साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कम्पिटिशन

गाउँ-घर, समाज, देश बनाउने कम्पिटिसनमा लागि परेको कसैलाई देखिँदैन । जति सकिन्छ देशलाई खङरङ्ङै पार । राजनीतिको कम्पिटिसनको घोडामा चढेर गाउँको विकासको ढाड भाँचिदेऊ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

कम्पिटिसन शब्द अङ्ग्रेजी शब्दा हो । कम्पिटिसनको नेपाली अर्थ हुन्छ प्रतियोगिता, प्रतिस्पर्धा, होड । मेरा प्रिय पाठकवृन्दले कम्पिटिसनको ठाउँमा नेपालीकै शब्दहरू प्रतियोगिता, प्रतिस्पर्धा वा होड नलेखेर अङ्ग्रेजीको धाक लाए भन्नुहुन्छ होला । हो, मेरा प्रिय पाठकवृन्दको कुरालाई म स्वीकार गर्छु । तर प्रतियोगिता, प्रतिस्पर्द्धा, होडको ठाउँमा अङ्ग्रेजी शब्द प्रयोग गरिँदा कसैले यसको अर्थ नबुझे वा भन्ने नसके पनि कम्पिटसन भन्ने कुरो अर्कासित दाँजो गर्नु, सेखी गर्नु भन्ने नै ठान्छन् । फेरि हिजोआज हामीलाई अङ्ग्रेजीको देशानले भेटेर सोत्तर पारेको छ । ता हाम्रा कतिपय आमाहरूले भनेका सुनिन्छ, हन मेरो बाबु त नेपालीमा पो फेल हुन्छन् अथवा हाम्रो बाबुले त नेपाली पढ्नै जान्दैनन् । अचेल समस्त बाबुहरू अङ्ग्रेजीको हावाले मात्तिएका पात्तेका छन् ।

जे होस् यो कम्पिटसन भन्ने कुरो जहीँ तहीँ देखिन्छ । पल्लो घरका दामी कुकुर ल्यायो कि वल्लो घरकोलाई तिनको सेखी गर्न कुकुर ल्याउनै पर्छ । गाउँमा एकजनाले गाडी किन्यो भने बस् ऋण पान गरेर हुन्छ कि किस्तामा हुन्छ आफ्नो आँगनमा गाडी ठडाएर म पनि गाडी किन्न सक्छु है भन्ने गाउँ-घरतिर प्रायः देखिन्छ ।

गाउँ-घर, समाज, देश, राष्ट्रमा कम्पिटिसन जगजगी छ । पहिले पहिले तिघ्रा देखाई मैदानमा दुगुरेर विजेता बनिन्थ्यो । तर अचेल त्यो कम्पिटिसनको दुगुर्‍याइँ चुनाव मैदानमा शुरु भएको देखिन्छ । सबै सत्ताका लोभी लालची हुन्छन् । येनकेन प्रकारण उसले सत्ता हत्याउनै पर्छ । यसैले किसिमको जालझेल, षड्यन्त्र, चाल, चलाकी गरी चुनावको कम्पिटिसनमा सहभागी हुनेहरूबारे मैले बखान्नु नपर्ला कि । राजनीतिमा गजबको कम्पिटिसन् छ । पहिले खेल मैदानमा दुगुर्नेहरूको मात्र गजब कम्पिटिसन हुन्थ्यो ।

नेताहरू चुनावमा कम्पिटिसनकै निम्ति अंश ग्रहण गर्छन् । कसरी हुन्छ, छक्का पञ्जा, मारपिट, कुटपिट, हत्या, धम्की आदि प्रयोग गरी चुनाव कम्पिटिसनमा ओर्लेर वा उधुमै गरी चुनाव जितेर सत्ता आफ्नो हातमा लिन चाहने नेताहरू तपाईहरूको गाउँघरतिर देख्नभएकै होला । टाडो किन जानुहुन्छ ? चुनाव नजिक नजिक आउँदैछ । यतिञ्जेल चूपा लागि दुलोभित्र बसेका नेताहरूको नाक मुख देखिन थालेको छ । चुनाव आयो कि नेताहरू गाउँघर शहर बजारमा कुकुर जस्तो भुक्न थाल्छन् । किसिम किसिमको भाषण । एउटा पार्टीले आज एउटा भाषण दिएर जान्छ भोलि अर्को पार्टीका नेताको उही उराठलाग्दो भाषण । एउटा नेताले अर्का नेताको खोइरो खनेर भाषम समाप्त गरेर फेरि अर्को गाउँमा भुक्न जान्छन् । सोझै भनूँ, चुनावको बेलामा भाषम दिनेको कम्पिटिसन हुन्छ । एउटाले गाउँमा आकाशको तारा झारिदिन्छु भन्छ, अर्कोले कम्पिटिसन गर्न मलाई भोट दिनुहोस् म तपाईंहरूको आँगनमा होइन घरभित्रै जून ल्याइदिन्छु । उनीहरूको भाषण कम्पिटिसन हुन्छ हामी सोझा सिधा जनताहरू जून र तारा घर आँगनमै आउने आशामा जुनी बिताइसक्यौँ । गाउँमा बिजुलीको खाँबो गाडेको वर्षौँ भइसक्यो गाउँले बिजुली बत्ती बलेको उज्यालो कहिल्यै हेर्न पाएको छैन ।

