वृृद्ध चिन्तन
मलाई भरोसा छ यो जिन्दगीको मलाई मान गर्छन् कला छ ज्ञानको त्यसैले म दङ्ग छु समाजदेखि सम्मान गर्छन् मलाई सबैले भेटी ॥
शालिकराम दाहाल :
पहिला पहिला जवानीमा हिँड्थ्यौँ उकाली
अहिले भने वृद्व भई लागेँ ओराली
सहारा एउटा मेरो लौरी भयो साथी
त्यसैलाई साथी बनाई हिँडेँ अलि माथि ।१
अतीतका ती पहाड हेरौँ हेरौँ लाग्यो
सुन्दर दृश्य हेर्दा ममा थकाई पो भाग्यो
चाँदी जस्ता टल्किएका ती हिउँका झर्ना
जङ्गलका कन्दरामा चरेका छन् अर्ना ॥२
हराभरा देखिएका तराईका फाँट
लौरो मेरो थियो हात्मा गरौँ कि त आँट
सहाराकै भर गरी ओर्लिएँछु तल
प्यास सारै लागे छ र पिएँ मैले जल ॥३
थकाई मारी बसेँ म वृद्धचौतारीमा
वृद्व शरीरको खुन चढ्छ नसामा
छन् वृद्धपरिवार भरोसा परेका
आउँछन् कि बाबा भनी आस गरेका ॥४
मलाई भरोसा छ यो जिन्दगीको
मलाई मान गर्छन् कला छ ज्ञानको
त्यसैले म दङ्ग छु समाजदेखि
सम्मान गर्छन् मलाई सबैले भेटी ॥५
०००