साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुरुखुरु जाना खुरु आना

अरुतिरको गफमा त सँगसँगै जेलनेल गरेकोे ध्वास दिन्छन् । ठाउँमा भने मुखमा काँचो पिँडालु कोचेर बसिदिन्छन् अनि त कुन मूर्ख पदासीनले ला, भाइ तैंले पनि खा भन्दो हो !

Nepal Telecom ad

छायादत्त न्यौपाने :

केही छैन महाशय सबै ठिक छ । म तपाईंसँग गुनासो गर्दिनँ । मलाई जानकारी छ । मेरो गुनासो मैसँग छ, आफैसँग गर्छु ।
मलाई बनाउने मैले हो । तपाईंले बनाइदिनुभएन भनेर के गुनासो गर्नु ? तपाईंको आफ्नै भुँडी ठुलो छ । तपाईंका आफन्त आसपासे भुँडीको ठेकेदार तपाईं ! दाम दिएर काम लिने तपाईं ! म जाबो बबुरो जनतोले झोपडी अँध्यारो छ भन्न मिल्ने भए पो गुनासिनु ! म भोकै छु , नाङ्गै छु भन्नै पाइन्न, भनिहाले नि के पो हुने हो र ! हजुरको जस्तो काम गर्न साम गर, खाने बेलाँ आँ गर अभूतपूर्व विलासी शासन शैलीमा ?

कहाँबाट कति आउँछ ? मेरो भागमा कति पर्छ हिसाब किताब मिलाउनै कति गाह्रो छ । भाग पुगेन भने मूल द्वारमा उभिएर चर्का नारा लाउन थाल्छन् । नाइके नाइके छानेर मुख थुन्नै पर्ने बाध्यता छ । यति मात्रैले पुग्ने भए नि अलिक सास फेर्न भ्याइन्थ्यो होला । उता सरुवा बढुवा भरुवाको चाँजो उत्तिकै गह्रौं छ । त्यो बोकेर सुरक्षित बिसाउनुपर्छ । अलिकति तलमाथि परे अर्को हङ्गामा मच्चिन्छ ।

महाशयले बुझ्नुपर्ने नि अचेल त कामकुरा यहाँ हुन्छ । गोप्य घरानामा मिलाइन्छ । लागेको भागबिलो त विदेशमा जम्मा गर्ने हो रे नि नत्र त कतिखेर के पर्छ ? यहाँ राखेर जोगिन ? मुस्किल छ । अचेल त भाग खोज्ने यति बढे कि छर्दा छर्दै योजनास्थलसम्म पुग्ने बाटाखर्च नरहला भन्ने पिर छ है यहाँलाई !

योजना परेको स्थानसम्म पुगेर शिलान्यास गर्न पाए त आगामी दिनमा बजेट थप्दै जाने वातावरण मिलाउन सकिन्छ । शिलान्यासै छुटे त कहाँबाट थपी थपी खानू ? हो क्या ! म बुझ्छु हजुर तपाईंको गाह्रो ! यो संयन्त्र मिलाएर गाँस हत्याउने काम सजिलो छैन । सुइँको पाए बिलो माग्नेहरूको भिड बढ्छ । नजर अन्दाज गरे जुलुस निस्कन्छ उफ् ! कति ठुलो चुनौती ?

मलाई त यस्तो केही गर्नु छैन । पदीय जिम्मेवारी अनुसार खुरुखुरु काम गर्ने हो । आफूले भाग खोजिदैन । ढुक्कले काम गरेपछि न बिलो लाउने झन्झट न मागपत्रको चाङ । त्यसैले महाशय मेरो सल्लाह मान्नुहोस् यो कहिल्यै नअघाउने भोक पालेर साध्य लाग्दैन । तपाईंले काम गरेर जनतालाई नागरिक बन्ने अवसर दिए इतिहास रचिन्छ सम्मान पाइन्छ । यसैमा कल्याण छ तपाईंको ! यो भाग खाने रोग नपाल्नु न हुन्न ?

