सुलसुलेअनुपम सिर्जना प्रतिष्ठानको १२६ औँ काव्यगोष्ठी
प्रमुख आमन्त्रित जितालीले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ, सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको छ र छन्दको संरक्षण गरेको छ भन्नु भयो ।

काठमाडौं, ०८० साउन २० । अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको १२६ औँ प्रविधिमैत्री कविगोष्ठी संस्थाका अध्यक्ष भुवनहरि सिग्देलको अध्यक्षता तथा प्रमुख आमन्त्रित वरिष्ठ कवि डा. बमबहादुर थापा जितालीज्यूको उपस्थितिमा भव्यरूपमा सम्पन्न भयो ।
उपत्याकाको पश्चिम भेकमा रहेको साहित्यिक संस्थाको कविगोष्ठीमा छन्द, स्वच्छन्द कविता, गीत, गजल, रागविराग, लोकछन्द कविता रोचक ढङ्गबाट कविहरूले वाचन गरे । देशभक्ति भावले भरिएका, जनचेतना मूलक तथा समाजिका बिकृति बिरुद्ध प्रहार गरिएका रचना वाचन गरेका थिए ।
सो अवसरमा रचना वाचन गर्ने कविहरू क्रमश भुवनहरि सिग्देल, डा. बमबहादुर थापा जिताली, कलानिधि दाहाल, विन्दु दाहाल मूकदर्शक, दुर्गाप्रसाद सिग्देल, गणेश आत्रेय, पुरुषोत्तम सिग्देल, गङ्गा लिगल, चूडा निर्भीक, दुष्यन्त भट्टराई, टङ्कराज ढकाल तितेपाती, खोलाघरे साहिँलो, जगदीश्वर पोखरेल, जनार्दन अधिकारी धड्कन, लक्ष्मीप्रसाद मिश्र, सुधा बास्कोटा ढकाल, सूर्यकुमार पण्डित, आत्मराम न्यौपाने, बिनुबाबा घिमिरे, दुर्गा रिमाल अधिकारी, टेकबहादुर लौडारी र उर्मिला पन्त हुनु हुन्थ्यो ।
प्रमुख आमन्त्रित जितालीले अनुपम सिर्जना प्रतिष्ठानले भाषा साहित्यको सेवा गर्दै आएको छ, सर्जकहरूलाई आफ्ना रचना वाचन गर्ने अवसर प्रदान गरेको छ र छन्दको संरक्षण गरेको छ भन्नु भयो । कविगोष्ठीमा आफ्नो रचना वाचन गरेर भाग्न हुँदैन । अनावश्यक कुरा गरेर समय नष्ट गर्न हुँदैन । समयको महत्त्व बुझ्न सक्नु पर्दछ भन्नु भयो ।
प्रतिष्ठानका उपाध्यक्ष नरनाथ लुइँटेलले सङ्क्षिप्त कार्यक्रममा सहभागी स्रष्टाहरूलाई धन्यवाद दिनु भयो । अध्यक्ष भुवनहरि सिग्देलले दार्चुलासम्म पुगेर अवलोकन गर्दा नेपाल सरकारको उपस्थिति नदेखिएको, छिमेकीका गुण्डाले आएर लुट्दा प्रतिकार गर्ने सरकारी संयन्त्र नदेखिएको र आफूलाई दिक्क लागेको स्मरण गर्दै त्यही बेला लेखिएको कविता वाचन गर्नु भयो ।
डडेलधुराको अमरगढीमा रहेको अमरसिंको सालिक अगाडि बसेर रचना गरेको इन्दिरा छन्दको कविता प्रस्तुत गरी कविगोष्ठी सफल बनाइ दिनु भएकोमा सबै सर्जकलाई धन्यवाद दिनुहुँदै गोष्ठी समापन गर्नु भएको थियो ।
कार्यक्रम प्रतिष्ठानकी महासचिव सुधा बास्कोटा ढकालले कुशलतापूर्वक संयोजन तथा सहजीकरण गर्नु भएको थियो ।
०००
– जगदीश्वर पोखरेल
Subscribe
Login
0 Comments
Oldest











































