शालिकराम दाहालवृद्ध सुसेली
बुद्धि सद्ज्ञान लिनु पर्छ वृद्वको गरौँ सम्मान । हैन नभन आखिरी यो अन्त्यमा मेरो नमन ।

शालिकराम दाहाल :
गरौंं कामना
सुसेलीको फाँटमा
शुभकामना । १
वृद्ध चौतारी
राष्ट्रको इतिहास
बोक्ने पुजारी । २
गरौ सम्झना
सम्मानित वृद्धको
हुन्छ वन्दना । ३
वृद्ध चौतारी
चौतारी मा गएर
भेटौँ दौंतरी । ४
बजाऊ धुन
संग्रहित वृद्ध हुन्
युवा उठ न । ५
वृद्ध हजार
लौरो टेकी हिँडेर
गए बजार । ६
छैन उद्योग
युवा जति विदेश
वृद्ध बिजोग । ७
वृद्ध कहानी
कर्कलाको पानी हो
वृद्ध जीवनी । ८
निस्क्यो डाबर
वृद्धको हेरचाह
गर्ने को छ र । ९
बत्ती दुनामा
आलाकाँचा चुलामा
वृद्ध कुनामा । १०
भजौ है हरि
ऊर्जाका खानी हुन
वृद्ध पुजारी । ११
बुद्धि सद्ज्ञान
लिनु पर्छ वृद्वको
गरौँ सम्मान । १२
हैन नभन
आखिरी यो अन्त्यमा
मेरो नमन । १३
०००
चाँगुनारायण– ३, भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































