साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपजसे खाना

म ढिँडो पकाएर खान मात्रै के बसेको थिएँ । पल्लाघरे काकी फुत्त भित्र पस्दै- “लौन कति छिटो तँलाई पनि रोगले समातेछ बाबै रे !”

Nepal Telecom ad

अन्जु शर्मा :

“आमा ! मलाई ढिँडो पटक्कै मीठो लाग्दैन धानको भात देउन ?”
आमा – धानको भात खान त पुर्पुरोमा लिएर आउन पर्छ, धनीका कोखमा जन्मदो होस्, गरिबका घरमा जन्मेर धानको भात तँलाई …मुर्दा ! खान्छस् भने ढिँडो खाएर मेलो जा, नत्र भोकै पर्लास् ।

उसो भए ढिँडो देउ न त । नमीठो लागेर पनि ढिँडो खाएँ । ढिँडो खाँदा कस्तो भित्रबाट मन दुःखेको थियोे ।
आजको खाना महोत्सवमा “ढिँडो” प्रोटिन, भिटामिन, क्यल्सियम आदिको प्रमुख श्रोत हो, यसको प्रयोग गर्ने बानी बसालौँ ।” प्रमुख अतिथि डाक्टर विभिषणले बढो रोचक तरिकाले भन्नुभयो ।

मलाई “के खोज्छस् काना ? भन्दा आँखा” भनेझैँ पो भयो । म ढिँडो पकाएर खान मात्रै के बसेको थिएँ । पल्लाघरे काकी फुत्त भित्र पस्दै- “लौन कति छिटो तँलाई पनि रोगले समातेछ बाबै रे !”

मैले कुनै उत्तर फकाइन । मनमनै सोचे अनि ढिँडोलाई दोष लगाए । “तँ कस्तो परिकार हँ ? कहिले गरिबीको पेट भर्ने, कहिले रोगीको पेट भर्ने । तँलाई म सम्मान गरूँ या गाली ?”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
भाउजूको बिहे

भाउजूको बिहे

अन्जु शर्मा
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x