पच्चीस सन्तान थिए । यसरी गणितसँग उनको नाता केवल यही एक बाध्यता थियो । उमेरको अन्तिम अवस्थातिर उनको आँखाको तेज हराइसकेको थियो । यतिसम्म पनि देख्तैन थिए कि एकपटक उनको जेठो छोराले सडकमा उनलाई नमस्कार गर्‍यो, उनले छोराको नमस्कार फर्काएर सोधे- “बाबु तिम्रो पिताजीको स्वास्थ्य कस्तो छ ?”

आज्ञाकारी छोराले यसको जवाफमा भन्यो- “खै के भन्नु आजकाल पिताजीको स्वास्थ्य ज्यादै खराब छ, आँखा एकदमै कमजोर भइसकेको छ । यतिसम्म कि हामीलाई पनि चिन्तु हुन्न ।” अल्लामाले भन्यो- “तपाई आँखाको कमजोरीको कुरा गर्नुहुन्छ, यदि आँखा ठीक भए पनि म आफ्नो सन्तानलाई चिन्न सक्तिनँ ।” फेरि लामो सास तानेर भने- “महाशय, यस्तो भाग्यमानी आमाबा यो दुनियाँमा कहाँ बाँकी छ, जसले आफ्नो सन्तान चिन्न सकून् ।“

अल्लामाको अर्को एउटा खुबी थियो त्यो के भने उनी आफ्नो गजल अरूलाई सुनाउन मरिमेट्वे । यदि कुनै नयाँ गजल भयो (जो संयोगले हरेक दिन हुन्थ्यो भने सारा टोललाई सुनाउनको लागि निस्कन्थे । यही कारण थियो जब अल्लामा आफ्नो घरबाट निस्कन्थे सडकमा दौडादौडी सुरु हुन्थ्यो। मान्छे गल्लीतिर भाग्ये, पसले आफ्नो पसल बन्द गर्यो, आमाहरू आफ्नो बच्चालाई उठाएर छातीमा टाँस्थे । हेदहिर्दे सडक सुनसान हुन्थ्यो तर अल्लामाको यो नसा कहिलेकाहीँ देशको लागि बडो लाभदायी सावित हुन्थ्यो ।

एकपटकको प्रसङ्ग भनौं या चर्चा यस्तो छ स्थानीय कलेजका विद्यार्थीहरूले हड्ताल गर्दै जुलुस निकाले । एक स्थानमा जुलुस उत्तेजित भएर प्रहरीलाई ढुङ्गा हान्न थाले । प्रहरीले लाठी चार्ज गयो तर जुलुसमा त्यसको केही असर परेन । प्रहरीले अश्रुग्याँसको सेन फ्याँके तर यसको नतिजा विद्यार्थी जोडजोडले हाँस्न थाले। जब परिस्थिति दयनीय भयो तब सबइन्सपेक्टरको दिमागमा एक जुक्ति आयो ऊ सिधै अल्लामाको घर पुग्यो र उसलाई साथै ल्यायो । यता विद्यार्थीहरूले लगातार ढुङ्गा बर्साइरहेका थिए । अचानक माइकबाट घोषणा भयो- “महिला एवम् सज्जनवृन्द । अब तपाईंहरू अल्लामाबाट ताजा गजल सुन्नुहोस् ।“ यो घोषणा हुनासाथ विद्यार्थी आफ्नो टाउकोमा खुट्टा राखेर कुलेलम ठोके । अल्लामाले आफ्नो गजलको एक शेरमात्र सुनाएका थिए, मैदान खाली भयो । विद्यार्थी त विद्यार्थी प्रहरीका सारा सिपाहीसहित सबइन्स्पेक्टर पनि घटनास्थलबाट गायब थिए ।

अल्लामाको चमत्कारपूणर् करामतको यो एक मामुली उदाहरणमात्र हो । तर कहिले यो नसाले अल्लामालाई साह्रै लज्जित पनि गरायो । एकपटक अल्लामाले आफ्नो गजल सुनाउनलाई बाटोमा हिंडिरहेको एउटा व्यक्तिलाई जबर्जस्ती होटलमा लगे । आफूचाहिँ एक कप चियाको भरमा दुईघन्टासम्म काव्यामृत पियाउँदै गरे । बटुवाले पनि लगातार दुईघन्टासम्म विभिन्न परिकारको स्वाद लिदै बसिरहे । अल्लामा समालिए र त्यो व्यक्तिसँग आफ्नो गजलको बारेमा उनको राय सोधे । यो भनाइपछि त्यो बटुवाले आफ्नो दुवै हत्केलाले दुवै कानलाई थुनेर चिच्याएर भन्यो- “पूज्य महाशय, यदि तपाईं मसँग केही सोध्न चाहनुहुन्छ भने कृपा गरेर एक कागजमा लेखेर दिनुस् किनकि म जन्मजात बहिरो हुँ ।”

