साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुख

गाउँमा तन्नेरी छैनन् खेत बाँझो छ कोही खेती गर्दैनन् खेतमा झाडी रुख बढेको छ छुच्चो बाँदर रुखमा चढेको छ घरभित्र छिर्छ र खानेकुरा बोक्छ । छुच्चो बाँदर चढेर अरुलाई झट्टी हान्न थालेपछि मानिसहरु रुख नजिक पर्न डराउँछन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

हुन त रुख
प्राणदाता नै हो
तर
छुच्चो बाँदर चढेर
जथाभावी झट्टी हान्न थालेपछि
बारीका काउली टोक्न थालेपछि
बुुढापाकालाई खोक्न थालेपछि
मानिसहरू
रुख नजिक पर्न डराउँछन् ।

रुखले नै हो
छायाँलाई
घामबाट जोगाउन
आफ्नु पछाडि लुकाएर राख्ने
भविष्यलाई चाहिन्छ भनेर
तृष्णालाई
सुकाएर राख्ने
हो हुन त
रुख नै हो
प्रकृतिको आश्रयदाता
तर
छुच्चो बाँदर चढेर
झट्टी हान्न थालेपछि
मानिसहरू
रुख नजिक पर्न डराउँछन् ।

मध्यरातमा
उदन वायुले
आकुल व्याकुल पारेको जीवलाई
घामक़ो सहयोगमा
दिनको उज्यालोमा
रुखले नै प्राण सञ्चार गर्छ
बेतमास आश्रयको खोजीमा
दिशाहीन पक्षीलाई
रुखले नै
आश्रय प्रदान गर्छ
तर
निर्दोष रुखमा
दोषी बाँदर चढेर
अरुलाई झट्टी हान्न थालेपछि
मानिसहरू
रुख नजिक पर्न डराउँछन् ।

गाउँमा तन्नेरी छैनन्
खेत बाँझो छ कोही खेती गर्दैनन्
खेतमा झाडी रुख बढेको छ
छुच्चो बाँदर रुखमा चढेको छ
घरभित्र छिर्छ र खानेकुरा बोक्छ
हप्काए ख्याँक्क खोक्छ
कहिले मान्छे टोक्छ
हुन त रुख निर्दोष छ
तर
छुच्चो बाँदर चढेर
अरुलाई झट्टी हान्न थालेपछि
मानिसहरु
रुख नजिक पर्न डराउँछन् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x