साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा काट्नुको मज्जा !

कुरा के भने नि जति धेरै अरुका कुरा काटे तापनि आफ्नो कुरा आफैले काट्न भने स्वाट्टै बिर्सिन्छ भन्या । लाभ, हानि जे-जे भए पनि आफुलाई भने यो कुरो फिटिक्कै मन पर्दैन क्या ।

Nepal Telecom ad

गायत्री परिराेशनी :

Gayatri Pariroshani

मह काढेर हात चाट्नु भन्दा कुरा काटेर अरुको दिमाग चाट्नुमा अझै बढी स्वाद आउँछ क्या । हाम्रो राष्ट्रिय पेशा नै कुरा काट्ने हो । मोही पारेर नौनी निकाल्ने सुत्र नजान्नेहरूले समेत अरुको कुरा काटेर मुत्र निकाल्न सक्छन् । हामी सबैको राष्ट्रिय कर्म भने पनि, राष्ट्रिय धर्म भने पनि कुरा काट्नु भएपछि आफ्नो-आफ्नो कुराको व्यवसायलाई निजी बनाउने र सबैलाई चौबिसै घण्टा बिजी बनाउने उत्तम पेशा हो यो । नढाँटी भन्नुपर्दा आफूलाई कसैको कुरा काटेको छैन भने भोक पनि लाग्दैन, निद्रा पनि लाग्दैन अनि आँची पनि आउँदैन । त्यही भएर नै बिहान उठेदेखि चौबिस घण्टामा छ पटक आफ्नी श्रीमतीको कुरा काट्छु भने अठार पटक अरुका श्रीमतीको । उनीले मेरो र अरुका लोग्नेको कति पटक कुरो काट्छिन् भन्ने कुरो गन्नै भ्याएको छैन हजुर ।

सियोमा धागो छिराउन नसक्नेले समेत अरुको कुरा काटेर दिमागमा पारो कसरी छिराउन सकेका होलान् ? छत्तीस वटा कखरा अक्षर र छब्बीस वटा एबीसी अक्षर सिक्न त वर्षौ दिन लाग्नेले गन्नै नसकिने र भन्नै नसकिने अरुका कुरा काट्न कसरी सकेका हुन् ? मेरो एकजना काका हुनुहुन्छ । उहाँले सर्वदलीय विषयमा पि.एच.डी. गर्नुभएको हो । उहाँले आफ्नै भू.पू. दलको कुरा काट्न थाल्नु भयो भने पुरै दिन काटेको पनि थाहा पाउनुहुन्न । यत्ति मात्र कहाँ हो र हजुर अहिले त उहाँले हामीले नामै नजानेका, दामै नजानेका विदेशी ब्राण्डका जुत्ता लगाएर पहिला -पहिला पायल चप्पल फाटेर बलियो धागोले बाँधेर लगाउने नेताहरुको आफ्नै साख्खै भू.पू. दलको कुरा काट्नु भो । आफ्नै काकाले आफ्नै कुरा किन काटेका होलान् भन्दै निकै पिर पर्‍यो । अनि काकालाई निवेदन गरे कि “काका जुत्ता त फुकालिहाल्नु भो, अझै एक सुरमा कुरा काट्दै जानुभयो भने त अण्डर ओयर पनि फुकाल्नु बेर छैन ।” काकाले कत्तिको कुरा बुझ्नु भो कुन्नि ? जे होस् एकछिन गम खानु भो । हजुरहरुलाई लाग्न सक्छ, कुरा काट्ने विषयमा मेरा काका मात्र अगाडि हुन् । अँ-हँ मैले त ठोकुवा गरेर भन्छु कि- “कुरा काट्ने सवालमा मेरा मात्र होइन, सबैका अंकल एक अमल कमजोर छैनन् ।”

अरु केही काम गर्ने जाँगर नभए तापनि कुरा काट्ने अभूतपूर्व जाँगर नेपालीले पाएकै हुम् क्या । नत्रभने एउटै देशमा वर्षौवर्ष बसेर कहिले सिँगापुर, कहिले स्वीजरल्याण्ड कुन देशका नागरिक बन्न पाछन् खै ? “तालुमा आलु फले – कपालमा भालु लुक्छ” भन्थे हो रहेछ । नत्र भने कृषिप्रधान देश झ्याम्मै तीन महिनालाई खान पुग्ने उत्पादन हुनेले दैनिक एयरपोर्टमा ग्वाम्मै सुन कसरी फलाउन सक्थे र ? सक्नेले जे पनि फलाउँछ हाम्रो देशमा, नसक्नेले जुनसुकै मौसममा पनि फलाउन सक्ने भनेको त्यही कुरो त हो । त्यही पनि चुरो कता छ पत्तोफाँट नै हुँदैन ।

