साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तेरो नाकमा पोतो, तेरो मुखमा मोसो

आखिर हाम्रा जुँगा हैन कालो मोसो धोंसो नै त हो पोतिएको। नत्र हर्रो नपाउनि जाईफल धाउँनि ? रेखी नबसेको ओठमा कालो जॅुगा सबै हामी गुँगा (लाटा) कोही छैन सफेद वास्नादार फूलका थुँगा ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

गाउॅघरमा उहिले उहिले पढेलेखेका मानिस तेति हुँदैनथे।कतिपय गाउँका साहु महाजन ठूलाठालु, पुरोहितको काम गर्ने उप्रेत गाउँलेहरूले मिलेर पंडित वा ज्योतिषीलाई गुरूका रूपमा गाउॅमा ल्याएर एउटा घर वा धन्सारमा गाउँलेका छोराहरू किशोरहरूलाई गुरूकुलका रूपमा पढाऊने गर्दथे। यसरी पढ्न बस्नेहरूले टाढाका भएमा आफैले आफ्नो रासनपानी घरबाट ल्याएका हुन्थे। स्थानीय वा गाउँकै भए आफ्ना घरमा खान्थे र गुरूको निगरानीमा तोकिएको घर कटेरामा सुत्ने बस्ने पढ्ने गर्थे।

कुखुरे वैशको उरन्ठेउलो बेलाका किशोरहरू कुकुर पुच्छर बाङ्गाे देख्दा नि अई हेर हेर भन्ने बेलाका ठिटाहरू। को पहिले सुत्छ र तेस्का ओठमाथि मोसो दलुँला भन्ने कोहि, कोहि त्यो चाँडै सुते तेसका नाकमुनि ध्वाँसो धसौंला भन्ने दाउमा केटाहरू हुन्थे।

यसरी केटौले बेलाकाले एकले अर्कोलाई छकाऊने, थकाउने,उडाउने, फकाृने, अनेकानेक प्रपञ्च गरिरहन्थे। तर गुरूलाई कसैले सिकायत गर्दैनथे किनकी गुरूकोमा पुगेपछि कि झोला कसे भो कि थोरैभए पनि वर्षौंसम्मलाई अपमानित वा निन्दित वा बेबकुफमा गुरूको नजरमा रहनुपर्ने हुनाले आफैं आफैंमा सबै सन्निहीत हुन्थे वा समझदारीमा रहन्थे। तर एउटाले अर्कोलाई पाईला पाईलामा गुरूको ॲाखा कान छलेर जिप्ट्याउने जमर्को गरिरहन्थे । रातमा त राजाको राँगो फुके जस्तै भए नि आपसमै सिमीत रहन्थे आखिर बिछ्रिंखल बय नै त हो विद्यार्थी उमेर। सिक्नलाई पो ज्ञानगुन सन्त साधु उमेरले त चन्चलै त हो।

औंशीको दिन लगायत चार पाँच दिन पढाई नहुने भएकोले अबेला सुत्ने र अबेला उठ्ने गर्थे। किनकी महिनामा चार पाँच दिन पढाउन पढ्न हुन्न भन्ने दिन थिए जुन दिन पढाउँदैन थिए । बेला बेला गुरू भन्नु हुन्थ्यो-
“अमावश्या गुरू हन्ति, शिष्य हन्ति चतुर्दशी।
प्रतिपदा हर तो विद्या, अष्टम्याम् प्राण घातक।”
अर्थात, ओैँशीमा पढे पढाए गुरूलाई हानी, चतुर्दशीमा पढेपढाए चेलालाई हानी; परेवा दिन पढेपढाए विद्या नै हराउनि, अष्टमीमा पढे पढाए प्राण घात हुने हुनाले यी दिनमा पढाई हुँदैन थियो। यी दिन गुरूको घरमा जे जेकाम पर्थ्यो तेहि तेहि गर्थे यस्तै थ्यो यस्ता साना गुरूकुल अनि ठूलोमा पनि।

भोलिपल्ट पढाई नहुने दिनमा बिहान अबेला उठ्ने भएकोले बेलुका पनि अबेलानै सुत्थे। यस दिन बेलुकी उछेल्याहाहरूको मनमा धेरै तरङ्ग चलिरहेको हुन्थ्यो । एकले अर्कालाई छकाऊन र ध्वॅासो मुसोगर्न वा खाटैमा बाँधी राख्न वा टुप्पीमा पुराना जनैले डाँडा वा भाटामा बाँधेर अत्याउन । बेलुकी सबै अबेलै सुतेका थिए। आज औंशीको दिन पढाई नहुने भएकोले अबेला उठ्दैथे कोहि लौन मलाई के भो म त उठ्नै सकिन भन्दैथे, कोही लौन मेरो टुपी कल्ले कता बाँधी दियो ऐया नि, फोई देवन भन्दैथे।

