साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वाह ! वाह !! क्या कविता !!!

उताको भगवानका कुरा नगर माइला सजिलोको उल्टो हुनसक्छ यताका भगवानले बारमा बसेर पिज्जा खाँदै थियो नजिकै उर्वशीहरू क्याब्रेमा नग्न नृत्यमा मस्त ।

Nepal Telecom ad

होम सुवेदी :

(कविजी मञ्चको पोडियमा उभिएर कविता पढ्दै छन् । यसका लागि पूर्वतयार गरिएको झुन्ड अह्राएको दर्शक दीर्घाबाट नियोजित काम गरिरहेकाे छ । कविता सुरुः)

कविः
कालो आकाशमा
हरियो जून पूर्वबाट उदायो
नीलो अँधेरो घाम…
पूर्वबाट अस्तायो

तयारी गरिएको झुन्डबाटः
(वाह वाह क्या कविता, परररर… ताली)

कविः बुझिने लेखेर के गर्छस् माइला
अडिरको तेलमा
मुछेर भात खा
सलाम गर्

कपालका रौँहरू कति छन् तेरा
सय थान छन् मेरा

तयारी गरिएको झुन्डबाटः
(वाह वाह क्या कविता, परररर… ताली)

बतासले घाँस खाएर भोकायो
बोको घिउको समुद्रभित्र नाउमा
बेतोडसँग उड्दै थियो
गरुडमा चढेर गणेशको सवारी
मुसो सेवाबाट अवकाश
जागिर नभएपछि
धान पाक्न लागे
मुसो छ खेतका भित्तामा

तयारी गरिएको झुन्डबाटः
(वाह वाह क्या कविता, परररर… ताली)

वाह वाह वाह कति गरेको
निलो मह र फर्सीका जरा
आगोका फूलहरू
बतासका ढुङ्गाहरू
मार्सी कोदोको पुलाउ
अलिक नमिठो भो
चाहियो मसिनो कोदोको
अनदी धान

तयारी गरिएको झुन्डबाटः
(वाह वाह क्या कविता, परररर… ताली)

विष्णुको वाहन साँढेले हानेर
लक्ष्मीलाई झन्डै सुलीमा चढायो
मुजुर बेतोडसँग करायो
लक्ष्मीका बाहनलाई कुरान पढायो

तयारी गरिएको झुन्डबाटः
(वाह वाह क्या कविता, परररर… ताली)

उताको भगवानका कुरा नगर माइला
सजिलोको उल्टो हुनसक्छ
यताका भगवानले
बारमा बसेर
पिज्जा खाँदै थियो
नजिकै उर्वशीहरू क्याब्रेमा
नग्न नृत्यमा मस्त
(आहा आहा आहा क्या कविता !!!
हल गुन्जियो ताली ताली ताली )

माता लक्ष्मी
र पार्वती सपिङका लागि
भाटभटेनीमा छन्
साइजको ब्रा नै छैन
न छ साइजको पेन्टी
न साइजको प्यान्ट
कालो लिप्सिट खोइ
बरबाद
अब कुन पसलमा खोज्नु
धतुरेबाबालाई
गाँजा लानु थियो
अफिम मात्र पाइँने

तयारी गरिएको झुन्डबाटः
(वाह वाह क्या कविता, परररर… ताली)

(कविता सक्तै कविजी ओर्लनुभो अब अरु अरु उत्तर विधाहरू जस्तै बाछिटा, उदक, मुन्टो, थास, डालो, थुन्से, घुर्रो आदि विधामा लेख्ने उत्तर आधुनिक कविको पालि उनका लागि र उनका कवितालाई अघिबाटै रेडिमेडहरूबाट परररर… ताली ।)

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x