साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलाकार जीवन आचार्यको ‘जीवनका प्रतिध्वनिहरू’ नामक एकल कला प्रदर्शनी

प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राई, कलाकारका जीवनसङ्गिनी सङ्गीता आचार्य एवं राजेन्द्र सलभले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा दिवङ्गत कलाकार जीवन आचार्यको ‘जीवनका प्रतिध्वनिहरू’ नामक एकल कला प्रदर्शनी शनिवारबाट सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राई, कलाकारका जीवनसङ्गिनी सङ्गीता आचार्य एवं राजेन्द्र सलभले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला र कलाकारको खोज, पहुँच र पहिचानका लागि यस कार्यक्रम महत्त्व रहेको बताउँदै उहाँले जीवन आचार्यको बहुआयामिक व्यक्तित्व र कृतिलाई नवपुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । साथै उहाँले आचार्यका सिर्जनाहरूले सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको मूल्याङ्कन गर्दै उहाँका सिर्जनाहरूलाई राष्ट्रिय कला पुँजीका संरक्षण गर्नुपर्ने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केलीले नेपाली संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पर्‍याउनुहुने दिवङ्गत कलाकारका व्यक्तित्व र कृतित्वका बारेमा नवपुस्तामा जानकारी गराउने उद्देश्यका प्रतिष्ठानले विभिन्न कार्यक्रमहरू गर्दै आएकोमा बहुआयामिक व्यक्तित्व जीवन आचार्यको ‘जीवनका प्रतिध्वनिहरू’ नामक एकल चित्रकला प्रदर्शनी २०८२ आयोजना गरिएको बताउनुभयो ।

प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा राईले दिवङ्गत कलाकारको योगदानलाई नवपुस्तामा हस्तान्तरण गर्ने प्रतिष्ठानको रणनीतिक योजनाअनुसार यस प्रदर्शनीको आयोजना गरिएको बताउँदै उहाँले जीवन आचार्य बहुमुखी प्रतिभा सम्पन्न व्यक्ति रहेको बताउनुभयो । कलाका विविध विधामा काम गर्नुभएका आचार्यका रेखाचित्र, ग्राफिक कला, भावभङ्गी कला, प्रतिस्थापन कला आदिमा सशक्त उपस्थिति रहेको विचार राख्नुभयो । साथै बान्तवाले गतिशील, प्रगतिशील र जुझारु स्रष्टा आचार्यले रङ, कुची र शब्दको सामञ्जस्यबाट सामाजिक रूपान्तरणमा सशक्त भूमिका खेल्नुभएको धारणा राख्नुभयो ।

प्रदर्शनीका क्युरेटर तथा यस कार्यक्रमका संयोजक प्रतिष्ठानका प्राज्ञसभा सदस्य जुपिटर प्रधानले नेपाली कलाका क्षेत्रमा भिन्न वैशिष्ट्यका साथ काम गर्ने आचार्यका जीवनी र कृतित्वको प्रारम्भिक खोज, अनुसन्धानको काम भएको बताउँदै उनका सम्मानमा प्रकाशन, प्रदर्शनी र ऐतिहासिक खोज–अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो ।

साहित्यकार राजेन्द्र सलभले अथक मेहनतबाट भएको यस जीवनका प्रतिध्वनिहरू कला प्रदर्शनी आयोजनाका लागि जीवनका परिवार र साथीहरूका तर्फबाट प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले जीवन आचार्य चित्र, स्तम्भ र कवितामार्फत हाम्रो सामु रहिरहनुहुने बताउनुभयो ।

कार्यक्रममा कलाकार जीवन आचार्यका जीवनसङ्गिनी सङ्गीता आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्यहरू, प्राज्ञसभा सदस्यहरू, दिवंगत परिवारका सदस्यरू, साहित्यकार, कलाकार तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । यस कार्यक्रमका संयोजक तथा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जुपिटर प्रधानले क्युरेटिङ गर्नुभएको प्रदर्शनी मङ्सिर २६ गतेसम्म चल्ने छ ।

०००
देवेन्द्र थुम्केलीको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x