अर्का नेताको कम्पिटिशन भाषण फेरि आमामा… मान्छे हँसाउने खालको । मलाई भोट दिनुहोस्, यसपालि तपाईंको घर-घरमा पानी ल्याइनँ भने मलाई दस डाँडा कट्टाउनुहोस् । सोझा सिधा जनता घर-घरमा पानीको आशामा नेतालाई जिताइ छोड्छन् । तर गाउँले वर्खामा बाहेक कहिल्यै पानी देख्न पाएको हुँदैन पानीको कल घरकै अगाडी जोडेको वर्षाैँ बितिसक्दा पनि पानीको कलबाट पानी कहिल्यै आएन… बरू पानीको निम्ति ल्याइएका पाइपहरू दिन दिनै गायब भएको देख्दा कम्पिटिसन चैँ मान्नु नै पर्ने हुन्छ ।

जित्छु भन्नेको कम्पिटिसन छ यहाँ । हार्दिनँ भन्नेको बेजोड कम्पटिसन छ यहाँ । हिजोआज खेलकूदमा कम्पिटिसन भन्दा पनि राजनैतिक कम्पिटिसनले हामी सोझा सिधा जनताको सातो उड़ाएको छ । उद्देश्य एउटै हो कुर्सी जोगाउने र हत्याउने कम्पिटिसन । एकजना कुर्सी ताक्ने कम्पिटिसनमा ज्यान गुमिरहेका हुन्छन् भने कुर्सी हत्याइसकेका चाहिँ कुर्सी जोगाउने कम्पिटिसनमा मगन मस्त हुन्छन् । भनूँ नै भने राजनीतिक कुर्सी पनि म्यूजिकल कुर्सीजस्तै नै भएको छ । कुर्सी हत्याउने र जोगाउनेको कुरै छाडौँ, तर कुर्सी कुर्सी माझमै पनि कम्पिटिसन छ । यो राजनीतिक कुर्सी पनि कम्पिटिसनकै डाइबिटिसले भेटेर खङरङ्ङै भइसकेको छ । नेता नेताको कम्पिटिसनमा विचरा कुर्सीको बिजोक भएको कसले बुझ्ने ? !

नेताहरूमाझ विकासको निम्ति आएको मोटो दमडी पचाउने कम्पिटिसन छँदैछ । ठूल-ठूला बाँध, पूलको निम्ति आएको रड मरक मरक चपाउने अनि सिमेण्ट बुकाउने कण्ट्र्याक्टरको कम्पिटिसन अर्कै छ । बाटा बनिनको निम्ति आएको अलकत्राको झोल पिउने कम्पिटिसन फेरि गजबकै छ ।

कुनै सरकारी नोकरीको निम्ति उम्मेद्वारलाई सरकारी कामको लोभ देखाएर क्याटका क्याट नोटको मुठा निल्ने कम्पिटिसनले बेरोजगार युवाहरूको सातोपुल्तो उड़िसकेको छ । भनूँ नै भने, हिजोआज के म छैन कम्पिटिसन ? आसनमा कम्पिटिशन, राशनमा कम्पिटिसन, भाषणमा कम्पिटिसन र पुरस्कारमा पनि कम्पिटिसन ।

कार्यालयतिर चुक्ली लाउनेको कम्पिटिसन फेरि उस्तै ! चुक्ली लाएर कसरी हाकिमको प्रिय हुन सकिन्छ भन्ने कम्पिटिसनमा लाग्ने कर्मचारी जताततै देखिन्छ कार्यालयतिर । यहाँ सबै आफ्नो नाफा लुट्न कम्पिटिसनमा ओर्लेको देखिन्छ ।

तर गाउँ-घर, समाज, देश बनाउने कम्पिटिसनमा लागि परेको कसैलाई देखिँदैन । जति सकिन्छ देशलाई खङरङ्ङै पार । राजनीतिको कम्पिटिसनको घोडामा चढेर गाउँको विकासको ढाड भाँचिदेऊ । यसरी नै कम्पिटिसन चलिरहेको छ । यो कम्पिटिसनलाई राजनीतिक बोक्सीले रातभरि ऐँठन पारेर मुटु कलेजा खाने दाउमा कम्पिटिसनमै ओर्लेका छन् । गाँवै बिगार्ने, समाजै बिगार्ने, देशै बिर्गाने, विकास नै स्वाहा पार्ने कम्पिटिसनको अब पोष्टर्माटम गरिनु नितान्तै आवश्यकता देखिन्छ ।

०००
जलपाईगढी, भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x