साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फर्केर आउन् घर

पुस्ता चार मिलेर बस्न घरमा मान्ने बडो गौरव हाम्रो उच्च परंपरा छ गुनिलो मान्ने ती पाकाकन पाका मानिस ज्ञानका र गुण भण्डार हुन् काञ्चन॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

नेपाली घरबार शोभित बनोस् होस् स्वर्ग झैँ सुन्दर
पाका मानिस रम्दछन् घर जहाँ बस्छन् उतै ईश्वर
सेवामा जुन लाग्छ वृद्धजनको ऊ बन्छ सच्चा नर
छोरा छन् यदि वृद्धका पर भने फर्केर आउन् घर॥१

जन्मेको तन बन्छ जर्जर हरे हो वृद्ध साह्रै बनी
बन्ने बालकदेखि वृद्ध नरको हो चक्र यो जीवनी
पाका मानिसको भलाइतिर नै लागोस् सबैको मन
ल्याओस् यो सरकारले पनि दह्रो आधार पाककन॥२

राखे वृद्ध बुबा मुमा यदि कतै वृद्धाश्रमैमा भने
भन्छन् मानिसले खराब तिनका छोरा बुहारी बने
बस्छन् मानिस दुष्ट भ्रष्ट जनको निन्दागरेरै अति
यस्ताको त मुखै नहेर्नु नरले होला ठुलो दुर्गति॥३

बोकी वृद्ध बुबा मुमा श्रवणले संसार घुम्दा भए
प्यारा ईश्वरको बनी सहज नै वैकुण्ठमा ती गए
जस्को कीर्ति रह्यो युगौँतक ठुलो हाम्रो धराधाममा
मौका सुन्दर उच्च यो तरहको मिल्दैन हो आममा॥४

राखी आदरसाथ उच्च दिलले सेवा तिनैको गरे
मिल्ला आसिक वृद्धको सकलमा माया दयाले भरे
हाम्रो उच्च गृहस्थधर्म पनि हो मान्ने खुदा अग्रज
होला वृद्ध बुबा मुमा यदि रमे आवास सच्चा व्रज॥५

हाम्रो धर्म ठुलो सनातन छ यो संस्कार हो वैभव
पुस्ता चार मिलेर बस्न घरमा मान्ने बडो गौरव
हाम्रो उच्च परंपरा छ गुनिलो मान्ने ती पाकाकन
पाका मानिस ज्ञानका र गुण भण्डार हुन् काञ्चन॥६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

जगदीश्वर पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
0
Would love your thoughts, please comment.x
()
x