मान्छेको भनाइ छ- यही एउटा व्यक्ति हो जसलाई अल्लामाबाट फाइदा पुगेको थियो । किनकि अरूलाई गजल नसुनाई स्वाइप्याइ गर्दैनथे । हदै त भन्नुपर्ला कुनै माग्नेलाई एकपैसा भिक्षा दिँदा पनि उसलाई एक सेर गजल सुनाउँथे । त्यस आदतको नतिजा यस्तो निस्कियो कि अल्लामाको घरमा अहिलेसम्म कुनै भिखारीले भीख मागेको देखिएन ।

अल्लामालाई गजलक्षेत्रमा स्थान बनाउनका लागि कयौं कठिनाइको सामना गर्नुपयो । सुरुसुरुमा उनको हरेक गजलमा हुटिङ्ग गर्नु श्रोता आफ्नो कर्तव्य सम्झन्थे । उनले आफ्नो गजल लोकप्रिय बनाउन केही माग्नेको मद्दत हासिल गरे । माग्नेलाई आफ्नो सेर रटाएर सडकमा भीख माग्न पठाइदिए । उनीहरू अल्लामाको गजल गाउँदैगाउँदै भीख माग्थे तर दिनभर एकपैसा पनि भीख पाउँदैनथे । परिणाम यस्तो निस्कियो कि अल्लामाको सायरी त आम मानिसमा लोकप्रिय भयो तर बिचरा माग्नेको व्यवसाय खत्तम भयो ।

जब माग्नेले समेत अल्लामाको गजल गाउन मानेनन् तब उनले एउटा नयाँ तरिका सोचे । उनले यसपटक एक पेन्टरको मद्दत हासिल गरे र आफ्ना सारा मन परेका गजलहरू सहरका भित्ताभित्तामा लेख्न लगाए । मान्छेहरू त्यसमा चुना पोत्दापोत्दा हैरान भए । अनि एक प्रतिनिधिमण्डल बनाएर अल्लामासँग भेट गरे र अल्लामासँग यस्तो सम्झौता गरे कि अबदेखि उनलाई जुनसुकै कार्यक्रममा निमन्त्रणा गरिनेछ (इतिहासमा यो सन्धिलाई ’श्रोता र काव्य’ बीचको सन्धिपत्रको नामले याद गरिन्छ । यसपछि अल्लामा हरेक कार्यक्रममा जान लागे, कविहरूलाई जबर्जस्ती आफ्नो घरमा लान थाले । यहाँसम्म कि उनको घरमा कविहरूको जुलुस नै लाग्न थाल्यो । अल्लामाको गजलको एकमात्र विशेषता यो थियो कि त्यसमा तरन्नुम (लय/ गायनकला) सिवाय अरु केही हुँदैनथ्यो । यदि उनको गजलबाट तरन्नुम निकाली दियो भने गजलमा तखल्लुस (उपनाम) सिवाय केही बाँकी रहँदैनथ्यो । अल्लामा कहिले सहनाइमा र कहिले सितारमा आफ्नो गजल सुनाउने गर्थे । एकपटक त उनले आफ्नो एउटा गजल पूरै आर्केस्ट्रामा नै सुनाएका थिए ।

अल्लामाले जिन्दगीभर एक सेर पनि यस्तो सुनाएनन्, जो बहरबाट वञ्चित नभएको होस् । उनका हरेक मिसरा (हरफ) पहिलो मिसराभन्दा कि त छोटा हुन्थे कि लामा । जब स्रोता उनीसँग गजलको सारा मिसस – बहरबाट वञ्चित छ भन्थे तब उनी यसको जवाफमा यस्तो उदाहरण पेस गर्थे- “मान्छेको एउटै हातको पाँच औँला त बराबर छैनन् भने एउटा गजलका दस मिसरा कसरी बराबर हुन सक्छन् ? भगवान्को सृष्टि नै आफैँ बहरबाट वञ्चित छ । भगवान्ले सबैलाई उस्तैउस्तै जन्माएका छैनन् ।”

