फित्काैली डटकमसाहित्य सङ्गमको नियमित सन्ध्यामा साङ्गीतिक कार्यक्रम
पिएम सेन्टरको सङ्गीत संयोजनमा आयोजित कार्यक्रमको अध्यक्षता साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, प्रमुख आतिथ्य भीमविराग सङ्गीत कला साहित्य प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको रहेको थियो ।

मकवानपुर, २०८१ चैत्र ९, शनिबार । साहित्य सङ्गम मकवानपुरको ३५३औँ नियमित साहित्य सन्ध्याको क्रममा साङ्गितीक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गीत गायनका साथसाथै सर्जकहरूद्वारा रचना वाचन समेत गरिएको छ ।
कार्यक्रममा कवि एस के निधनले ‘उज्यालो बिडम्बना’ र ‘भोक’ कविताहरू छोरीहरूप्रति समर्पित गर्दै वाचन गर्नुभयो । स्वस्तिका बानियाँको कविता तथा मातृभूमि साहित्यिक पत्रिकाका सम्पादक देवराज खरेल र राम कार्कीले गजल वाचनका साथै नवसर्जक साहित्य चौतारी नेपालको महासचिव स्वस्तिका दाहालको गजल गायन रहेको थियो ।
सिस्नुपानी नेपाल मकवानपुरका निवर्तमान अध्यक्ष राजकुमार लामिछाने र दिबिशा रूम्बाले मुक्तक वाचन गर्नुभएको कार्यक्रममा विभिन्न सर्जकहरूले आआफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा केदार न्यौपानेको शब्दमा रहेको गीत ‘गोदावरी फूल’ लाई सुरेश न्यौपानेले गाउँनुभयो भने डोल्मा लामाले उकाली ओरालीहरूमा गीत गाउनुभयो ।
सुस्केरा परिवारबाट राम कार्की र यादव श्रेष्ठले ईश्वर खड्काको शब्द र सङ्गीतमा रहेको गीत प्रस्तुत गर्नुभएको कार्यक्रममा पिएम सेन्टरका सञ्चालक प्रमेन्द्र महर्जनले मनोज शाहीको वाद्यवादन सहयोगमा भीम विरागको शब्दमा रहेको ‘आखिरी तिमीलाई’ गीत गायन गर्नुभयो । कार्यक्रममा पुरूषोत्तम आचार्य र यादव श्रेष्ठलगायतले समेत गायन गर्नुभयो ।
पिएम सेन्टरको सङ्गीत संयोजनमा आयोजित कार्यक्रमको अध्यक्षता साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौला, प्रमुख आतिथ्य भीमविराग सङ्गीत कला साहित्य प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठको रहेको थियो भने अतिथि तुलसी घिमिरे कार्यक्रमका विशिष्ठ अतिथि रहनु भएको थियो ।
सिस्नुपानी नेपाल/साहित्य सङ्गम मकवानपुरको संयुक्त भवनमा आयोजित कार्यक्रममा उपस्थित स्रोताहरूलाई सङ्गमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नु भएको हो भने कार्यक्रमलाई सचिव मनोज पोखरेलले सहजीकरण गर्नु भएको हो ।
०००
– संप्रस पाैडेलद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest






































