साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्ट निर्मूल पारौँ

मालालाई गर्न सम्मान छोडौँ गन्धे हुन् ती झार ठानेर गोडौँ । गर्नेभन्दा गर्न ती लाउने झन् भ्रष्टाचारी देशद्रोही कहन्छन् ॥

Nepal Telecom ad

उत्तम विचार :

भ्रष्टाचारी देश खाने किरा हुन्
ठान्छन् कोही व्यर्थ कस्मिरा हुन् ।
लोभीपापी भ्रष्ट हुन् देश मारा
यस्तालाई शीघ्र लाऔं किनारा ॥१।

कुर्सी पुज्ने भक्त छन् अर्चनामा
ध्यानी छैनन् भेटिने साधनामा ।
सौदाबाजी देशमा चल्न थाल्यो
निभ्ला भन्दा अग्नि झन् बल्न थाल्यो ॥२।

चोचोमोचो टाउका जोड्न सक्छन्
बाटो अन्तै भ्रष्टले मोड्न सक्छन् ।
बेची खाए कारखाना खुलेका
पैसा छोडी अन्त छैनन् भुलेका ॥३।

पुस्तालाई टन्न पुग्ने कमाई
भ्रष्टाचारी खान खोज्छन् मलाई ।
भन्दै गर्ला राष्ट्र रोई पुकारा
पुछ्ने छैनन् अश्रुको बग्छ धारा ॥४।

आओस् कोही राष्ट्रसेवी बनेर
आमाको त्यो फेर्छु हाँसो भनेर ।
बाबा भन्छन् छैन आशा मरेको
हेर्ने चाहा राष्ट्र उठ्दै गरेको ॥५।

मालालाई गर्न सम्मान छोडौँ
गन्धे हुन् ती झार ठानेर गोडौँ ।
गर्नेभन्दा गर्न ती लाउने झन्
भ्रष्टाचारी देशद्रोही कहन्छन् ॥६।

आओ आओ देश हाँक्ने युवा हो
नेपालीको लाज ढाक्ने युवा हो ।
भ्रष्टाचारी बीज निर्मूल पार्न
थालौँ आजै मृत्तिका यो सिँगार्न ॥७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x