साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँचोपात छर्दा बेथे उम्य्रो

पुछारे कान्छा हाँस्दै सुनुन् भनेर भन्दैथे- ए ! चुन्टेको आमा आज सम्धी नबोली जानु भो, मुखभरीको मुला खानु भो। हा हा गुनका बदला गुन, खुनका बदला खुन। हरि शरणम् भन्दै पिंडीमा बसे।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

चुन्टेको बाउको र सन्तेको बाउको धोकाधडL दोहोरी चलिरहन्थ्यो र पनि सम्धी यसो हगि ऊसो हगि भनि पनि रहन्थे गफठट्टा गरेर।ऐंचोपैंचो पनि दोहोरै चलिरहेकै थियो । उछेल्या कान्छोलाई परार साल नयाँ बिउ सेतो कोदाको भनेर सन्तेको बाउले दिए । ल्याएर बिउ राखेको आज उम्रेला नि छैन भोलि उम्रेला नि छैन । बाटोमा भेटेर चुन्टेको बाउले सोधे-  सम्धी अल्देखि सेतो कोदोको विउ त उम्रेन नि ? अलि ढिलो उम्रिन्छ सम्धी । ल ल भन्दै पर्खे।रोप्ने समय गुर्कि सक्यो सेतो कोदोको बिउ उम्रदै उम्रेन।

त्यस पछि यो खडु सम्धीले मलाई झुक्याए छ भन्नि कुरा बुझिहाले पुछारे कान्छा चुन्टेको बांउले। तै पनि एकचोटी भनेर घरैमा गएर सम्धी मेरो पाखो स्वाँरा बाँझियो । किन मलाई यसरी ढॅाटेर पुरानो बिउ दिएर धोका दिनु भो भने। खडु सम्धी ढोकाबाट भित्र हेरेर भने- ए खुमेकL आमा तैंले सम्धीलाई दिनी दिनमा कुन कोठाको (गुन्द्री वा चोयाको कोठो बनाउँथे) कोदोको बिउ झिकेको ? मैले त चित्राको कोठोको झिकेको । मरि हालिस् नि, तेहि भएर पो नउम्रेको । त्यो त चार वर्ष अघिको पुरानो हो। यता सम्धीतिर फर्किएर भने- सम्धी भूल पर्याे, आईमाई केटाकेटीले गर्दा केरूम् ह्यार्नुस् बरु फापरको बिउ छ लैजानुस्। किन लानी यहाँबाट  फापर बिउ फेरि पनि बाँझै राख्ने हो र ? भै गो म गएँ। यसाे भनेर पुछारे कान्छा हिँडिहाले।

यस्को वर्ष चारै पछि हात्ती काने काँचपातको बिउ खोज्दै खडु सम्धी सारा वल्लो पल्लो गाउँ चाहारे। पल्लो गाउँका धेरैले भने- पुछारे कान्छाले बिउ पकाएर राख्या छ। घुम्दै फिर्दै खडु सम्धी पुछारे कान्छाका घरमा झम्के साँझमा खुईऽ गर्दै के छ सम्धी अल्देखि सन्चै भन्दै आई पुगे। कान्छाले पनि भने सन्चै छु, यतिखेर कता तनि सम्धी अल्देखि हस्याङ फस्याँग गर्दै ?

”कता हुन्थ्यो सम्धी यो तमाखे मोरालाई तमाखुको जोहो गर्न हिंडेको नि ? किन कता हराछ र ? आ सम्धी अल्देखि गफ गरेर नटार्नुस्न । तपाई कहाँ हात्तीकानेको बिउ छरे भन्ने सुनेर आको नि । ए तेसो पो हुन त होला नि सम्धी अलिअलि अचार खान तिल हैन लैजानुस् के भोर भनेर भित्र पसेर एकै छिनमा एउटा पोका ल्याएर दिए। ल अधिकक्षभो सम्धी म त मुर्छा  परिसकेको तै राख्नु भा र छ र पाईयो सम्धी । जय जय होस् तपाईको बरू हिंडी हाल्छु भन्दै खडु सम्धी ॲागनमा झरे।

तमाखु नखाने ? अल्देखि अँध्यारो भो कुला डिलबाट जल्किनी खोला खसे त हार न गुहार सम्धी जान्छु। बरू दुई चार चिलिम भए घरै गएर खाँदा हुम् । ल ल पख्नुस् यो त बेळौते हो नि । भै गो नि । पानी भुसा नै भए नि सही सम्धी भनेर हात थापेर जाँगेको गोजीमा राख्दै खोक्दै बाटो लागे।

