साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हो बाबु हो निगालै काढ्नु टुप्पाड

तै पनि सँगै सुते बसे पछि त कहिले काँहि खुट्टा लागिहाल्छ भनेझैं ठाक्कठुक्क ठास्सठुस्स भैहाल्छ । यीनका पनि लोग्ने स्वास्नी झगडा गरेर नबोलेको दुई तीन दिन भएको थियो।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

सधैं सबैको मन एकैनासको कहाँ हुन्छ र तेस्मा पनि लोग्ने स्वास्नीको ठासठूस डाँग्रेको खासखुस ऊस्तै ऊस्तै हो भन्छन् गाउँघरमा। कति त आगो पनि नठोसी बल्दैन पनि भन्छन् जे होस् लोग्ने स्वास्नीको झगडा परालको आगो‘ । यो धेरै प्रचलित भनाई हो सहज रूपमा हुने र समझदारीमा चल्ने लोग्ने स्वास्नी बीचको व्यवहारलाई हेर्दा।तर जब आरी र खुकुरी शत्रुता र ईबिसाँध्ने रूपमा देखापर्छ त्यहाँ याे भनाई लागु हुँदैन । किनकी देख्नमा लोग्ने स्वास्नी तर प्रेमी हैनन् भन्ने बुझ्नुपर्छ। प्रेम बिनाको लोग्ने स्वास्नी भनेको फुटेको शिशा हो फेरि कहिल्यै जोडिँदैन किनकी भित्रभित्र अन्यत्रै जोडिएको परिणाम हो लोग्ने स्वास्नीमा शत्रुता भनेको बैरब्य हुनु भनेको। ती दुई बिचमा अरू कोहि खेलिरहेको हुन्छ।

तेसैले बैमनस्य र बैरब्य साँधेर कसैको गोटी हुनु भन्दा अलग्गिनु अतिराम्रो हुन्छ मन र परिवारमा शान्ति आऊॅछ। त्यसैले जुध्नु भन्दा बुझ्नु भलो हुन्छ। सानो तिनो वादविवाद छलफललाई झगडा सम्झिन र गाली गलौजमा लिन हुँदैन त्यो छलफल जतिबेला भो तेति बेलै सकियो भन्ने सम्झनु पर्छ। तब सार्थक हुन्छ कहिले काटाकाट कहिले चाटाचाट किनभने जुन बिषयको लागि घनाघसी भो त्यो तेसपछि सकियो भन्ने सम्झने लोग्ने स्वास्नी प्रेमी पनि हुन् फेरि फेरि तेहि रडाको मन्चाऊने देखिने नातामा लोग्ने स्वास्नीहोला तर घरग्रिहस्थीमा प्रेमी लोग्ने स्वास्नी हैनन्। ती स्वार्थका लागि लोग्ने स्वास्नीको नाटक गरिरहेका हुन्छन् स्वार्थ पूरा भा को दिन लोग्नेस्वास्नीसँग स्वास्नी लोग्नेसँग हुँदै हुँदैनन् जो हो प्रेमी ऊसैकहाँ पुग्छन्।

तेसैले लोग्ने नालथाम भए स्वास्नी घरको भित्रिहो मजेरी चोटा कोठा खोपी हो तेहि भएर भन्छन् खोपी र नाल/ एउटै नाल एउटै खोपी। लोग्ने स्वास्नीको माया प्रिति घुर्कि र फुर्कि सहदेवीको लहरा कसैलेताने छुट्यो बटुवा गएपछि फेरि जुट्यो।

पहिले पहिलेको चलन टाढा टाढासम्म पुगेर विवाह गर्ने चलन थियो। किनभने नजिक भएपछि आफ्नामा पनि घच्चाघैरो लाग्ने हुँदा आफ्ना नराम्रो हुन्छ चेलीबेटी घर माईती धेरै गर्न थाले राम्रो पनि हुँदैन फेरि नजिकमा गोत्र नातापुस्ता छलेर बिहा गर्न संख्यात्मक हिसाबले जनसंख्या पनि पातलो हुँदा टाढा पुग्न बाध्यता थियो। तेसैले मुखिया माइलाले पनि छोराहरूको विवाह लेक र कछारसम्म पुगेर गरेका थिए। छोरो माइलो मुसे अलि झडँग्या स्वभावको भएनि लेकालीकी छोरी प्याउलीभने नरम बोली बचन र स्वभावकी हुनाले आगो पानी हुँदा मिलेकै थियो । तै पनि सँगै सुते बसे पछि त कहिले काँहि खुट्टा लागिहाल्छ भनेझैं ठाक्कठुक्क ठास्सठुस्स भैहाल्छ । यीनका पनि लोग्ने स्वास्नी झगडा गरेर नबोलेको दुई तीन दिन भएको थियो।

मुसे गाई भैंसी पाटामा निकाल्नलाई फरिका बुन्ने पाखा छाऊने धुरीखाँवा कुमखाँवा बला किला मिलाऊने कामको लागि तारूका बाँस कात्तिकमै छिपिएकाले तामा बाँस र धनुबाँस काटेर राखेकाले दिउँसो बाँसको चोया काढ्ने बिहानमा निकालाको चोया काढ्न पर्याे भनेर तितेको लाँक्रा निकालेर पहारमा ल्यायो । किनकी ऊसको घरमा पहिलो पटक तितेको सिट्ठा निकालेकोले बाँसको झैं फेदबाट चोया निकाल्न खोज्यो सकेन मिलेन । फेरि कोशिस गर्याे चोया आएन । झडंग्गे माइलो रिसाएर फाल्न मात्रै बाँकि थ्यो।

बिहानको पाहारमा पिंडीमा झोलुंगाे लाएकाले नानीलाई दूध ख्वाएर झोलुंगमा हालेर प्याउली झोलुंगाे हल्लाऊँदै लोग्नेको तमासा हेर्दै नानी फकाऊने गीत बालालहरी गाउँदै थिइ । अब सन्काहाले निगालो फाल्ने भो भन्ने मनमा लागेर‘ गीत गाई ‘हो बाबु हो बाँसै काढ्नु फेदबाट, हो बाबु हो निगालै काढ्नु टुप्पाड, हो बाबु हो” भनेकीले मुसे दिक्क भएर बसेको ठाउँबाट जुरूक्क उठेर स्वास्नीतिर हेर्दै झन्किएर भन्यो, ‘तैंले जानेकि रैछस्त अघिनै भन्न पर्दैन थ्यो ?” ‘अं बाठा मान्छे ! भन्नलाई नि बोल्न पर्याे”।

परतिरबाट पल्लो घरका साईंलाबाले सुनिरा रचन् भनि हाले “चोया जस्तै बन्धन हो लोग्ने स्वास्नीको नाता सम्बन्ध, काढ्न जाने चोया बाता बन्धन बलियो नजाने तुएक्रो ।”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जुँगा र मुगा

जुँगा र मुगा

सुरेशकुमार भट्ट
मास छर्ने काईदा, मासियो लिँड्को लाम्दा

मास छर्ने काईदा, मासियो...

सुरेशकुमार भट्ट
ह्या ह्या ! हा हा ! छ्या छ्या !

ह्या ह्या ! हा...

सुरेशकुमार भट्ट
तेरो नाकमा पोतो, तेरो मुखमा मोसो

तेरो नाकमा पोतो, तेरो...

सुरेशकुमार भट्ट
हन्डर

हन्डर

शेषराज भट्टराई
दानवकवि

दानवकवि

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x