साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन

सबैमा भर्दिन्छन् सत्यको चेतना यी । निखारिन्छन् पूरै सैकडौँ वेदना ती ॥ अहो ! प्रार्थी हामी वृद्धका लागि बन्दा । सबैका फुल्नेछन् फल्दछन् शुद्ध धन्दा ॥

Nepal Telecom ad

कविराज घिमिरे :

सुमार्गी हून् हाम्रा, वृद्धका कामकाज ।
तपस्याले गर्दा, बन्दछन् धीर आज ॥
चलेका छन् बास्ना, वृद्धका ओजपूर्ण ।
यिनैले फाल्दै छन्, पूणर् ल्याई अपूर्ण ॥१

कतै पूजामा छन् वेद पढ्दै गरेका ।
कतै सत्तामा छन् राज्य हाँक्तै गरेका ॥
दिने शिक्षा राम्रो छन् यिनै शास्त्रवेत्ता ।
सबैका निश्वार्थी वृद्ध बन्छन् प्रणेता ॥२

यिनै स्रष्टा हाम्रा पुत्र पुत्रादि निम्ति ।
यिनै द्रष्टा सच्चा ज्ञानका स्रोत छन् ती ॥
युवा तन्नेरीका वृद्ध हुन् सारतत्त्व ।
सधैँ फाल्ने गर्छन् जो रहेका कुतत्त्व ॥३

सबैमा भर्दिन्छन् सत्यको चेतना यी ।
निखारिन्छन् पूरै सैकडौँ वेदना ती ॥
अहो ! प्रार्थी हामी वृद्धका लागि बन्दा ।
सबैका फुल्नेछन् फल्दछन् शुद्ध धन्दा ॥४

समेटौँ हामीले पुष्पडाली बुझेर ।
र राखौँ यी पाका ईश नै हुन् भनेर ॥
प्रणेता यी हाम्रा जीवनीका मुहान ।
सबै पाकापाकी दीर्घ हून् नित्य ठान ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x