सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हे बुद्ध आऊ छिटो

भन्छन् रक्ष गरे जुधाइ जनता, जो धर्मका नाममा। के हो धर्म भनेर नबुझी, मर्छन् बिना काममा।। मान्दैनन् अब यी लडाइ नगरी, के बृद्ध के बालक। बोकी आउ छिटो विलम्ब नगरी हे बुद्ध बम् बन्दुक।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

छोडी धर्म गरेर युद्ध दिनकै, मार्छन् निहत्था जन।
कस्ले शान्ति भनेर सुन्दछ यहाँ , सोचेर आफै भन।।
जप्दै शान्ति सधै अशान्त मनले, मर्दैछ मान्छे बुझ।
बोकी आउ छिटो विलम्ब नगरी, हे बुद्ध बम् बन्दुक।।

काट्छन् फेँद उध्याइ खुकुरी, टुप्पा चढाइ कन
डाँका छन् सबका सबै मुलुकमा, भागे कहाँ सज्जन।।
सुन्छन् को रणमा लडाइँ लडने, मैदानका दानव।
बोकी आउ छिटो विलम्ब नगरी हे बुद्ध बम् बन्दुक।।

कोही भन्छ इशा ठुलो भुवनको, कोही महादेव हो।
होही भन्छ खुदा सबै जगतको, कल्याण गर्ने भयो।
बुझ्दैनन् जनले यहाँ हजुरको, भाषा अझै वैदिक।
बोकी आउ छिटो विलम्ब नगरी, हे बुद्ध बम् बन्दुक।।

भन्छन् रक्ष गरे जुधाइ जनता, जो धर्मका नाममा।
के हो धर्म भनेर नबुझी, मर्छन् बिना काममा।।
मान्दैनन् अब यी लडाइ नगरी, के बृद्ध के बालक।
बोकी आउ छिटो विलम्ब नगरी हे बुद्ध बम् बन्दुक।।

लड्नै पर्छ हुँदैन शान्ति नलडी अन्तीमको युद्ध जो।
रक्षा गर्न पर्‍यो छिटो हजुरले, मारेर पापीष्ट को।।
जप्दै नाम नमो सदा हजुरको, मान्छे भए चिन्तित।
बोकी आउ छिटो विलम्ब नगरी, हे बुद्ध बम् बन्दुक।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिर्स्यौ हिजोका दिन

बिर्स्यौ हिजोका दिन

बालकृष्ण खनाल
कालो बोको

कालो बोको

बालकृष्ण खनाल
जाऊँ त जाऊँ कता ?

जाऊँ त जाऊँ कता...

बालकृष्ण खनाल
यो देशको शासक

यो देशको शासक

बालकृष्ण खनाल
झोले भएको छु म

झोले भएको छु म

बालकृष्ण खनाल
लाज हराएको सूचना !

लाज हराएको सूचना !

भोजराज रेग्मी ‘मुखाले’
साधुलाई शूली, हाम्रो नेपालमा

साधुलाई शूली, हाम्रो नेपालमा

सुभाषचन्द्र देवकाेटा
चक्रव्यूह

चक्रव्यूह

लक्ष्मण नेवटिया
चिनारी

चिनारी

हरिप्रसाद उप्रेती
घैँटे शासक

घैँटे शासक

भीम गाैतम
भेडाहरू !

भेडाहरू !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x