सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माइला दाइको फुर्फुर

सधैँ पैसा दिएर माथि स्टेजमा बस्ने बानी लागेको अहिले त डिप्रेसनमा गएर घरको छतमाथि चियर राखेर बाटो हिँड्नेलाई हात हल्लाउँदै नमस्कार गर्दै बस्छन् बिचरा माइला दाइ ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

मेरा माइला दाइ उच्च अधिकारीका रूपमा कार्यरत छन् । यसैले उनको स्वाङ र फुर्फुर कम्तिको छैन । आज भोलि उनलाई परिवारसँग बसेर बात गर्ने फुर्सत नै छैन ।

म तीजमा माइत आएकी पनि एक हप्ता भइसक्यो तर हाम्रा माइला दाइको अनुहार पनि देखेकी छैन । बल्ल बल्ल आज दाइसँग भेट भयो मेरो । दाजु बहिनी बसेर एकै छिन कुरा मात्रै गर्न लागेका थियौँ फोनको घण्टी बजिहाल्यो ।

मैले पनि राम्रो सँगले उनीहरूको कुरा सुनिरहेँ, फोनमा यस्तो बात हुँदै थियो, सर हामीलाई तपाईंबाट ठूलो आशा छ, यसपालिको कार्यक्रमको निम्ति हजुरले केही आर्थिक सहयोग गरिदिनुहुन्छ कि भन्ने ।

दाइले यताबाट नम्र स्वरमा भने, भाइ म दिनु त दिन्छु तर मुख्य अतिथि चैँ एनिहाउ मलाई नै राख्नुपर्छ है । दाइको कुरालाई उनीहरूले स्वीकार्दै हस् हस् सर भनी फोन राखे ।

हाम्रा दाइ अलिक फुर्के छन् । मुस्कुराउँदै फुर्के हुँदै मलाई भने, हेर् न बहिनी जहाँ बोलाउछन् त्यहाँ जानैपऱ्यो, पचास हजार डोनेसन पनि दिनुपर्छ, नत्र अतिथिको आसन नै कहाँ पाउँने र !

दाइको कुरा काट्दै मैले भनेँ, दाइ ! यसरी पैसा दिई दिई चैँ किन अतिथि बस्नु हौ ? अतिथि त समाजका लागि केही राम्रो काम गर्ने समाजसेवी अनि साहित्य तथा संस्कृतिको सेवा गर्न दिन रात मरिमेट्ने साहित्यकारहरू, सङ्गीतकारहरू पो बस्छन् होइन र ? मेरो कुरा सकिन साथ दाइले भने, होइन नि बहिनी आजकल त्यस्तो हुँदैन । जसले मोटो आर्थिक सहयोग गर्छन् उनीहरू नै राजा । दाइको कुरा सुनेर म त छक्कै परेँ । मन मनै सोंचेँ, हाम्रा दाइको यो फुर्फुर कति दिनसम्म होला नि !!

भन्दा नभन्दै आज त्यो दिन आएको छ- हाम्रा माइला दाइ अवकाश प्राप्त गरेर अहिले घरमै छन् । अवकाश प्राप्त भएको एक वर्षसम्म त पहिलाकै जस्तो मान सम्मान गरियो । अहिले भने हाम्रा माइला दाइलाई कसैले कुनै कार्यक्रममा बोलाउँदैनन् । यो समाज नै यस्तो हो, खाएकाे भाँडाे खाइसकेपछि अफाल् तेरो ठाँड़ो । हाम्रा फुर्के माइला दाइ समाजमा अचेल फालिएको ठाँडाे जस्तै भई नचल्ने  दुन्नी जस्तै भएका छन् । किनभने अब माइला दाइले कुनै पनि संस्थालाई आर्थिक सहयोग गर्न सक्दैनन्… भए पो दिउन् ।

संसार कति विचित्रको छ । हिजोसम्म माइला दाइको महत्त्व थियो, आज छैन । यहाँ सत्कर्म र सेवा गरेर समाजको हितको लागि काम गर्नेको मूल्य होइन पैसाको मात्रै मूल्य छ । जसले पैसा दिन सक्छन् उही राजा उसैको मान सम्मान ।

पैसा दिएर चियर किन्ने त्यतिनै सौख छ भने थरिथरीका चियर मार्केटभरि जताजतै पाइन्छ । फेरि फेरि किनेर बस्दा पनि त हुन्छ । तर यी लबरपाँडेहरूलाई आदत लागिसकेको छ । कुनै फल पैसा दिएर किनेर घरमा बसि बसी खान पाइन्छ भने खेतमा गएर रोपेर स्याहार सुस्याहार गरेर दुःख किन गर्नु ? यस्तै सोंचले यिनीहरू चोरबाटो हिँड्न पल्केका छन् ।

