साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र आमा सधैँ हँसाऔँ

अपार राम्रो स्वदेश हाम्रो हुनेछ गर्दा अनाज रास। तथापि हामी भएर टाढा सदैव आमा हुने निराश।। डटेर नानी पिएर पानी, स्वदेश हाम्रो सफा बनाऔँ । नबिर्स हाम्रो परम्परा याे, बुबा र आमा सधैँ हँसाऔँ ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

मनुष्य हामी असाध्य, ज्ञानी भनेर मात्रै हुँदैन नानी ।
बुबा र आमा विशेष ठानी,प्रसन्न राख्ने गराैँ न बानी।।
हुँदैन टाढा गएर, हामी स्वदेशमा नै सदा रमाऔँ ।
नबिर्स हाम्रो परम्परा याे, बुबा र आमा सधैँ हँसाऔँ ।।१।।

बसेर भाेकाे कसेर पेटी खला र खेती अनेक जाेडे ।
विचार अग्लो हिमालजस्तै लिएर हाम्रो भविष्य गाेडे।।
अशक्त बन्दा चटक्क छाडी, भुलेर टाढा कतै नजाऔँ ।
नबिर्स हाम्रो परम्परा याे,बुबा र आमा सधैँ हँसाऔँ ।।२।।

छ बाध्य भन्दै अशेष आफ्ना समस्त टाढा विदेश बस्छन् ।
बुबा र आमा बिराम पर्दा भएन हेर्ने भनेर रुन्छन् ।।
अवश्य हेर्दा यही छ चाला दिमाग केही यता लगाऔँ ।
नबिर्स हाम्रो परम्परा याे,बुबा र आमा सधैँ हँसाऔँ ।।३।।

अपार राम्रो स्वदेश हाम्रो हुनेछ गर्दा अनाज रास।
तथापि हामी भएर टाढा सदैव आमा हुने निराश।।
डटेर नानी पिएर पानी, स्वदेश हाम्रो सफा बनाऔँ ।
नबिर्स हाम्रो परम्परा याे, बुबा र आमा सधैँ हँसाऔँ ।।४।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
सबै पाका मान्छे…

सबै पाका मान्छे…

वेदप्रसाद रिजाल
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x