साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

नियन्त्रणको सिमाना नाघेपछि यस्तै हुन्छ नचाहिँदो इन्द्रियहरू जागेपछि यस्तै हुन्छ कालोलाई सेतो देख्छन् र सेतोलाई कालो सत्ताको नमीठो मात लागेपछि यस्तै हुन्छ ।

Nepal Telecom ad

रेहित सैजु :

१.
तिम्रा पापका हवेलीहरू ढलाएरै छाड्ने छन्
आडम्बरले चल्ने गन्तव्य गलाएरै छाड्ने छन्
तिमीले के सोच्यौ युवालाई ? युवा सबथोक हुन्
हेर्दै जानु, यो देश एकदिन चलाएरै छाड्ने छन् ।

२.
हामी हाम्रै नियतिले बारम्बार पिटिएका छौँ
मपाइत्वको रोगले झन् खुब पिल्सिएका छौँ
कहिले यताका कुरा मान्यौँ, कहिले उताका
कठै ! हामी यसरी नै भित्रभित्रै रित्तिएका छौँ ।

३.
गौरवमय इतिहास मेटिँदै छ याद राख्नुस्
विसङ्गतले वर्तमान रेटिँदै छ याद राख्नुस्
पद र पैसाको पछाडि नदौडनुस् महोदय !
सन्त्रासको जिन्दगी भेटिँदै छ याद राख्नुस् ।

४.
नियन्त्रणको सिमाना नाघेपछि यस्तै हुन्छ
नचाहिँदो इन्द्रियहरू जागेपछि यस्तै हुन्छ
कालोलाई सेतो देख्छन् र सेतोलाई कालो
सत्ताको नमीठो मात लागेपछि यस्तै हुन्छ ।

०००
रामेछाप
९८६२५८१६०२

rehitsaiju17@gmail.com

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
क्रान्ति

क्रान्ति

रेहित सैजु
चटकवाद

चटकवाद

रेहित सैजु
तीन ठोक्तक

तीन ठोक्तक

रेहित सैजु
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x