हाम्रा मान्छेहरू पनि त उस्तै छन् यस्ता लबरपाँडेहरूलाई पैसाकै लागि भए पनि माथि आसनमा बसाएर ग्वाम्मै पैसा खान पल्केका छन् । यस्ता लबरपाँडेहरूकै कारण आज भोलि विद्वान् विद्वान् साहित्यकारहरू समाजसेवीहरू घरको कौसीमा बसेर समाजिक सञ्जालमा नाम कमाउने होड्बाजीको रमिता हेरिरहेका छन् । पुरस्कार र सम्मानका लागि गिद्ध जस्तै एक अर्कालाई लुछ्दै गरेका रमिता हेरिरहेका छन् ।

आजकल हाम्रो समाजमा सम्मान र पुरस्कारको लागि कुनै समाजसेवीहरू साहित्यकारहरू आफ्नो पावरको आड़मा एक हप्ता नेपाल टुरमा लगेर मात्रै सम्मान पुरस्कार घोषणा गर्दारहेछन् । मलाई पनि यस्तो अफर नआएको होइन तर मलाई पुरस्कार र सम्मानको लोभ छैन । मेरो बुताले जबसम्म भ्याउँछ तबसम्म निस्वार्थ सेवा गर्छु भन्ने हेतुले मैले त्यो अफर स्वीकार गरिनँ । नत्र आजसम्म अनगिन्ति पुरस्कार र सम्मानकी धनी भइसक्ने थिएँ ।

अब त नाम कमाउनलाई सेवा, धर्म गर्ने होइन पैसा सुट्केसमा लिएर हिँड्नुपर्छ । समाजमा नाम आफै हुन्छ। सेवा गरेर धर्म गरेर एक वर्षमा नाम कमिन्छ भने पैसा दिएर एकै हप्तामा नाम कमाउन सकिन्छ । होश गरेर हिँड्नु होला…. हाम्रा माइला दाइको जस्तै हालत नहोस् तपाईंको पनि ।

अहिले हाम्रा माइला दाइले ती पुजारीहरूलाई जस्ले पहिला उनको पूजा गर्थे । हिजोआज उनीहरूलाई फोन गर्दा पनि फोन उठाउँदैनन् । ल हेर्नुहोस् त पैसा भइञ्जेल भगवान मान्नेहरू अहिले छड्के आँखाले पनि हेर्दैनन् ।

हाम्रो माइला दाइ खेती गरौँ भने बजारको जग्गामा घर बनाएर बसेकाले खेतबारी छैन । सधैँ पैसा दिएर माथि स्टेजमा बस्ने बानी लागेको अहिले त डिप्रेसनमा गएर घरको छतमाथि चियर राखेर बाटो हिँड्नेलाई हात हल्लाउँदै नमस्कार गर्दै बस्छन् बिचरा माइला दाइ ।

छिटो नाम कमाउन खोज्दा यस्तो हुन्छ । बिस्तारै खुड्किलो नाँघ्दै जाने हो । नाम कमाउने धुनमा आफ्नो आत्मालाई बिक्रीमा नराख्ने म त ।

तपाईंहरूलाई पनि सङ्घ संस्थामा पैसा दिएर माथि स्टेजमा बस्ने बानी लागेको छ भने आजैदेखि छोड्नुहोस् । नत्र तपाईंको पनि माइला दाइको जस्तै हालत होला ।

०००
खोलाचन्द फाप्री, सिलिगुडी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लोकार्पण फोबिया

लोकार्पण फोबिया

नगिता लेप्चा राई
तपाईं नभनी मपाई

तपाईं नभनी मपाई

नगिता लेप्चा राई
एक हातले दिएको दुई हातले देखाउनू

एक हातले दिएको दुई...

नगिता लेप्चा राई
चारो

चारो

नगिता लेप्चा राई
झोला

झोला

नगिता लेप्चा राई
प्रजातन्त्रको दीर्घायु कामना

प्रजातन्त्रको दीर्घायु कामना

कृष्णचन्द्र सिंह प्रधान
भरी खल्ती जता पनि चल्ती

भरी खल्ती जता पनि...

कृष्ण शर्मा सुमु
मलाई गाह्रो छ

मलाई गाह्रो छ

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x