साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धा र वृद्ध भन्छन्…

यो राष्ट्र हाँक्नलाई चाहिन्छ योग्य नेता जो भ्रष्ट छन् हराई आउन् सफेद नेता जल्ले विकास गर्छन् खोजी गरी बसालौँ वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।।

Nepal Telecom ad

कविराज घिमिरे :

गर्छौँ चुनाव भन्छन् अन्योलमा सबै छन्
पाका सिवाय बाँकी नौला कुरा दिँदै छन्
जो दिन्छ न्याय खासा उत्साह साथ लागौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।। १

कोही भए पुराना कोही नयाँ बनेर
बस्ती र गाउँ घुम्छन् यो गर्दछौँ भनेर
छक्याउने यतै छन् त्यस्ता तुरुन्त फालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।। २

भर्दैन पेट कोही नङ्ग्रा खियाउनै छ
आफ्नो भविष्य पक्का पार्ने उदाउँदै छ
हाम्रो भनेर राम्रो फाल्ने कुरा निकालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।। ३

यो राष्ट्र बन्नलाई ल्याएर योजना ती
गर्नै छ कर्म सारा बाँझा गरा फुटाई
जल्ले त रोजगारी दिन्छन् तिनै उकालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।। ४

हल्ला पछाडि कोही लाग्नै हुँदैन हेर
जो राष्ट्रवाद साँचो लाग्छन् चुनौँ गमेर
आन्द्रा समेत तान्लान् जल्ले जितेर जानौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।। ५

यो राष्ट्र हाँक्नलाई चाहिन्छ योग्य नेता
जो भ्रष्ट छन् हराई आउन् सफेद नेता
जल्ले विकास गर्छन् खोजी गरी बसालौँ
वृद्धा र वृद्ध भन्छन् सोचेर भोट हालौँ ।। ६

०००
(भक्तपुर बुढ्यौली साहित्य समाजमा अभ्यास)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x