साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिसास, भैरहवाको २३५ औ नियमित श्रृङ्खला

संस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार डि.आर. न्यौपाने सूर्यको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

भैरहवा, ०८० साउन । सिर्जनशील साहित्यिक समाज (सिसास), भैरहवाको २३५ औ नियमित मासिक साहित्यिक सङ्गम शनिबार भैरहवा स्थित सहिद स्मृति पुस्तकालयको सभाहलमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष कमल पोख्रेल निश्छलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार डि.आर. न्यौपाने सूर्यको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार नारायणप्रसाद भण्डारीले रचना सहित आफ्नो मन्तव्य राख्नु भएको थियो भने साहित्यकारहरू लक्ष्मीप्रसाद अधिकारी, विष्णु गजुरेल, कवयत्री सिर्जना खनाल, सरु ज्ञवाली, राधा भट्टराई, साहित्यकार कृष्ण भट्टराई, कवि वासुदेव पोखरेल, उमेश थापा लाटोमगर, केशव शर्मा बेल्बासे, कमल पोख्रेल निश्छलले आ–आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो ।

बालबालिकाहरूको पनि उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रम संस्थाका उपाध्यक्ष सरु ज्ञवालीको स्वागत मन्तव्य र सचिव विष्णु गजुरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x