साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मनोहरा साहित्य समाजकाे दोस्रो वार्षिक साधारण सभा

समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता, ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्कीको प्रमुख आतिथ्य तथा ज्येष्ठ नागरिक गौ.चौ.खा संयोजक छत्रभूषण दाहाल हुनुहुन्थ्याे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ असाेज १२ । मनोहरा साहित्य समाजले आफ्नो दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता, ग्लोबल पब्लिक स्कूलका प्राचार्य मातृका कार्कीको प्रमुख आतिथ्य तथा ज्येष्ठ नागरिक गौ.चौ.खा संयोजक छत्रभूषण दाहालको विशिष्ट आतिथ्य रहेको थियाे ।

सो कार्यक्रममा कोषाध्यक्ष खोलाघरे साहिंलोले आर्थिक,सचिव भावकेशर बराळले संस्थाको प्रगति प्रतिवेदन तथा अध्यक्ष अर्यालले संस्थाको आगामी कार्ययोजना पेश गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन सदस्य भावना न्यौपानेले गर्नुभएको थियो।

साधारण सभापछि दोस्रो चरणमा समाजका अध्यक्ष डिल्लीराज अर्यालको अध्यक्षता,नगर समाजका अध्यक्ष विजयराज पौड्यालको प्रमुख प्राचार्य मातृका का र्की,गीता कार्की एवं छत्रभूषण दाहालको आतिथ्यमा ९३औं शृङ्खलाको रचना वाचन कार्यक्रम सम्पन्न भयो ।

लेखक शीतल गिरीले सञ्चालन गर्नु भएको सो कार्यक्रममा केही सभ्य श्रोता हुनुहुन्थ्यो । करीब डेढ दर्जन स्रष्टाहरूले रचनावाचन गर्नुभएको थियो ।

अन्त्यमा उपाध्यक्ष जसध्वज गुरुङले स्वागत, सदस्य सम्पत् काफ्लेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x