साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ७१)

त्यस्तै नेपालमा झन् हिमगिरि नजिकै बस्दछन् मुक्तिनाथ । दाेस्राेमा पर्छ -दामाेदर कुमुद थलाे जानुपर्ने छ साथ ।। आस्थाकाे, केन्द्र अर्को जनकपुर भयाे जानकी जन्म थान।। चाैथाे हाे सप्तकोसी तटबिच बहुधा क्षेत्र- वाराह धाम ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र

तीर्थकाे प्रस्ताव

छाेरा-छाेरी बुहारी अनुचर, जति छाै कर्ममा अस्तव्यस्त।
हाम्रो वार्द्वक्यवेला कति दिन रहला तिर्सना छन् उदात्त ।।
आमाकाे तीर्थ घुम्ने रहर छ मनमा के हुने हाे पछाडि।।
काे जान्छौ साथ साथी सहमतसितमा, लाग हाम्रा अगाडि ?।।४५९।

आफ्ना सान्निध्य पर्ने निकट हृदयका गाउँले दाजुभाइ ।
साथै जाने पुरानो चलन छ अघिकाे एक आस्था जगाई।।
देवी ,याे काम गर्नू वरपरजनमा जानकारी सबैमा ?।
गर्दै केही सहारा, कति मनसँग छन् लानुपर्ने सँगैमा ।।४५०।।

राम्रा लाग्छन् सदिच्छा हृदयबिच बुबा पूर्ण हुन्छन् क्रमैले।
आमाले ढुक्क मान्ने अब तहतरिका पार्न थाल्ने छु मैले ।।
आफैँले बाेक्छु झाेला सहमत यसमा हुन्छ मेरो तमाम ।
गन्तीमा पर्नजान्छन् कुन कुन भनियाेस् मुख्य यी चारधाम ?।।४५१।।

बद्री,केदार साथै अनुपम हरिकाे द्वारिका कृष्ण धाम ।
त्यस्तै मानिन्छ रामेश्वर रघुवरकाे कल्पना किर्ति नाम।।
आस्था आनन्द झुल्ने त्यसपछि छ जगन्नाथ याे पुण्य धाम ।
पर्छन् यी-इण्डियामा प्रचलित अघिका मुख्य हुन् चारधाम ।।४५२।।

त्यस्तै नेपालमा झन् हिमगिरि नजिकै बस्दछन् मुक्तिनाथ ।
दाेस्राेमा पर्छ -दामाेदर कुमुद थलाे जानुपर्ने छ साथ ।।
आस्थाकाे, केन्द्र अर्को जनकपुर भयाे जानकी जन्म थान।।
चाैथाे हाे सप्तकोसी तटबिच बहुधा क्षेत्र- वाराह धाम ।।४५३।।

सक्दा जम्मै नियालाैँ असल नयनले भाग्छ टाढा अशान्ति ।
आत्मा मन्दाकिनी झैँ सुललित रहँदै मिल्छ आल्हाद शान्ति ।।
सक्दैनाैँ हुन्छ गाह्रो अपुग छ धनकाे दूर संसार घुम्न ।
तस्मात् यी मानिएका नजिक मुलुकका धाम ता, पर्छ पुग्न ।।४५४।।
(क्रमशः)

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x