साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गङ्गा आचार्य सेढाईंको ‘अनन्त गङ्गा’ विमोचित

‘हाम्रो र राम्रो कृति समुह’द्वारा आयोजित यस कार्यक्रमका सञ्चालक( उत्तम भेटवाल, सभाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, प्रमुख आमन्त्रित राजेन्द्रकुमार श्रेष्ठ र विशिष्ट व्यक्तित्वमा लीलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, ०८० साउन २० । गङ्गा आचार्य सेढाईद्वारा रचित स्वतन्त्र लयका मुक्तकहरूको सँगालो ‘अनन्त गङ्गा’ एक कार्यक्रमका बीच सामुहिक विमोचन गरिएको छ ।

चिल्ड्रेन मोडेल स्कुल बालुवाटारको सभाकक्षमा ‘हाम्रो र राम्रो कृति समुह’द्वारा आयोजित यस कार्यक्रमका सञ्चालक( उत्तम भेटवाल, सभाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, प्रमुख आमन्त्रित राजेन्द्रकुमार श्रेष्ठ र विशिष्ट व्यक्तित्वमा लीलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा हुनुहुन्थ्यो भने, चन्द्रराज सेढाई, वासुदेव आचार्य, प्रकाश बस्नेत गफाडी, रूद्र अधिकारी, भाग्यशाली अधिकारी, खोलाघरे साहिंलो, दीनानाथ पोख्रेल आदि हुनुहुन्थ्यो ।

विमोचित कृतिको सफलताको शुभकामनाका साथ पुस्तकभित्रबाट मुक्तक वाचन गर्नेहरू, केही स्वरचित रचना वाचन गर्नेहरूमा सुशीला ढकाल, सुशीला शर्मा, उषा बस्ताकोटी खनाल, वसन्त ओलीूवसन्तीू, भुवन शिवाकोटी, एस् के धिताल, मदन नेपाल, गणेश खतिवडा, चेतनपथ अनन्त माधव, उत्तम दर्शन, ‘दिक्पाल’ मानन्धर अभागी, गजेन्द्र मोक्तान, प्रचण्ड गौतम, विष्णुथापा, वासुदेव ठकुरी, राधादेवी पाण्डे, धरणीधर गुरागाईं, शम्भु गजुरेल, मीना चम्लागाईं, दुर्गाकिरण तिवारी, श्वेता सेढाई, माधव विडारी, शम्भु गजुरेल, लव खँडका, कृष्णप्रसाद पौडेल, उदास कार्की, पदम दोङ, रुद्र अधिकारी, सुरेश वैद्य, शान्ता आचार्य हुनुहुन्थ्यो ।

नम्रता उप्रेती निरञ्जनप्रसाद आचार्य प्रकाश बस्नेत गफाडी राज पाण्डे, रत्नविरही घिमिरे, जयराम बिडारी आदिले मन्तव्य दिएको कार्यक्रममा गङ्गा आचार्यले लेखकीय मन्तव्य दिनु भयो ।

श्रोतादीर्घामा उल्लेख्य संख्यामा कविहरूको उपस्थिति थियो । कार्यक्रम दिउँसो १२ बजेदेखि आरम्भ भएर ३.३० मा समाप्त भएको थियो ।

०००
– खोलाघरे साइँलो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x