साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू बचाऔँ

अग्ला हिमाल रम्दै मुस्कानले पुकार्छन् । टाँकी गुराँस सल्ल‍‍ो हेमन्त चाल बुझ्छन्।। जाडो कुना तराई सर्वत्र फैलिँदै छ । स्याहार वृद्धवृद्धा हेमन्त उर्लिँदै छ।।

Nepal Telecom ad

कृष्णप्रसाद पौडेल `जस्ताघरे´:

भाग्यो शरद् धराको आज्ञानुसार भन्दै ।
हेमन्त यो उदायो जाडो प्रवाह गर्दै।।
बस्ती र कन्दरामा बेहाल मच्चिँदै छ।
स्याहार वृद्धवृद्धा हेमन्त उर्लिँदै छ।। -१

पाखा, गुफा, धुरामा डाँफे चिबे कराए ।
मैना र कोइलीले चीत्कार गीत गाए।।
ठन्डी र हुस्सु जाग्यो उत्पात निम्तिँदै छ।
स्याहार वृद्धवृद्धा हेमन्त उर्लिँदै छ।। -२

छोरी कठै बुहारी भान्सातिरै हराए ।
बाबा मुमा सिरेटो खाँदै खुबै डराए।।
उद्धार भाव माया सत्कार खस्किँदै छ ।
स्याहार वृद्धवृद्भा हेमन्त उर्लिँदै छ।। -३

बारी गरा बगैँचा हेरेर डाक्न ख‍ोज्छन्।
जाग्यो कडा तुसारो भन्दै किसान रुन्छन्।।
आयो चिसो धरामा सन्ताप उक्लिँदै छ।
स्याहार वृद्धवृद्धा हेमन्त उर्लिँदै छ।। -४

अग्ला हिमाल रम्दै मुस्कानले पुकार्छन् ।
टाँकी गुराँस सल्ल‍‍ो हेमन्त चाल बुझ्छन्।।
जाडो कुना तराई सर्वत्र फैलिँदै छ ।
स्याहार वृद्धवृद्धा हेमन्त उर्लिँदै छ।। -५

०००
बट्टार, नुवाकोट । हाल: माछापोखरी, काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दसैँ मान्न पाऊँ सधैं ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैं...

कमला पन्थी अधिकारी
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

वेदप्रसाद रिजाल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

रामशरण न्याैपाने
दसैँ मान्न पाऊँ

दसैँ मान्न पाऊँ

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x