आफूलाई त यो सोसल मिडिया भन्ने कुरो पनि कुरोको जुरो बढाउन आएको हो जस्तो लाग्छ । नहोस् पनि कसरी ? सकिनसकि बाबाआमाको जिउनी बेचेर फलाएको शैक्षिक योग्यताको प्रमाणपत्र अन्त कहीँ काम नलागे पनि सोसल मिडियामा कुरो काट्नलाई अचुक अस्त्र नै भएको छ । नेपाली भाषा र गाई खाने भाषामा मात्र होइन अन्य प्रगति गर्नेहरुको खेदो खन्ने भाषामा समेत कुरो काटेर जुरो ठड्याउन नेपालीहरु खप्पीस भएको पाउँदा आफूलाई पनि शीर उचो भाको भान भइराछ । गमलामा फलाएको कृषिक्रान्तिको फोटो राख्दा यसले त असली सर्वोत्कृष्ठ कृषक पुरस्कार पाउनुपर्छ भन्ने कमेन्ट आइराछ भन्या ।

बिहान शौचालयदेखि शुभारम्भ हुने कुरा काट्ने काम, राति निद्रादेवीको काखमा पुगुन्जेल सम्म पनि अन्त्य हुँदैन क्या । कहिलेकाहीँ त सपनामा पनि कुरै काटेका हुन्छौ हामीहरू । सक्नेले राम्रो कामको कर्म गरे भनेर कत्ति पनि पिर नमानौँ प्रिय, हामी केही गर्न नसक्नेहरुलाई भनेर नै यो कुरा काट्ने मेशिन हामी सबैको दिमागमा फिट भएको हो । कसैले नखोजीकन आफै सबैसँग मिट भएको हो । धन्य यो मेशिन छ र पो त जिन्दगी चलेको छ । खाएको पचेको छ । अगाडि जानेहरुको खुट्टा तान्ने जस्तो जटिल काम बचेको छ । पहिला पुराण लेख्ने जमानामा यस्तो कुरो काट्ने भन्ने कुरो कम रहेछ कि क्या हो कुन्नि ? नत्र भने त पुराणको संख्यामा एक थपिएर कुरा पुराण पक्कै हुन्थ्यो ।

अँ साँच्ची एउटा कुरा खुसुक्क सोध्छु भनेको भुसुक्कै बिर्सिएछु । कुरा के भने नि जति धेरै अरुका कुरा काटे तापनि आफ्नो कुरा आफैले काट्न भने स्वाट्टै बिर्सिन्छ भन्या । लाभ, हानि जे-जे भए पनि आफूलाई भने यो कुरो फिटिक्कै मन पर्दैन क्या । कुरा काट्ने नै पेशा, व्यवसाय, इलम, कलम, मलम सबै भए पछि किन अरुका कुरा मात्र काट्ने आफ्नो पनि सबै काट्नु पर्छ है । कुरा काट्ने तरिका अब यसरी गरौँ है । अँ साँच्ची हामीलाई भ्रष्टाचार पो मन नपर्ने हो त, काम नगरि पैसा पाइन्छ भने किन मन नपर्ने ?

आफ्नाले गरे चमत्कार, अरुले गरे भ्रष्टाचार भन्न किन लाज मान्ने ? एयरपोर्टमा गुन्द्रुक छिराउन पाए त कति खुशी लाग्छ, अझ सुन भन्ने पहेँलो धातु नै छिराउँदा खुशी किन नहुने ? घरमा तरकारी काट्नलाई त पैसा हुनपर्छ साथी । नत्रभने के- ले किनेर के- पो काट्ने हो र ? यहाँ सबैले सधैँ, फ्रि मा काट्न पाइने, सित्तैमा चाट्न पाइने अमुल्य बस्तु भनेको कुरो नै त हो । त्यसैले आउनुहोस् तपाइँ हामी सबै भएर कुरा काटौँ । एउटा कुरा, कुरा काट्दा बिर्सिएर पनि आफ्नो कुरा काट्न नबिर्सौ है त ।

०००
स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
छु मन्तर- बेरोजगार चट्

छु मन्तर- बेरोजगार चट्

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- (७)

बोक्सीका ताजा बात- (७)

गायत्री परिरोशनी
बोक्सीका ताजा बात– (६)

बोक्सीका ताजा बात– (६)

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
लभराजको प्रेम !

लभराजको प्रेम !

गायत्री परिरोशनी
लौन लायो !

लौन लायो !

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
0
Would love your thoughts, please comment.x
()
x