साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ड्याडीमह

चाकरीदाताको ऋण चुक्ता गर्न कुनै उपायले नसक्ता हाम्रो संस्कृति अनुसार उनलाई ‘तृप्यन्ताम्’ गरेर भए पनि मुक्त हुन चाहन्थेँ तर दुर्भाग्य, बीचैमा च्यान्टेकी मम्मीले झल्याँस्स व्यूँझाइदिइन् ।

Nepal Telecom ad

रोहिणीविलास लुइटेल

“लर्ड तृप्यन्ताम्, मेकाले तृप्यन्ताम्, भाग्यविधाता नोकरीदाता तृप्यन्ताम्, तृप्यन्ताम्, अन्नदाता, ड्याडीमह (पितामह) तृप्यन्ताम् ….!”

“के हो तृप्यन्ताम्, आज एकाविहानै सोह्र सराद लागिसक्या छैन, तृयन्ताम्, तृप्यन्ताम् । हजुर बौलाउनु भयो कि के हो ?”

धत् ! एक्कासि मलाई बिउँझाइन् मेरी उनले । कस्तो आनन्द आएको थियो । आफ्ना पुर्खा ‘इसुकुल’ का प्रवर्तक लर्ड मेकालेको सझनामा ध्यानमग्न भएको थिएँ । यसै संझनाको संसारमा डुबेर म विचरो आफ्ना जागीरदाता, चाकरीदाताको ऋण चुक्ता गर्न कुनै उपायले नसक्ता हाम्रो संस्कृति अनुसार उनलाई ‘तृप्यन्ताम्’ गरेर भए पनि मुक्त हुन चाहन्थेँ तर दुर्भाग्य, बीचैमा च्यान्टेकी मम्मीले झल्याँस्स व्यूँझाइदिइन् । कस्ती अलच्छिनी ‘डेनियल’ की आमा ?

हुन पनि हो नि ! लर्ड मेकाले आउनुभन्दा पहिले यस्तो ‘इसुकुले’ शिक्षा नभएकाले, क्लर्कहरू जन्माउने फ्याक्टरी नभएकाले हामी जथाभावी मालिक भएर हिंड्थ्यौं खान नपाएर भुँडी चाउरी पारेर यता र यायावरझैँ घुमिहिंड्थ्यौं । ऋषिकुलहरूमा शिक्षा पाएर उनै पुराना वेद-पुराण, उपनिषद, पाणिनि व्याकरण, कालिदास भवभूतिका नीरस ‘ट्याईं ट्याईं र ज्योतिष शास्त्रका फोस्रा ‘साढेसाती’ ग्रहपूजा फलाकेर भए पनि ‘मालिक’ भएर हिंड्न स्वाभिमानपूर्वक बाँच्न, कोहीसँग नझुक्न ‘जननी जन्मभूमिश्च’ जस्ता कोरा नारा अलापेर देशका नाउँमा बलि हुनसम्म हिच्किचाउदैनथ्यौँ । हाम्रो सौभाग्यले धन्न कसो हाम्रा छिमेकी देश भारतमा शासन गर्न सातसमुद्रपारिबाट ती महापुरूष हाम्रा ‘ड्याडिमह’ (पितामह) आएर शिक्षामा आमूल परिवर्तन गरिदिए ।

त्यसैको छाया पर्‍यो र हाम्रा पनि आँखा खुले । फलस्वरूप आज हामी यो मास्टर ‘नोकरी’ मा छौँ । म मास्टर छु । मास्टरको अर्थ जाने पनि नजाने पनि एउटा ‘मास्टरपिस’ कुरो चाहिँ हामीले जानेका छौँ त्यो के भने, अन्धाधुन्द अर्काको नकल गर्नुपर्छ र आफ्ना कुरा चाहिँ काम नलाग्ने भनेर फाल्नुपर्छ । त्यसैले हामीले सभ्यतामा ठूलो परिवर्तन गरेका छौं । बरू हामी माता, पिता, गाउँ घर, धर्म-संस्कृति र परिआएमा देश पनि छाड्न सक्छौं तर यो नयाँ सभ्यता हामी पटक्कै छाड्न सक्तैनौं ।

यस्तो महत्वपूणर् कुरो सिकाएर हामीलाई आधुनिक एवं परजीवी भएर बाँच्ने, आफ्ना सीप कला जति तिलाञ्जलि दिने मूलमन्त्र सिकाउने हाम्रा प्रातः स्मरणीय ‘ड्याडीमह’ लर्ड मेकालेलाई म तर्पण दिएर उऋण हुन चाहन्थे । मेरी छुची ‘डार्लिङले विचैमा ब्यूँझाएर ठूलो आपत्मा पारिन् । उफ् ! धेरै दिनदेखिको मेरो धोको यसपालिको पितृपक्षमा पनि पूरा गर्न सकिनँ ।

०००
शनिश्चरे, झापा
‘अपराजेय कटाक्ष’ (२०५८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुम्लेको कुम्ले बिहे

लुम्लेको कुम्ले बिहे

राेहिणी विलास लुइटेल
उपरतली

उपरतली

राेहिणी विलास लुइटेल
अर्घेलो

अर्घेलो

राेहिणी विलास लुइटेल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x