साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनी (आमा)

पुज्दछन् दिनदिनै जब नारी स्वर्ग बन्छ घर शोभित भारी मातृका प्रकट हुन् हितकारी बन्न नित्य म सकूँ न पुजारी॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

मातृका प्रिय रमासरि हुन्छिन्
प्रेमपुष्प दिलमा अति उन्छिन्
सौख्य पुत्र तनयाकन बुन्छिन्
स्वर्गका शिखरमा पद छुन्छिन्॥१

जो गृहस्थ रथको भइ चक्का
टार्न काम जहिले खुब अक्का
बन्दछिन् कुशल कर्मठ पक्का
लेश छैन मनमा छल छक्का॥२

हुन् मुमा अवनिकै जुन तारा
बग्छ अमृत जहाँ रस धारा
लोकमा जति मिल्यो सुसहारा
तिर्नुपर्छ दुधको खुद भारा॥३

ईश्वरी सकल हुन् हितकारी
कालिका भगवती सुकुमारी
कर्ममा सबल हुन् सब नारी
पाल्न पोस्न परिवार तयारी॥४

पुज्दछन् दिनदिनै जब नारी
स्वर्ग बन्छ घर शोभित भारी
मातृका प्रकट हुन् हितकारी
बन्न नित्य म सकूँ न पुजारी॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्ध भए पनि जो जन पूज्य छ

वृद्ध भए पनि जो...

विदुर अधिकारी
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

अनन्तकुमार बस्नेत
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x