साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माता पिता नै गुरु हुन् प्रधान

हेर्दा नि प्यारो मुहुडा उनैको झल्किन्छ सच्चा प्रतिमा सुनैको मेटिन्छ सारा तनको थकान माता पिता नै गुरु हुन् प्रधान॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

पोसेर आफ्नो रज रक्तलाई
थप्दै नयाँ बैँस दिगो बनाई
जो गर्दछन् जीवन-दीप दान
माता पिता नै गुरु हुन् प्रधान॥

माया दयाका भल निर्झरीको
मुहान नै हुन् नव जिन्दगीको
गाथा तिनैको गर रोज गान
माता पिता नै गुरु हुन् प्रधान॥

माटो चिनाए कति हात तानी
बाटो हिँडाए दशकर्म धानी
ती जूनका हुन् रविका निशान
माता पिता नै गुरु हुन् प्रधान॥

सारा सिकाए जिउने विधान
बाधा गरे पूर्ण सबै निदान
दाता र धात सुख सान मान
माता पिता नै गुरु हुन् प्रधान॥

हेर्दा नि प्यारो मुहुडा उनैको
झल्किन्छ सच्चा प्रतिमा सुनैको
मेटिन्छ सारा तनको थकान
माता पिता नै गुरु हुन् प्रधान॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x