यत्तिकैमा रामेले ओच्छ्यानबाट उठेर भन्यो पख पख क्रिष्णे म खोलिदिन्छु भन्दै आएको देखेर टुपी तन्केर टाउको रन्केको रामे मरी मरी हाँस्न पो थाल्यो। रामेले भन्यो ओई पागल क्रिष्णे तेरो मुखामा मोसो कल्ले दलिदियो नामै काले झन् काले भैछस् भनेर हॅास्यो । क्रिष्णेले भन्यो – अँ तँ त गोरो छस् नि ध्वाँसे तेरो त टुप्पी बाँधेर मुखमा ध्वाँसो दलेछ बुझिस् ? हो र माईल्दाई ? माईल्दाई मरि मरी हाँस्दै भने- तैँले देख्दा क्रिष्णे, क्रिष्णेले देख्दा तँ र तेरोमुख कालो । आखिर तिमीहरू दुवै कालो बेरार एउटाले अर्कोलाई किन उडाउँछौ भाइ हो।

श्यामेले भन्यो हो दाइ हो दाइको ओठमा त त्यो कालो सिरिक्क सिरूपाते जुँगै होनि है दाई है है हा हा । ए बजिया साँच्चिकै होर हैन दाइ यसो रेखी बसेको होला । ए श्यामे तेरो के नि त्यो उमेरले म भन्दा पाँच वर्ष कान्छो जुँगा हेर्दा कालो लोखर्केको पुच्छर जत्रो हैन त क्रिष्णे रामे कि हैन ? हो दाइ हो तर तपाइँलाई त स्वाद छ हगि रामे- क्रिष्णेले भन्यो।

माईल्दाइले भाषण छाँटे हेर भाइ हो ठिक त म बाहेक यहाँ कोही पनि छैन। नत्र किन एउटाले अर्कोलाई खेदो खनेको कालो, ध्वाँसे, टाटे पाटे र पाङ्ग्रे देखेको तेसैले अब मलाई सबैले भरोसा गर फेरि हुन दिने छैन। हो दाइ हो तेही भएर त अैले स्रिरूपाते भएर आफैं सिगारिएका हौला। तिमीलाई नै सिगारी सकेछन् के को तिमीले हाम्रो रक्षा गरौला परारै तिमीलेनै यस्तो गर्न सिकाएका हैनौ र ? अैले तिनीलाई फेरि कसरी विश्वास गर्ने ? तिमीमा लागेको बानी कहिल्यै जानी हैन सुन त नानीमा लाग्या बानी कसैगर्दा नि नजानी पो भन्छन् । त्यसैले तिम्रो सिगाँरू जुगाको पनि कतै बजारमा भाउ छैन हेर हेर भन्दै लाखु लखेटे झैं थपडी बजाएका मात्रै हुन् दाइ तिमी नि कालै छौ तिम्रो ॲात पनि कालैछ ।

देखिएका हाम्रा अनुहार कसैको पनि सुकिलो र आत्मा सफा छैन। नत्र सबै भसक्कै कालो पोतिनु पर्थ्यो ? हामीलेनै हामीलाई कालोपोतेका हौं बाहिरबाट आएर कालो पोत्ने कसैले पनि हिम्मत गर्न सक्दैन हामी यती आपसमा सध्य रअसल भए। रामेले भन्यो लौ भनौ त कसले कसलाई कालो पोत्यो ? किन हामी बोल्न सक्दैनौं ? किनकी हामी नै दोषी छौं, हाम्रा मुखमा कालो पोत्नमा। तर भन्छौं – तेरो नाकमा पोतो, तेरो मुखमा मोसो। तेरो गालामा ध्वाँसो। सिरूपाते भए नि सात पच्चिसको बनाए नि आखिर हाम्रा जुँगा हैन कालो मोसो धोंसो नै त हो पोतिएको। नत्र हर्रो नपाउनि जाईफल धाउँनि ? रेखी नबसेको ओठमा कालो जॅुगा सबै हामी गुँगा (लाटा) कोही छैन सफेद वास्नादार फूलका थुँगा । यो अँगार संसार, कालो अन्धकार । भन्छौं संसार लाग्छ अपार।

०००
काठमाडाैं, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हो बाबु हो निगालै काढ्नु टुप्पाड

हो बाबु हो निगालै...

सुरेशकुमार भट्ट
जुँगा र मुगा

जुँगा र मुगा

सुरेशकुमार भट्ट
मास छर्ने काईदा, मासियो लिँड्को लाम्दा

मास छर्ने काईदा, मासियो...

सुरेशकुमार भट्ट
ह्या ह्या ! हा हा ! छ्या छ्या !

ह्या ह्या ! हा...

सुरेशकुमार भट्ट
हन्डर

हन्डर

शेषराज भट्टराई
दानवकवि

दानवकवि

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x