अल्लामाको गजल वाचन गर्ने तरिका पनि बडो अनौठो र नयाँ हुन्थ्यो । जब उनी गजल सुनाउँथे गजलसँग अभिनय नै प्रस्तुत गर्थे । गजलमा प्रेमपात्र उल्लेख हुँदा मञ्चमा हात फैलाएर माइकसहित चारपाँच सायरलाई आफ्नो अङ्गालोमा बेर्थे ।

एक कविले उल्लेख गरेका छन्- एक गजलमा मनोरञ्जन दृश्यको लागि गरिब पागलको अभिनय गर्दै अल्लामाले आफ्नो कमिजको कलरलाई समाप्त भयो संयोजकसँग उनले पाउने पैसासहित कमिजको मूल्य पनि उपलब्ध गराउन माग गरे । संयोजकले लाख सम्झाए- “तपाईंको कमिज त पुरानो थियो । हामी नयाँ कमिजको मूल्य ः ८१ ः छिनमै च्याते । जब कार्यक्रम कसरी दिन सक्छौं ?” तर अल्लामाले मानेनन् आखिरीमा गएर संयोजकले नयाँ कमिजको मूल्यः चुक्ता गर्नै पर्‍यो । अल्लामाले त्यसपछि त्यसलाई एक नियम नै बनाए । जुनसुकै कार्यक्रममा जान्थे त्यहाँ पागलको अभिनय गर्दै कलर च्यातेर गजल सुनाउँथे र पुरानो कमिजको बदला नयाँ कमिजको मूल्य ल्याउँथे ।

बिस्तारैबिस्तारै संयोजक होसियार भए । यस्तै एउटा कार्यक्रममा जब गजल सुनाउन पुगे तब उनीहरूले जबरजस्ती अल्लामाको कमिज र पाइजामा सावधानीपूर्वक खोलिदिए । नतिजा के भयो भने अल्लामाले सिर्फ लगौटीको भरमा गजल सुनाउनुपर्‍यो ।

आखिरमा अल्लामाको गजल सुनाउने यस्तो तरिका नै उनको मृत्युको कारण बन्यो । सायरीको दुनियाँमा उनी शहीद भए । उनको गजलको एउटा सेरमा हत्याको चर्चा गरिएको थियो । अल्लामाले हत्याको यथार्थ झल्काउन आफ्नो खल्तीबाट छुरा निकालेर देखादेखी आफ्नो घाँटीमा धसे । अल्लामाको शरीर स्टेजमा फत्र्याकफत्र्याक गर्न थाल्यो । हेर्दाहेर्दै अल्लामाको आत्मा पञ्चतत्त्वको पिँजडाको ताला फुटाएर छुमन्तर भयो ।

अब अल्लामा हामीबीच रहेनन्, यसमा जति प्रसन्नता व्यक्त गरे पनि कमी नै हुन्छ । जिन्दगीभर अल्लामालाई धेरैपटक सम्झाइयो, यस्तो घातक सेर नपढ्नोस् जसले गर्दा तपाईंको ज्यान नै जान सक्छ । तर उनले मानेनन् र बितेको सोमबार काव्यको मैदानबाट सेर पढ्दापढ्दै सदाको लागि शहीद भए ।

अल्लामाको कुनकुन कुराको वणर्न गर्नु र उनको मृत्युमा कति मूर्छा पर्ने गरी हाँस्नु । अल्लामाको देहान्तले यस्तो खालीपन आयो- जसलाई पूरा गर्नको लागि कसैको वशको कुरै थिएन । किनकि अल्लामा धेरै मोटा थिए । यस्तो बढी खालीपन चारपाँच जना सायरको उपस्थितिले पनि पूरा गर्न सक्तैनथ्यो । भगवान्ले मृत आत्मालाई यथायोग्य व्यवहार गरून् र उनको परिवारलाई धैर्यधारण गर्ने शक्ति दिऊन् ।

भगवान्ले क्षमा दिऊन्, मर्ने मान्छेमा थुप्रै कमजोरीहरू थिए ।

०००
‘भोलारामको आत्मा’बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रङ नम्बर !

रङ नम्बर !

मुज्तवा हुसैन
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे
क्वालिटी एजुकेसन

क्वालिटी एजुकेसन

देवीप्रसाद घिमिरे
आइडिया

आइडिया

भोजराज रेग्मी ‘मुखाले’