साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो देशको शासक

ढुङ्गामा छ हिरा यहाँ जमिनमा, फल्ला सुना अब्रख। थोरै ज्ञान हुने युवा र युवती छोडेर जान्छन् पर।। लेख्छन् लेख्नत दिव्य कविता, पढ्दैन के पाठक।। बेचिन्छन् जनता परेर दुविधा, बेच्छन् यिनै शासक।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

यार्शा मिल्छ उचा हिमाल तटमा, चौँरी चरेछन् जहाँ ।
वर्षा हुन्छ सधै सधै बरफको, सड्दैन केही यहाँ ।।
जस्ले राज्य गरे लुटेर जनता खाए अघाए सब।
यो हो स्वर्ग भनी चिनेन कहिल्यै यो देशको शासक।।१

शाहा वंश रम्यो कुनै समयमा, राणा रम्यो साथमा।
खेले नित्य जुवा लुटेर जनको, बोकी सुरा हातमा।।
कोसी गण्डक रापती जलधरा बेचेर खाए सब।
यो हो स्वर्ग भनी चिनेन कहिलै, यो देशको शासक।।२

पञ्चे राज थियो प्रजा जन थिए, राजा थिए माउरे।
चेप्दैथ्यो सिमना छिमेक भनिने, सेना थिए बाउरे।।
सेना रक्षक थ्यो जहाँ मुकुटको, त्याहीँ भयो घातक।
यो हो स्वर्ग भनी चिनेन कहिल्यै यो देशको शासक।।३

ल्यायौँ यो गणतन्त्रको मुलुकमा, मारेर माया तन ।
मिल्ला बोल्न यहाँ सबै अघिसरी, होला भनी मन्थन।।
झन्झन् भ्रष्ट हुँदैगए सदनका मान्छेहरू आज त।।
यो हो स्वर्ग भनी चिनेन कहिल्यै यो देशको शासक।।४

ढुङ्गामा छ हिरा यहाँ जमिनमा, फल्ला सुना अब्रख।
थोरै ज्ञान हुने युवा र युवती छोडेर जान्छन् पर।।
लेख्छन् लेख्नत दिव्य कविता, पढ्दैन के पाठक।।
बेचिन्छन् जनता परेर दुविधा, बेच्छन् यिनै शासक।।५

चोटी छन् हिमका उचा गगनको, चुम्छन् कि जस्तो गरि।
खेल्थे शंकरले यसै शिखरमा, झुम्थिन् सँगै पार्वती।।
घाँटीमा बिषको भरेर थइलो, पिन्थे अरे मादक।।
के पो छैन यहाँ पवित्र भुमिमा, छैनन् भला शासक।।६

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x