भोलि पल्टै ठाउँ बनाएर खडु सम्धीले रमाई रमाई हात्ती कानेको बिउ घरनेरको खेतको गरामा राखे। बिउ राखेको चार पाँच दिन भए देखिनै बिहान बेलुकै नजर लाउन थाले । दस दिन भो उम्रेन। पन्ध्र दिन भो उम्रेन। मैले बिउ राखेको दिन बिर्सन्छु भनेर भित्तामा महिना र गते कोरेका थिए। ए सोमबार राखेको रैछ सोमै सोम आठ, सोमै सोम पन्ध्र, भोलि त सोमै सोम बाईस हुन्छ ए गाँठे। किन उम्रेन ? सम्धीलाई सोध्नु पर्याे भनेर फेरि पुछारे कान्छा कहाँ गए।

पुछारे कान्छा गाई दुहुन बसेका मात्र थिए । गौवामा सिर्का त घ्वारघ्वार गरेको सुनेर खडु सम्धीले भने-  हैन अल्देखि सम्धी दुहुन बस्दैमा स्यार्र सुर्र नगरी एकै चोटी घ्वार घ्वार गर्याे नि त ? यो गाईकै सिर्का ठूलो छ सम्धी दूध होस् कि पानी घ्वार घ्वार गरि हाल्छ, तेहि भएर त थुनेमाना दुध छ नि। ए होला होला कुरा बुझें सम्धी अल्देखि बेईमान त्यो दूंधको सेतो रँग हो जति पानी हाले नि सेतै बस्ने। हो हो कुरा तेसै हो सम्धी नत्र डाडु रिंगाऊन कसरी पुग्छर  भन्दै उठेर गाईलाई ढोगे अनि दूधको गौवा लिएर घरभित्र पसेर आमा लौ दूध भने । बुढीले दूधको गौवा समात्ने बित्तिकै भनिन् अनु फेरि आज पनि पानीमै दुहिस् ? औलो मुखतिर लगेर संकेत गरे चुपचुप । के को चुप नि ? कति खेलाँची मात्रै गर्छस् ? खानेकुरामा त नगर्नु नि । भो भो हिजोको बडहर घाँसले बढेको होला नि भन्दै बाहिरिए।

हैन सम्धी अल्देखि केलाई आऊनु भा थ्यो होला ? के हुनु नि सम्धी काचपातको बिंउ त उम्रेन नि ? अहो तेस्तो त हुन नपर्नि हो। ऊ तेही खलानमा उमारेकै बिउ त हो। यहाँ यस्तो राम्रो उमार हुने तपाइँ कहाँ के भो होला त ? दुई दिन पानी हालेर हेर्नुस्त सम्धी। बाईस दिन भैसक्यो। कत्ति जातै उम्य्रा छैन र ?” काँचपातको त जात भा पो उम्रनु बेथे पो थपक्कै छ। हैन पख्नुस् त भन्दै भित्र पसेर दुईटा पोका ल्याएर राख्दै- ल ह्यार्नुस् दुवै पोका फोएर। खडुले पोका फोएर हेरे र भने हात्तीकाने भनेर बेथेको बिउ दिएपछि काँचपात कसरी उम्रने ?

कान्छाले भने- हो सम्धी चार वर्ष पहिलेको सेतो कोदो उम्रोस् न बेथे काँचोपात भएर उम्रोस्। जस्तो तपाई ऊस्तै म सम्धी। जे रोप्यो तेहि उम्रिने त हो। भन्दै खलानबाट तल झरेर काँचो पातको बिस तिसवटा बेर्ना दिंदै भने- सम्धी अब चाहिँ बारी बाँझो बस्ने गरेर बिउ नदिऊॅ है। ल यो लगेर सार्नुस् । तमाखु बनाएर तान्नुस्।” हातमा काँचपातको बेर्ना कर्कलाको पातमा थापेर बोल्दै नबोली लुत्रुक परेर भ्वाने खडु घरतिर लागे । पुछारे कान्छा हाँस्दै सुनुन् भनेर भन्दैथे- ए ! चुन्टेको आमा आज सम्धी नबोली जानु भो, मुखभरीको मुला खानु भो। हा हा गुनका बदला गुन, खुनका बदला खुन। हरि शरणम् भन्दै पिंडीमा बसे।

०००
काठमाडाैं, हाल- अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
हो बाबु हो निगालै काढ्नु टुप्पाड

हो बाबु हो निगालै...

सुरेशकुमार भट्ट
जुँगा र मुगा

जुँगा र मुगा

सुरेशकुमार भट्ट
मास छर्ने काईदा, मासियो लिँड्को लाम्दा

मास छर्ने काईदा, मासियो...

सुरेशकुमार भट्ट
ह्या ह्या ! हा हा ! छ्या छ्या !

ह्या ह्या ! हा...

सुरेशकुमार भट्ट
तेरो नाकमा पोतो, तेरो मुखमा मोसो

तेरो नाकमा पोतो, तेरो...

सुरेशकुमार भट्ट
हन्डर

हन्डर

शेषराज भट्टराई
दानवकवि

दानवकवि

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x