साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ५८)

समालून् सबैले सदाचार खास वयोवृद्धमा गुम्न जाला सुवास झुलाेस् साथमा बुद्धगामी प्रभात यही साेचमा हिँड्छ देवीप्रसाद ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(देवीप्रसाद यसाे भन्छ)

सके ताप्न आगाे थलामा मुडाकाे
कुनै छैन सन्त्रास ठण्डा खुँडाकाे
सुने बात आराध्य मान्दै बुढाकाे
हुने जानकारी पुराना कुराकाे।।३६४।।

हियाेमा गढेकाे भनाई छ हाम्रो
गराैँ पालना मिल्छ आधार राम्रो
पुराना कुरामा बसेकाे छ सत्य
हुँदैनन् वयोवृद्धमा यी असत्य।।३३५।।

बुढा भावना मन्त्र जस्तै पवित्र
हुने गर्दछन् जानिए मार्गचित्र
सदाचार दृष्टान्तमा छन् अगाडि
नमानाैँ कसैले भएझैँ अनाडी।।३६६।।

कसैले सफा मार्ग आफ्नो भुलेर
हिँडेका कतै कामनामा डुबेर
यता देखिँदै छन् कुनै वृद्धवृद्धा
छ दुर्भाग्य यस्तो नहाेस् हे प्रबुद्ध।।३६७।।

समालून् सबैले सदाचार खास
वयोवृद्धमा गुम्न जाला सुवास
झुलाेस् साथमा बुद्धगामी प्रभात
यही साेचमा हिँड्छ देवीप्रसाद।।३६८।।
(क्रमशः)

०००
२०८०/३/१६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x