हो, तपाईं आजीवन नाइके हुने दाउमा हुनुहुन्छ । त्यसका लागि जे पनि गर्ने ? काला कर्तुत जति सबै गर्ने अनि पानीमाथि ओभानो छु भनेर भ्रम छर्ने ? के सधैँभरि यसरी चल्छ भन्ठानेको ? जनता सधैँ सधैँ बबुरिएर बस्छन् भन्ने सोच ? अब काम लाग्दैन यो सोच । त्यै स्वार्थलिप्त चिन्तन बोकेर त तपाईं अत्याचारी, घुसखोर, कमिसनवादी भनेर चिनिएको ! आजका जनताले यति नि थाहा पाउन्नन् र ?

म फेरि भन्छु महाशय ! यो गरिब जनताको रगतपसिना चुस्दै लठैतहरूलाई बाँड्दै कहिलेसम्म गरिरहने ? कति परसम्म दुर्गन्ध फैलाउने ? बढीमा २ कार्यकाल नगनाइकन काम गरेर अनुहारमा कालो नपोती सँगसँगै आन्दोलनमा होमिएका साथीभाइलाई पद दिएर सुकिलै अनुहार लिएर निस्के हुँदैन ? डुङ्डुङती गनाइरहनुपर्छ र ?
होइन ! यी सहयोद्धा भनिएकाहरू पनि अँ हजुर ! अँ हजुर ! गर्दै दिन रात के बित्यो र बित्दै छ पत्तो नपाउने कस्ता हुस्सु मोरा लाछी पामर बनेर दिन दिनै मरिरहन सकेका बाई ! अरुतिरको गफमा त सँगसँगै जेलनेल गरेकोे ध्वास दिन्छन् । ठाउँमा भने मुखमा काँचो पिँडालु कोचेर बसिदिन्छन् अनि त कुन मूर्ख पदासीनले ला, भाइ तैंले पनि खा भन्दो हो ! कुरो त यसो पनि हो क्यार है ?

मलाई त सचेत जनता पनि अन्धभक्त कार्यकर्ता मात्र भए । यी न्यायप्रेमी नागरिक भएर बाँच्ने चाह, रहर, आँट, स्वाभिमान, अधिकार सबै स्वाहा पारेको देख्दा पो ताजुब लाग्छ ।

हुन त यो पद-पैसामा बिकेकाहरूको कला-साधना पनि होला । कति धाक-धम्कीको सिकार भा पनि हुन सक्छन् । दिनदिनै लर्को लागेर विदेशिनेको टाउको स्वस्थ छ भने म जाबो ? मलाई केको टाउको दुखाइ ! दैनिक काम गरेर पेट भर्न पाइराछु । यसमा काँडा नपलाए भइगो नि ! पेट रत्तो र आङ नाङ्गो नभासि केको टन्टा !

हो महाशय, पक्कै हो, मैले दरबार बनाउने हैन हेलीप्याड चाहिएको छैन । खुरुखुरु जाना खुरुखुरु आना आँधीखोलो कस्तो थियो कस्तो !

०००
पर्वत, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बासी बेथाकाे उपचार

बासी बेथाकाे उपचार

डा. छायादत्त न्यौपाने ‘बगर’
बजाउँछ एकतारे

बजाउँछ एकतारे

डा. छायादत्त न्यौपाने ‘बगर’
साँढेजुधाइ

साँढेजुधाइ

डा. छायादत्त न्यौपाने ‘बगर’
खर्क

खर्क

डा. छायादत्त न्यौपाने ‘बगर’
कुरा खेतीकाे बाेलबाला

कुरा खेतीकाे बाेलबाला

डा. छायादत्त न्यौपाने ‘बगर’
‘एक कान दुइ कान मैदान’ = भाइरल

‘एक कान दुइ कान...

कृष्ण प्रधान
किन आउँदैन ?

किन आउँदैन ?

रामकृष्ण ढकाल
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
0
Would love your thoughts, please comment.x
()
x