
बाबु
आज बाबु अशक्त हुँदा बिरामी हुँदा सन्तान लाखापाखा लागेका छन्। तर पनि बाबु आफ्ना सन्तान आउछन् कि भनेर चिसो पिँढीमा बसेर कुरिरहेका छन्।

भावना न्याैपाने :
सन्तानका सपना पुरा गर्दा गर्दै
बाबु बुढो हुनुभयो।
बाबुका पनि कति सपना थिए होला
ईच्छा आकाङ्क्षा थिए होला।
बाबुले खनेका खेतबारीहरु अझै छन् ।
खेतबारी खन्दाको ठेला अझै छन्
बाबु कहिले सुस्ताउनु भएन।
सन्तानका जिम्मेवारीको भारी बोकेर
बाबु सधैं खेतबारी कोदाली खनिरहनु भयो।
मेरा सन्तान के खान्छन् के लगाउँछन्
न बिरामी पर्लान् कि भनेर
थोपा थोपा पैसा जम्मा पारिरहनु भयो।
त्यो जम्मा गरेको पैसा
सन्तानको शिक्षा,खाना नाना
अनि बिरामी हुँदा लगाइरहनु भयो
र सक्षम बनाउनु भयो।
आज बाबु अशक्त हुँदा
बिरामी हुँदा
सन्तान लाखापाखा लागेका छन्।
तर पनि बाबु आफ्ना सन्तान
आउछन् कि भनेर चिसो पिँढीमा
बसेर कुरिरहेका छन्।
चिसो पिँढीमा बसेर कुरिरहेका छन्।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest