
अपजसे खाना
म ढिँडो पकाएर खान मात्रै के बसेको थिएँ । पल्लाघरे काकी फुत्त भित्र पस्दै- “लौन कति छिटो तँलाई पनि रोगले समातेछ बाबै रे !”

अन्जु शर्मा :
“आमा ! मलाई ढिँडो पटक्कै मीठो लाग्दैन धानको भात देउन ?”
आमा – धानको भात खान त पुर्पुरोमा लिएर आउन पर्छ, धनीका कोखमा जन्मदो होस्, गरिबका घरमा जन्मेर धानको भात तँलाई …मुर्दा ! खान्छस् भने ढिँडो खाएर मेलो जा, नत्र भोकै पर्लास् ।
उसो भए ढिँडो देउ न त । नमीठो लागेर पनि ढिँडो खाएँ । ढिँडो खाँदा कस्तो भित्रबाट मन दुःखेको थियोे ।
आजको खाना महोत्सवमा “ढिँडो” प्रोटिन, भिटामिन, क्यल्सियम आदिको प्रमुख श्रोत हो, यसको प्रयोग गर्ने बानी बसालौँ ।” प्रमुख अतिथि डाक्टर विभिषणले बढो रोचक तरिकाले भन्नुभयो ।
मलाई “के खोज्छस् काना ? भन्दा आँखा” भनेझैँ पो भयो । म ढिँडो पकाएर खान मात्रै के बसेको थिएँ । पल्लाघरे काकी फुत्त भित्र पस्दै- “लौन कति छिटो तँलाई पनि रोगले समातेछ बाबै रे !”
मैले कुनै उत्तर फकाइन । मनमनै सोचे अनि ढिँडोलाई दोष लगाए । “तँ कस्तो परिकार हँ ? कहिले गरिबीको पेट भर्ने, कहिले रोगीको पेट भर्ने । तँलाई म सम्मान गरूँ या गाली ?”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest