साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयू-मिटर

कतै उमेर छली गर्ने रहदैँन ठाउँ सबै बुुढो हुुनै पर्छ यथार्थको नाउँ । सिमित वर्ष थेग्ने आयू जीवनको हार जन्मेपछि भोग्नै पर्ने यमलोक प्रहार ।

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्याल :

जन्मदिनमै पिठ्यूँ चढि सुरु दिनगन्ती
त्यसपछि त आयू-मिटर चालुु खनखन्ती ।

पलपलमै घट्ने उमेर कट्दै बाल्यकाल
अनि चढ्ने यूवा सिँडी पुग्न बुुढेसकाल ।

बिगत गन्दै आउने दिन हुँदै वर्तमान
भविष्यको बाँकि दिन नजानिँदो ज्ञान ।

जतिजति बुुढो भयो उति गल्ने मन
थाक्दै जाने हातगोडा विश्राम खोजिकन ।

बेलाबखत मन पिरोल्ने रोगव्याधको काँडा
साथी संगत एक्लिएर हुँदै जाने टाढा ।

उमेरकै कारण कठिन चल्न जीवन रथ
सुस्तसुस्त अघि बढ्ने बुढ्यौलीको पथ ।

कतै उमेर छली गर्ने रहदैँन ठाउँ
सबै बुुढो हुुनै पर्छ यथार्थको नाउँ ।

सिमित वर्ष थेग्ने आयू जीवनको हार
जन्मेपछि भोग्नै पर्ने यमलोक प्रहार ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x