साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबु

आज बाबु अशक्त हुँदा बिरामी हुँदा सन्तान लाखापाखा लागेका छन्। तर पनि बाबु आफ्ना सन्तान आउछन् कि भनेर चिसो पिँढीमा बसेर कुरिरहेका छन्।

Nepal Telecom ad

भावना न्याैपाने :

सन्तानका सपना पुरा गर्दा गर्दै
बाबु बुढो हुनुभयो।
बाबुका पनि कति सपना थिए होला
ईच्छा आकाङ्क्षा थिए होला।
बाबुले खनेका खेतबारीहरु अझै छन् ।
खेतबारी खन्दाको ठेला अझै छन्
बाबु कहिले सुस्ताउनु भएन।

सन्तानका जिम्मेवारीको भारी बोकेर
बाबु सधैं खेतबारी कोदाली खनिरहनु भयो।
मेरा सन्तान के खान्छन् के लगाउँछन्
न बिरामी पर्लान् कि भनेर
थोपा थोपा पैसा जम्मा पारिरहनु भयो।

त्यो जम्मा गरेको पैसा
सन्तानको शिक्षा,खाना नाना
अनि बिरामी हुँदा लगाइरहनु भयो
र सक्षम बनाउनु भयो।

आज बाबु अशक्त हुँदा
बिरामी हुँदा
सन्तान लाखापाखा लागेका छन्।
तर पनि बाबु आफ्ना सन्तान
आउछन् कि भनेर चिसो पिँढीमा
बसेर कुरिरहेका छन्।
चिसो पिँढीमा बसेर कुरिरहेका छन्।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
हो म पागल भएकै हो बृद्धाहरुको लागि

हो म पागल भएकै...

भावना न्याैपाने
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
जब म बूढो हुनेछु

जब म बूढो हुनेछु

भावना न्याैपाने
आमा

आमा

भावना न्याैपाने
पाका बाबा आमाहरु हो

पाका बाबा आमाहरु हो

भावना न्याैपाने
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x