सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्ध चिन्तन

सबैमा भर्दिन्छन् सत्यको चेतना यी । निखारिन्छन् पूरै सैकडौँ वेदना ती ॥ अहो ! प्रार्थी हामी वृद्धका लागि बन्दा । सबैका फुल्नेछन् फल्दछन् शुद्ध धन्दा ॥

Nepal Telecom ad

कविराज घिमिरे :

सुमार्गी हून् हाम्रा, वृद्धका कामकाज ।
तपस्याले गर्दा, बन्दछन् धीर आज ॥
चलेका छन् बास्ना, वृद्धका ओजपूर्ण ।
यिनैले फाल्दै छन्, पूणर् ल्याई अपूर्ण ॥१

कतै पूजामा छन् वेद पढ्दै गरेका ।
कतै सत्तामा छन् राज्य हाँक्तै गरेका ॥
दिने शिक्षा राम्रो छन् यिनै शास्त्रवेत्ता ।
सबैका निश्वार्थी वृद्ध बन्छन् प्रणेता ॥२

यिनै स्रष्टा हाम्रा पुत्र पुत्रादि निम्ति ।
यिनै द्रष्टा सच्चा ज्ञानका स्रोत छन् ती ॥
युवा तन्नेरीका वृद्ध हुन् सारतत्त्व ।
सधैँ फाल्ने गर्छन् जो रहेका कुतत्त्व ॥३

सबैमा भर्दिन्छन् सत्यको चेतना यी ।
निखारिन्छन् पूरै सैकडौँ वेदना ती ॥
अहो ! प्रार्थी हामी वृद्धका लागि बन्दा ।
सबैका फुल्नेछन् फल्दछन् शुद्ध धन्दा ॥४

समेटौँ हामीले पुष्पडाली बुझेर ।
र राखौँ यी पाका ईश नै हुन् भनेर ॥
प्रणेता यी हाम्रा जीवनीका मुहान ।
सबै पाकापाकी दीर्घ हून् नित्य ठान ॥५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध

वृद्ध

कविराज घिमिरे
वृद्ध

वृद्ध

कविराज घिमिरे
सुकन्या (बुढ्याैली)

सुकन्या (बुढ्याैली)

कविराज घिमिरे
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी